सरकारी सम्पत्ति दुरुपयोग ? सम्बन्धित निकाय मौन !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १६ बैशाख

नगरपालिका क्षेत्र भित्र होस् अथवा उपमहानगर वा महानगर भित्र होस्, जे जति संरचनाहरु बनाइन्छन् ती सबै सम्बन्धित क्षेत्रबाट नक्सा पास गराई मात्र घर बनाउनुपर्ने नियममा उल्लेख भएको छ । साथै बजार क्षेत्रमा शहरको विकास गर्दा दुईवटा घरको बिचमा रहने दुरी महेन्द्रनगर बजारको टाउन प्लानिङ गर्दा निर्धारण भइसकेको छ ।

पुरानो फ्रि लाईन देखि मदन चौक सम्म पाँच वटा गल्लीहरु नियमानुसार नै निर्माण भएका छन् । अब निर्माण हुने र पुरानो बसपार्क क्षेत्रमा हाल भइरहेको भवन निर्माणहरु नक्सा पास भएर भइरहेका हुन् वा मनपरी हिसाबले आउँदो निर्वाचनलाई मध्यनजर गर्दै नेताहरुलाई फकाईफुलाई गर्दै भवन निर्माण भएका हुन् । यस तर्फ सम्बन्धित निकायको ध्यान गएको छैन भने उसले आफ्नो दायित्व कसरी बोध गर्ने हो यस कुराको जानकारी सार्वजनिक हुनुपर्छ । भवनहरु अवैध रुपले बन्न लागेका हुन् अथवा वैध रुपले, त्यो भन्दा पनि दुई गल्ली बीचको दुरी जति पुरानो बजारमा छ त्यो भन्दा दुरी घट्नु हुदैन, बढ्नुपर्छ । महेन्द्रनगर बजार सार्वजनिक सम्पत्ति भएकोले सबैको ध्यान जानु जरुरी छ ।

जग्गा उपलब्ध गर्ने अधिकार पनि सबै सित छ तर सित्तैमा होइन कि सरकार संग किनेर लिनुपर्छ अथवा टेन्डर निकालेर भाडामा लिनेदिने गर्नुपर्छ अन्यथा त्यसको विरुद्धमा लेनदेन हुन्छ भने त्यो नै भ्रष्ट काम हो । त्यसैलाई भ्रष्टाचार भन्न सकिन्छ ।

वि.सं. २०२८ सम्म बनाएको महेन्द्रनगर बजारका गुरुयोजनाहरु हिन्दु धर्म विक्री गरेझैं लगातार भताभुङ्ग गरी रहेका छन् । यस तर्फ जनप्रतिनिधिको के विचार छ ? के महेन्द्रनगर क्षेत्रको सरकारी जमीन नेताहरुले भोट सित साट्न लागेका हुन् ? यसको जवाफ तुरुन्त सार्वजनिक हुनुपर्छ भन्ने
जनधारणाहरु समेत पाइन्छ । जसको बल पुग्छ उसले मात्र सरकारी सम्पत्ति माथि आक्रमण गर्नु निन्दनिय विषय रही आएको छ । यस्तो कार्य समितिले हेर्छ अथवा जिल्ला प्रशासन, अख्तियार दुरुपयोग वा अन्य कुनै निकायले ? जसले हेरे पनि तुरुन्त नियम संगत गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *