दलीय स्वार्थ त्याग्नुपर्छ ः अध्यक्ष थापा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, हेटौंडा, १६ बैशाख ।

कुनै पनि दलका नेताहरु भाषणमा पवित्र हुन्छन् तर काममा अपवित्र रहेका हामी पाउँछौं । सत्तामा रहेर दलिय भावना त्याग्नेहरुले आज स्थानिय निर्वाचनमा केन्द्रिय निर्देशन लादिएको छ ।
उपप्रधान तथा सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चालाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनलाई प्रमुख दलले दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री थापाले सो पार्टी मकवानपुर द्वारा आज हेटौँडामा आयोजित बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै मधेसी मोर्चालाई संविधानको कार्यान्वयन क्रममा स्थानीय निर्वाचनमा सहभागी गराउन प्रमुख दलहरुले नै उपेक्षा गर्न नहुने धारणा राख्दै बाह्य शक्तिले दलहरुलाई प्रयोग गर्ने गरेकाले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने गरेको स्पष्ट पारे ।

अध्यक्ष थापाले मुलुकमा शान्ति, स्थायित्व र सुशासनको लागि स्थानीय निर्वाचन अपरिहार्य रहेको र सबै राजनैतिक दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन सरकार र प्रमुख राजनीतिक दलको बीचमा समझदारी हुनु जरुरी रहेको छ भने ।

सो अवसरमा सांसद गणेश थापा र राप्रपाका नेता मधु अधिकारीले प्रमुख दलहरुको बीचमा आपसी मनमुटाव त्यागेर स्थानीय तहको निर्वाचनलाई सफल पार्न तत्काल मधेसी मोर्चाको मागलाई कार्यान्वयन गर्न सरकार र प्रमुख दलहरुको बीच समन्वय र समक्षदारीका साथ अघि बढनु पर्ने बताए ।

स्थानिय निकायको निर्देशनमा भारतको पञ्चायत राज जस्तै स्वतन्त्रता पूर्वक उम्मेदवार बन्ने अवसर नेपालका स्थानिय जनताहरुले पनि यदि अवसर प्रापत ग¥यो भने मात्र इमानदार कर्मठ देशप्रेमी भावना समेत बोकेको नेता पाउन सकिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *