बझाङ्गी राजा सम्बन्धी पुस्तकको विमोचन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-जगदिश प्रसाद अवस्थी, महेन्द्रनगर, १५ बैशाख ।

‘जयपृथ्वी मानवतावाद दर्शन’ पुस्तकको जिल्ला स्तरिय लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व जिल्ला सभापति तथा आत्मज्ञान प्रतिष्ठानका अध्यक्ष ऋषिराज लुम्सालीको आयोजनामा एक कार्यक्रमका बीच ‘जयपृथ्वी मानवतावाद दर्शन’ पुस्तकको लोकार्पण सम्पन्न भएको हो । कार्यक्रमका सञ्चालक विष्णुदत्त अवस्थी रहेका थिए ।

पुस्तकको विमोचन प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल तथा अध्यक्ष ऋषिराज लुम्सालीले संयुक्त रुपमा गरेका थिए । उक्त पुस्तकका बारेमा आचार्य घनश्याम लेखक तथा शारदा विद्यापीठका प्राध्यापक, कञ्चन विद्या मन्दिरका प्राचार्य डा. राजकुमार साउँदका साथै कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले प्रकाश पार्नु भएको थियो भने पुस्तकका लेखक उत्तमबहादुर सिंहले उनको जीवन उचाईको बारेमा प्रकाश पार्दै लामो समय पछि सोध गरी पुस्तक प्रकाशन गर्न पुगेको बताएका थिए ।

राजा जयपृथ्वी बहादुर सिंहले त्यस बेलाको सानै भएपनि राजपाठ आफ्ना बुबालाई नै फिर्ता गरी केबल मानवतावादको लागि विश्व भ्रमण गरेको कुरा बताएका थिए । राणाहरुको निरंकुश शासनको विस्तृत अध्ययन पछि देश नै त्यागी प्रवास बंगलोरमा बसाई सरेका थिए ।

नेपालका राजनीतिक पार्टीहरुले थोरै भएपनि उनको दर्शन अँगाल्ने हो भने गौतम बुद्ध पछिका पहिला दार्शनिक उनै हुने थिए तर नेपाली नेताहरु नेपालीको दर्शन अँगाल्न लाज मान्दछन् । त्यसैले माओको दर्शनलाई अँगाल्न पुगेकाले हजारौं हजारको ज्यान गई उनका परिवार ठूलो विचल्लीमा त परेकै थिए भने शान्त नेपाल समेत आज अशान्तिको छायामा बस्न बाध्य बनेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *