सेना परिचालन प्रति अध्यक्ष यादवको गम्भीर ध्यानाकर्षण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, १६ बैशाख ।

नेपालमा मात्र होइन संसार भरी नै शान्ति सुरक्षाको बन्दोबस्तीका लागि विभिन्न समुहका सुरक्षाकर्मीहरु खटिएका हुन्छन् र त्यसमा सेनाको सबैभन्दा ठूलो भुमिका रहेको पाइन्छ भने नेपाली नेताहरु पवित्र नेपाली सेना देखि किन घृणा गर्छन् । यो बुझ्नु अत्यन्त जरुरी देखिन्छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न स्थानीय निर्वाचनको सुरक्षाका लागि नेपाली सेना खटाउने सरकारको निर्णयप्रति गम्भीर ध्यानकर्षण भएको बताएको छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्णयप्रति ध्यानकर्षण भएको जानकारी दिएका हुन् ।

Federal Socialist Forum-Nepal Chairman Upendra Yadav speaks at an interaction at the Reporters’ Club in Kathmandu, on Sunday, December 20, 2015. Photo: Reporters’ Club

उनले दुई चरणमा मतदानका क्रमममा पहिलो चरणको मतदानको मत परिणामले दोस्रो चरणको परिणामलाई प्रभावित पार्ने भन्दै आपत्ती जनाएका हुन् । ‘पहिलो चरणको निर्वाचनको परिणामले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्छ’, उनेले भनेका छन्,‘यसले सामाजिक मनोविज्ञानलाई पनि असर गर्ने भएकाले मिति सारेर भए पनि एकै चरणमा निर्वाचन गरिनुपर्छ ।’

देशको आन्तरिक मामिलामा परिचालन गर्दा सेनाको गरिमा, प्रतिष्ठा र वर्षौँ देखि रहिआएको व्यावसायिकता माथि आँच पुग्न सक्ने भएकाले स्थानीय निर्वाचनमा सेना खटाउने निर्णय आपत्तिजनक रहेको यादवले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारबाट भएको सेना खटाउने निर्णय तत्काल फिर्ता लिन पनि उनले माग गरेका छन् भन्ने समाचारहरु विभिन्न समाचार माध्यमहरुले प्रकाशमा ल्याएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *