मेयर पदका आकांक्षी आफ्नै कार्यकर्ताबाट निर्घात कुटपिट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, बैतडी, ८ बैशाख

हुन त जहिले पनि निर्वाचनको समयमा कलह झगडा भईरहन्छन् । जुन हुनुनपर्ने हो असभ्य तरिकाले त्यही घटनाहरु घट्छन् । यसबाट तब मात्र बच्न सकिन्छ जब केन्द्रको हस्तक्षेप बन्द गरिन्छ ।

नेपाली काँग्रेसबाट बैतडीको मेलौली नगरपालिकाको मेयर पदका आकांक्षी ईश्वरदत्त भट्ट माथि काँग्रेसकै कार्यकर्ताबाट निर्घात कुटपिट भएको छ । भट्टमाथि विहिबार राति गोठलापानी स्थित एक होटलमा सुतिरहेका वेला ११ बजेको समयमा निर्घात रुपमा कुटपिट भएको हो ।

भट्टलाई गम्भीर चोट लागेको छ भने आँखा र अनुहारमा पनि चोट लागेको छ । उनको उपचार सम्भव नभएपछि जिल्ला अस्पताल बैतडीले रिफर गरेको छ । गोठलापानी स्थित स्टार गेष्ट हाउमा सुतिरहेको अवस्थामा एक्कासी आएर आफु माथि कुटपिट भएको घाईते भट्टलाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

घाइते भट्टलाई शिवनाथ गाउँपालिका का काग्रेसकै विपक्षी गुटका कार्यकर्ता बिरेन्द्र चन्द र धिरेन्द्र चन्दले कुटपिट गरेको प्रहरी चौकी थालीगडा गोठलापानीले जनाएको छ । यस्तै कुटपिटमा काँग्रेसकै महेन्द्रसिह नायकको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने बिरेन्द्र र धिरेन्द्रलाई प्रहरीले शुक्रबार विहान गोठलापानीबाटै पक्राउ गरेको छ ।

उम्मेदवार छनौटको विवादले उग्ररुप लिएपछि कुटपिटको अवस्था सिर्जना भएको घाईते भट्टका आफन्तले बताएका छन् । बैतडी काँग्रेसमा उम्मेदवार छनौटका लागि रस्साकस्सी चलिरहेको छ । एउटै स्थानिय तहबाट दर्जन बढी आकाँक्षी भएपछि ठूलो दल नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु विच एक–आपसमा मनमुटाव सुरु हुन थालेको छ ।

यी सब कामकुरा स्थानिय स्तरको चुनावमा केन्द्रिय पार्टीको हैकमवादी हो । त्यसकारण जनतामा माग रही आएको छ कि स्थानिय निर्वाचनहरुमा राजनीतिक पार्टीहरुको दखल हुनु हुदैन । भारतको पञ्चायत राज जस्तै यहाँ पनि स्वतन्त्र छोडि दिनुपर्छ । पार्टीको अंकुश हुनु हुदैन भन्ने जनधारणा रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *