केवल स्थानिय निर्वाचन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाली जनताले बाह्य र आन्तरिक शोषणबाट मुक्ति पाउने सम्भावना न्यून रहेको छ ।

आज हामी स्थानिय निर्वाचनको तयारीमा छौं । मिति पनि घोषणा हुदै समयमा फेरबदल गर्दै सरकार अगाडी बढी रहेको छ । जनताको चाहना थियो आफ्नो स्थानिय नेता आफै छान्न पाउने तर समय फेरिएको छ । आफ्नो नेता जनताले छान्न नपाउने भयो । जसलाई राजनीतिक पार्टीहरुले अनुमति दियो बाध्य भएर उसैलाई जिताउनु पर्ने भएको छ । जनता माथि पार्टीहरुको प्रत्यक्ष केन्द्रिकरण गरिएको छ । त्यसकारण जनतालाई भ्रममा पारियो ।

एउटा पार्टीले यो राम्रो भन्छन् अर्काेले त्यो व्यक्ति राम्रो हो यो मात्र राम्रो व्यक्ति हो भन्छन् अनि जनता भ्रममा परि कसलाई दिने नदिने भन्ने अवस्था रहेको बेलामा जनताले ध्यान पु¥याउनु पर्ने खास के भने राजनीतिक पार्टीहरुलाई पनि यो नै योग्य राम्रो मानिस हो भन्ने ग्यारेन्टी छैन ।

अन्दाजको भरमा जनताको माझ जब उम्मेदवार पुग्छन् जनताले नचाहेका व्यक्ति मात्र पुग्छन् चाहेको व्यक्तिले उम्मेदवारी दिन सकिरहेको हुदैन किनभने उसलाई पैसाको कमि हुन्छ । जनता पनि गरिब इमानदारलाई मत दिन चाहादैनन् कारण धनी सामन्तीको वरिपरि बसेका सर्वसाधारण पनि उनै जस्ता सामन्ती प्रवृत्तिका भइसकेका छन् ।

सर्वसाधारण जनताले आफ्नो मनले छानेका मानिसलाई मत दिन भ्रममा पार्ने उम्मेदवार मात्र होइन कि प्रतिद्वन्दीका दलालहरु पनि त्यस्तै हुन्छन् र जनता दोधारे बन्न पुग्दछन् । कुनै कुनै ठाउँमा सहोदर दाजु भाईले अलग अलग पार्टीबाट अनुमति लिई चुनाव लड्ने अठोट गरिसकेका छन् भने पार्टीहरुको अस्तित्व र दायित्वको बारेमा प्रश्न उठाउनु खराब देखिदैन ।

१९ वर्ष सम्म स्थानिय निर्वाचनमा भाग लिन नसकेको मतदाता पनि भ्रममा छन् कि दाजु संलग्न रहेको पार्टी सिरोपर राखी मत दिने कि आफु संलग्न रहेको विश्वास गरी मत दिने । जनताको इच्छालाई भ्रामक पारी सही असल व्यक्तिलाई छान्न पाउँदैनन् । त्यसकराण राजनीतिक पार्टीहरुले उम्मेदवारी दिएपनि भ्रामक मत नमागी दिए हुने थियो भन्दछन् जनता ।

आज जसरी केन्द्रिय स्तरका नेताहरुलाई बाह्य दबाब परेको छ । त्यो भन्दा १० गुणा दबाब स्थानिय जनतालाई परेको छ । जीवनमा जनतालाई मुख नदेखाउनेले घरदैलो चहारेका छन् ।

आज इतिहास मेटाउने, हाम्रा पूर्वजहरुका शालिक तोड्ने ऐतिहासिक दस्तावेज मेटाउने, पुस्तकालयमा रहेका हजारौं वर्ष पुराना पुस्तक जलाउनेहरु निर्धक्क निर्वाचनको तयारीमा छन् तर जनता भने मुखले नबोली मतदान गरेर देखाउने पक्षमा छन् । खास गरेर काठमाण्डौंमा रहेको धरहरा भुकम्पले लड्यो तर देशका अरु स्मारक, शालिकहरु कसले लगे ? कहाँ लगे ? जनतालाई थाहा भएपनि उनै इतिहास मेटाउने अपराधीहरु घरदैलोमा जादैछन् । जस्तो कि महेन्द्रनगर नगरपालिकाको नाममा टिपेक्स लगाई भिमदत्त नामाकरण गर्ने, पञ्चायत स्मारकममा लगाएका पत्थरहरु तोडी पञ्चायत स्मारिक स्थललाई भिमबाटिका नामाकरण गर्नेहरुले आफ्नो स्वर उचो राखेका छन् ।
त्यो भन्दा पूर्व महेन्द्रनगरमा रहेको ऐतिहासिक राजा महेन्द्रको शालिक तोडी त्यो स्थललाई फोहोर पार्नेहरुका उचो स्वर लिएर गाउँ गाउँ मत माग्न पुगेका छन् तर जनता असन्तुष्ट छन् र त्यसको इन्साफ जनता आफै गर्ने मनसायमा रहेपनि के कति धाक रवाफ दिन्छन् हेर्न बाँकी छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *