निर्वाचनको माहौल शान्तिपूर्ण राख्ने प्रतिबद्धता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिबन्ध
दिशानिर्देश समाचार, बझाङ्ग, ८ बैसाख ।

बझाङका राजनीतिक दलहरुले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निर्वाध रुपमा सम्पन्न गर्न प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सबै उपाय अवलम्बन गर्न तयार रहेको स्थानीय राजनीतिक दलका नेताहरुले प्रतिवद्धता जनाएका हुन् ।

बैठकमा जिल्लाका क्रियाशिल राजनीतिक दलका प्रमुख, व्यवस्थापिका संसदमा जिल्लाबाट प्रतिनिधित्व गरिरहनु भएका सांसदहरु, गाँउपालिका तथा नगरपालिकाका मुख्य निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

निर्वाचन प्रचारप्रसारको क्रममा गरिने चुनावी सभा, जुलुस तथा ¥याली अर्को दलको कार्यक्रमसँग जुध्ने गरी एकै स्थान र समयमा नगर्ने, एकअर्काको कार्यक्रम नबिथोल्ने, चुनावी प्रचारका क्रममा कार्यकर्तालाई हातहतियार प्रदर्शन गर्न नदिने, बालबालिकाको प्रयोग नगर्ने, मतदाता शिक्षामा जोड दिने लगायतका बुँदामा स्थानीय राजनीतिक दलले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

निर्वाचनलाई सफल पार्न राजनीतिक दलहरुबीच आपसमा समझदारी कायम गरी सबै निकायसँग समन्वय गर्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न समेत दलहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।

यसै गरी स्थानिय तहको निर्वाचन लाई लक्षित गर्दै यहि बैशाख १५ गते देखि जेठ ५ गते सम्म बझाङ जिल्ला भरि मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिवन्ध लगाईने भएको छ ।

जिल्ला प्रसासन कार्यालयमा विभिन्न राजनैतिक दल, व्यवस्थापिका संसद सदस्य तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

आसन्न स्थानिय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै सरोकारवालाहरु विच छलफल गराई बैशाख १५ गते देखि जेठ ५ गते सम्म जिल्ला भरि मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाईएको हो ।

मदिरा सेवन बाट शान्ती सुरक्षामा पर्न सक्ने प्रतिकुल असरको प्रभाव कम गर्न यस्तो निर्णय भएको हो । मदिरा सेवनले चुनावको बेला गाउघर तथा शहर बजारमा नकारात्मक क्रियाकलाप बढ्न सक्ने भन्दै प्रतिबन्ध लगाउन राजनैतिक दलहरु सहमत भएका हुन् भन्ने समाचार प्राप्त भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *