एनसेललाई पनि फोरजीको अनुमति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, २३ बैशाख ।

गत पौषमा सरकारी टेलिकम कम्पनी नेपाल टेलिकमलाई नेपाल दुरसञ्चार प्राधिकरणले चौथो पुस्ताको इन्टरनेट प्रविधि फोरजी सञ्चालनको अनुमति दिएको थियो । त्यसै समयमा नै एनसेलले पनि फोरजी सञ्चालनको लागि अनुमति माग गरेको थियो । कर तिर्न बाँकी रहेको एनसेललाई त्यस बेला अनुमति दिइएको थिएन । हाल सम्म पनि कर चुक्ता नगरेपनि दूरसञ्चार प्राधिकरणले एनसेललाई फोरजी परिक्षण र सञ्चालनको अनुमति दिने भएको छ ।

आगामी जुन १ अर्थात जेठ १८ गतेदेखि फोरजी चलाउन सक्ने गरी एनसेललाई फोरजी अनुमति दिइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

दूरसञ्चार प्राधिकरणले एनसेलललाई फोरजी सञ्चालनको अनुमति दिएको छ आगामी जुन १ अर्थात जेठ १८ गतेदेखि फोरजी चलाउन सक्ने गरी एनसेललाई फोरजी अनुमति दिइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।
प्राधिकरण सञ्चालक समितिको बैठकले एनसेलले फोरजीका लागि पेश गरेको रोलआउट प्लानलाई स्वीकृत गर्दै फोरजी सञ्चालनको बाटो खुला गरिदिएको छ ।

अब एनसेलले तत्कालै फोरजीको परीक्षण गर्न गर्न सक्नेछ । एनसेलले प्राधिकरणसमक्ष अनुमति पाएको एक महिनाभित्र फोरजी चलाउने गरी योजना प्रस्तुत गरेको थियो ।

उसले फोरजीका लागि आन्तरिक तयारी समेत गरिरहेको छ । एनसेलसँग १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा ११ मेगाहर्ज फ्रिक्वेन्सी छ । यसैलाई उपयोग गरेर अब एनसेलले फोरजी चलाउन सक्ने प्रवक्ता अर्यालले बताए । फोरजीका लागि थप फ्रिक्वेन्सी भने नदिइएको अर्यालले बताए ।
फोरजीका लागि निवेदन दिएको स्मार्ट टेलिकमले भने अनुमति पाएको छैन । नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ ।
हालै संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार एनसेलले प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति पाएको हो । नेपाल टेलिकमले पनि टेक्नोलोजी न्युट्रालिटीमा फोरजी लाइसेन्स पाएको थियो ।

प्राधिकरणले एनसेललाई ९ सय मेगाहर्ज ब्याण्डमा थ्रीजी विस्तारको अनुमति पनि पाएको छ । अब एनसेलले प्राधिकरणले ल्याएको नयाँ ब्रोड ब्याण्ड नीति अनुरुप गाउँ–गाउँसम्म उच्चगतिको इन्टरनेटका लागि ९ सय मेगाहर्ज ब्याण्डमा थ्रीजी सेवा विस्तार गर्न सक्ने प्रवक्ता अर्यालले बताए ।

एनसेलले यसमार्फत ६० प्रतिशत जनताका ब्रोडब्याण्ड इन्टरनेट र्पुयाउने गरी प्रस्ताव पेश गरेको थियो । अबको १२ महिनाभित्रै ६० प्रतिशत नागरिकलाई उच्च गतिको इन्टरनेट दिने गरी एनसेलले गरेको प्रस्तावलाई ध्यानमा राख्दै ९ सय मेगाहर्ज ब्याण्डलाई पनि टेक्नोलोजी न्युट्रालिटीको स्वीकृति दिइएको हो । एनसेलसँग ९ सय मेगाहर्जमा ८ मेगाहर्जको फ्रीक्वेन्सी छ भन्ने समाचार विभिन्न संचार माध्यमहरुले जनाएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *