एमाले राजा फर्काउने षड्यन्त्रमा लाग्यो ः किराँती

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
काठमाण्डौं, १६ बैशाख

नेपालमा सतिको श्राप राम्रो गर्नेको भलो नहोस् भन्दथे । हो रहेछ जस्तो छ ! जसका पूर्खाले यो नेपाल जन्मायो उसका सन्तानलाई देश निकाला गर्नुपर्छ भन्ने दुष्ट भावना बोकेका अझै छन् । केपी ओलीले देशको लागि कुनै पनि अहित कार्य गरेको देखिदैन । ७ दलको लहैलहैमा लागेर दिल्लीको संरक्षकत्वमा भुलले १२ बुँदे सम्झौतामा मुछिएपनि पछि आएर उनले आफ्नो गल्ती स्विकारी सकेका छन् भने अरु दलहरुको कुनै वास्ता नराखी देश प्रति असल धारणा बोकी आएको हुदा उनी माथि जुन लान्छना नलाग्इदै छ त्यो नेपालको दुर्भाग्य हो । मानिसहरु माओवादीको माओवाद समेत अँगाल्न लागेका छन् भने देश निमाृता पृथ्वीनारायण शाहका अनुयायी देशप्रमेमीहरु सित हातेमालो गर्नुमा के आपत्ति ? यी कुराहरु विरोधको लागि मात्र गर्नुनपर्ने देखिन्छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फर्काउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै नेता किराँतीले एमालेले मुलुकको निकासको लागि ल्याईएको संशोधन विद्येयकको विरोध गरेर नाटक मञ्चन गरिरहेको आरोप लगाए । उनले भने,‘वास्तवमा एमालेले निर्वाचन नै चाहेको छैन भन्ने कुराको पुष्टि भएको छ, निर्वाचन निर्वाचन भनेर बाहिर कराउने, तर भित्री रुपमा निर्वाचन एमालेले नचाहेको हो कि भन्ने प्रश्न उब्जिएको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले एमाले नेतृत्वको रवैया नै बेठीक रहेको टिप्पणी गरे । उनले भने, ‘एमालेले गणतन्त्रलाई नै समाप्त पार्न खोज्दैछ ।’ उनले एमाले अध्यक्ष ओलीले विगतमा पनि संघीयता र गणतन्त्रलाई आफूहरुले बाध्यताले स्विकार गरेको बताईसकेको उल्ल्ेख गर्दै भने,‘अहिले एमाले नेतृत्वले गणतन्त्रलाई समाप्त पार्न खोजेको त होईन ?’

उनले अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीकै भएकोले उनले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएको तर दलका नेताहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै भने, ‘यस्तो क्रियाकलाप र तारतम्य हेर्दा, ज्ञानेन्द्र शाहलाई सिंहासनमा राख्ने खेल एमालेले गर्दैछ।’

उनले अघि भने, ‘सके सिधै सिंहासनमा ज्ञानेन्द्र शाहलाई राख्ने, नसके चुनाव भाँड्ने, चुनाव भाँड्नपनि सकिएन भने चुनावमा राष्ट्रपति ज्ञानेन्द्रलाई बनाउने, र फेरि राजतन्त्र पूर्नस्थापित् गर्ने यो क्रियाकलापमा एमाले लागेको छ ।’ उनले त्यही उद्देश्यको लागि एमालेले अहिले खोचे थाप्ने काम गरिरहेको समेत आरोप लगाए ।

एमाले मात्र होइन पुरा नेपाली हिन्दु मुस्लिम बौद्ध मार्गीहरु तथा सम्पूर्ण ओमकार बन्धुहरु हिन्दु राष्ट्र र संबैधानिक राजसंस्थालाई चाहेका छन् किनभने उनलाई नेपाली जनताले हटाएको होइन विदेशी दलालको षड्यन्त्रले उनलाई सत्ताबाट अलग बस्न लगाएका हुन् । सिंहासनमा नबसेपनि उनी अझै नेपालका वर्तमान राजा रहेकै छन् । आज भन्दा पूर्व किँराँती लगायतका सबै धर्मावलम्बी जातीहरुले मानिआएकै थिए । अझै जहाँ राजा जान्छन् त्यहाँको जनलहर हेर्दै जादा सत्ता भन्दा बाहिर गएको आभाष हुदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *