धनगढी–अत्तरिया सडक अलपत्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
अत्तरिया, १६ बैशाख

कैलालीस्थित मोहनापुल धनगढीदेखि अत्तरियासम्मको ‘छ लेन’को सडकको निर्माण कार्य सुरु हुन सकेको छैन ।

गत मङ्सिरमा सुरु गर्ने भनिए पनि हालसम्म यसको निर्माण कार्य सुरु भएको छैन । ‘सबै प्रक्रिया पूरा गर्नु पर्दा समय लागेकोले निर्माण समयमै सुरु हुन नसकेको हो’, मोहनापुल अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले भने, ‘वातारणीय प्रभाव परीक्षण (आइइइ) सकिना साथ काम अघि बढाइने छ ।’

आगामी जेठको पहिलो साताबाट काम अघि बढ्ने उनले बताए । धनगढी उपमहानगरपालिकाको मोहना नदीको पुलदेखि अत्तरिया नगरपालिकाको अत्तरिया चोकसम्मको जम्मा १४ दशमलव १७ किलोमिटर लामो यो सडकमध्ये सहरी क्षेत्रको १० किलोमिटर लामो भागमा छ लेनको र ग्रामीण भागमा चार लेनको सडक निर्माण गर्ने लक्ष्य लिइएको छ ।

सडक विभागको उत्तर(दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गत निर्माण हुन लागेको यो सडकको लागत करिब २ अर्ब १५ करोड अनुमान गरिएको बताइएको छ । अत्तरियादेखि धनगढीको मोहनासम्मको हालको सडक निकै साँघुरो एवम् जीर्ण हुँदा आवागमनमा कठिनाई उत्पन्न हुने भई बेलाबखत सडक दुर्घटना हुने गरेका छन् ।

त्यस्तैगरी दैजी–महेन्द्रनगर सडकखण्डको अवस्थापनि धिमि गतिमा निर्माण कार्य भइरहेको छ । कल्भर्ट र पुलहरु भन्दा सडक चौडा भएकाले कुनै बेला गम्भीर दुर्घटना हुने अवस्था देखिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *