चुनाव सरेपछि निर्वाचन गतिविधि सुस्त

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बैतडी, १६ बैशाख

विश्वमा जहाँसुकै निर्वाचन घोषणा गरिन्छ त्यसैअनुसार नेपालमा पनि निर्वाचनको घोषणा गरियो । जे जति चरणमा निर्वाचन गरेपनि बिचको दूरी धेरै लामो हुनु हुदैन भन्ने प्रावधान रहेको छ । बडा मुश्किलले १९ वर्षपछि हुन लागेको निर्वाचनलाई दुई चरणमा सारेको छ । सार्नु स्वभाविक छ तर जुन ठाउँमा शान्त वातावरण छ, चुनावका लागि कुनै अवरोध नै छैन त्यस्ता ठाउँहरुमा निर्वाचन घोषणा भएपछि सार्नु हुदैन ।

निर्वाचनका लागि सुरुमा योजना बनाउनुपर्छ कहाँ कहिले र कहाँ कहिले भनी तर यहाँ यस्तो छैन । जहाँका जनता केही बोल्दैनन् त्यहाँ सरकारको मनपरी भइरहेको छ । चुनावको तारतम्य सबै जनताले मिलाइसकेपछि चुनाव सार्नु अपराध र दण्डनिय हो । जहाँ निर्वाचनका लागि बढी जनशक्ति चाहिन्छ त्यहाँको लागि अगाडी वा पछाडि निर्वाचन तिथि तोक्नु पर्ने थियो । जहाँ आज मधेशको विलम्ब भनिएको छ पुरा देशको शक्ति लगाएर सम्झाई बुझाई सुरुमा निर्वाचन गर्नुपर्नेमा किन यसरी सारियो । सु.प. लगायतका जनता रुष्ट भएका छन् ।

सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडी लगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता आएको छ ।
प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । वैशाख ३१ गते हुने भनेको प्रदेश नं ७ को निर्वाचन जेठ ३१ मा सारेपछि निर्वाचन गतिविधिमा सुस्तता आएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो । ‘गाउँसहर निर्वाचनमय भइसकेको थियो’, उहाँले भन्नुभयो, ‘जेठ ३१ मा चुनाव सारेपछि निराशा छाएको छ ।’

जेठ ३१ मा निर्वाचन हुने भएपछि वैशाख १२ गतेदेखि दशओटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य पनि आयोगले अर्को निर्णय नगर्दासम्मका लागि रोकिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले बताउनुभयो । ‘वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको छ’, उहाँले भन्नुभयो, ‘दुई चरणमा निर्वाचन हुने भएपछि चुनावी गतिविधिमा सुस्तता आएको छ ।’

पहिलो चरणको निर्वाचनका लागि तयारीमा रहेका दल दोस्रो चरणमा चुनाव हुने भएपछि चुनावी अभियानलाई विश्राम दिन थालेका छन् । बैतडीमा दोस्रो चरणमा निर्वाचन हुने भएपछि उम्मेदवार छनौटको कसरतमा लागिरहेका दल अब बिस्तारै उम्मेदवार छान्ने मनस्थितिमा पुगेका छन् । जेठ ३१ मा चुनाव हुने भएपछि उम्मेदवार छनौट प्रक्रिया बिस्तारै थाल्ने नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताउनुभयो ।

यस्तै, राप्रपाले पनि उम्मेदार छनौट कार्यलाई बिस्तारै गर्ने जनाएको छ । पहिलो चरणमा बैतडीमा चुनाव नहुने भएकाले दोस्रो चरणका लागि बिस्तारै उम्मेदवारको टुङ्गो लगाउने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले सरकारले चुनावको मिति सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानीय तहमा उम्मेदवार घोषणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताउनुभयो ।

जिल्लाका १० ओटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको नेकपा (एमाले) र माओवादी केन्द्रले पनि चुनावी गतिविधिमा सुस्तता आएको बताउनुभयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *