अन्तमा बहादुरहरुले बाटो अवरुद्ध गरेरै छोडे

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, बैतडी, ०९ बैशाख ।

हामी भन्ने गथ्र्यौ समाज सुध्रियो, पुराना लठैतका जमाना गए भन्दथ्यौं तर नगएर फर्किएका रहेछन् । अझै के हुन्छ भरोसा छैन । बुद्धिले काम गर्ने ठाउँमा गोला बारुद बन्दुकबाट शासन बदलियो ।

वि.सं. २०४१ सालमा बैतडीको सिल्लेगडा देखि माल्लेक कटौजपानी विजयपुरको गोरागाउ, साङडी, महर गाउँ नजिक हुदै तल्लादेही भएर नुवाकोट सम्म पुरा सर्वे भइ ठेक्का समेत भई काम चालु भएको पनि २ वर्ष आउँदो अषाढमा पुग्ने छ ।

बढीँयाको पूर्व तर्फ छडी भन्ने ठाउँमा सडक पुग्नै लाग्दा विजयपुर गोरा गाउँका केही विष्टहरुले अनधिकृत रुपबाट केही गोरा विष्टहरुले आफु तर्फ माथिल्लो भाग जहाँ सर्वे नै नभएको ठाउँबाट लैजान ठेकेदार र कार्यालय माथि जोर जुलुम गरी सडक निर्माणमा अवरोध गरेकोले सडक कार्यालयले कुनै कानूनी कारवाही नगरी यस पटकको सो सडक निर्माण कार्य छोडी कोटपेटराको देथलाबाट सुरु गर्ने योजना बनाएको छ ।

सो बाटो अवरोध सम्बन्धमा पूर्चौडी हाट नगरपालिका तल्लादेही साविक मठैराज गाविसका जनताहरुको भनाई अनुसार हाललाई चुनावको तरखरमा सबै गाउँले जुटेकाले विरोधको लागि नारा जुलुस गर्न जाने फुर्सद नभएकोले निर्वाचन सकिएपछि सडक अवरुद्ध गर्ने उपर कारवाहीको माग गर्न जिल्ला प्रशासन कार्यालयमा ठूलो संख्यामा त्यहाँका जनता गई विरोध कार्यक्रम गर्ने समाचार जानकारीमा आएको छ ।

बैतडी पूर्चौडी हाँटका व्यापारीहरुले परस्पर मिलेर आफ्नै खर्चले भएपनि २ किलोमिटर सडक निर्माण गरी यातायात सञ्चालन गरेका छन् भने विजयपुर गोरागाउँ, कालागाउँ तथा बढीँयाका केही व्यक्तिहरुले सडक अवरुद्ध गर्नु आफ्नै खुट्टामा बन्चरो हाने जस्तो हो भन्छन् महरगाउँ, साङडी, गोरागाउँ, देशाली, बाँस, ढुकुरी, नुवाकोट लगायतका जनताहरु ।

सम्बन्धित निकायबाट जानकारीमा आएअनुसार निर्वाचनपछि मिलोमतोबाट सडक अवरुद्ध नगरी निर्माण गर्न दिए ठीकै छ अन्यथा कानूनी कारवाही गरी सडक निर्माण नरोकिने कुरा बताएका छन् । हालको स्विकृति बजेट फ्रिज नहोस् भनेर सोही योजना अन्तर्गत देथलाबाट निर्माण गरिएको भनिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *