बैंक तथा वित्तिय संस्थामा लगानीको स्रोत पर्याप्त ः गभर्नर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, २२ बैशाख ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नेपालका बैंक तथा वित्तिय संस्था सँग प्रशस्त लगानीको स्रोत रहेकाले अब क्रियटीभ भएर काम गर्न आग्रह गरेका छन् ।

राजधानीमा शुक्रबार डेभलपमेन्ट बैंकर्स एसोसिएसनको ११ औं साधारण सभालाई सम्वोधन गर्दै गभर्नर नेपालले सो कुरा वताएका हुन् ।
उनले विदेशको जस्तै नयाँ टेक्नोलोजी अनुसार लगानीका वाटाहरु पछ्याउन बैंकहरुलाई सुझाव दिए । विदेशमा बैंक तथा वित्तिय संस्थाले नयाँ नयाँ टेक्नोलोजी प्रयोग गरेर प्रणालीगत सुधार गर्न गरेको र नियामक निकायले नियमन गर्ने गरेको वताए । तर, नेपालमा भने नियामक निकायले लतारेर हिडाउनुपर्ने अवस्था अझै रहेको वताए ।

डेभलपमेन्ट बैंकर्स संघको नयाँ नेतृत्व चयन गर्ने गरि साधारणसभा हुदैछ । नयाँ नेतृत्वका लागि मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल अध्यक्षका लागि दावेदर देखिएका छन् ।

नेपालमा बैंकहरुलाई नीजि क्षेत्रमा अनुमति दिएको २०४१ सालमा भएपनि बैंकहरुले हाल आएर आफुले पनि प्रगति गरेको र नागरिकलाई पनि सहुलियत भएको छ । नीजि क्षेत्रले गर्नुपर्ने दायित्व बैंकहरुले निभाएको छ । यस्तै इमानदारी पूर्वक अरु निजि क्षेत्रहरुपनि गरिदिएमा यो देश निश्चय नै माथि उक्लने छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *