परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, ०९ बैशाख ।

देशको परराष्ट्र बनाउँदा जुन नीति राजसंस्थाले बनाएको थियो त्यसबाट समेत ज्ञान लिएर बनाउँदा राम्रो हुने जनधारणा देखिन्छ ।

सरकारले परराष्ट्र नीति पुनरावलोकनका लागि उच्चस्तरीय कार्यदल गठन गरेको छ । बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशिल परराष्ट्र नीतिको दस्ताबेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिन सरकारले परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको हो । मन्त्रिपरिषद द्वारा गठित कार्यदलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत सहित अर्थ, कूटनीति, श्रम, कानुन, सुरक्षा लगायत क्षेत्रका १६ जना विज्ञ छन् ।

कार्यदलमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवम् पूर्व राजदूत डा.ऋषिराज अधिकारी, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्व राजदूत एवम् अर्थ्विद् डा.शंकरप्रसाद शर्मा, अन्तर्रा्ष्ट्रिय व्यापारविद डा. पोषराज पाण्डे, श्रम कूटनीति विज्ञ डा. गणेश गुरुङ, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, पूर्व राजदूत शम्भुराम सिम्खडा, पूर्व सचिव तथा कानुनविद मोहन बन्जाडे, अवकास प्राप्त रथि एवम् सुरक्षाविद् पवनबहादुर पाण्डे छन् ।

त्यसैगरी कार्यदलमा सुरक्षा तथा परराष्ट्रविद प्राध्यापक श्रीधर कुमार खत्री, सुरक्षाविद् दीपकप्रकाश भट्ट, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. इन्द्र कुमारी अधिकारी, नेपाल विश्व सम्बन्ध परिषदका प्रतिनिधि डा. राजेन्द्रबहादुर श्रेष्ठ, परराष्ट्रविद् निश्चलनाथ पाण्डे हुनुहुन्छ ।

कार्यदलको सदस्यसचिवमा परराष्ट्र सचिव शंकरदाश बैरागी रहनुभएको छ । कार्यदललाई चार महिनामा नेपालको संविधानका निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यतालाई कायम राख्दै नेपालको सर्वाेपरी राष्ट्रिय हितलाई सम्बर्द्धन र प्रवर्द्धन गर्न गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार पारी कार्यान्वयनका लागि सुझाव दिने कार्यादेश तोकिएको छ ।

नेपालको परराष्ट्र नीतिका निर्धारक तत्वको बदलिंदो आयामको पहिचान गर्ने, सामन्जस्यपूर्ण र विस्तृत परराष्ट्र नीति एवम् छिमेक नीतिका लागि देशले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रुपमा अपनाउनुपर्ने प्राथमिकताहरु तय गर्ने तथा द्विपक्षीय, उपक्षेत्रीय, क्षेत्रीय एवम् बहुपक्षीय कूटनीति लगायत परराष्ट्र नीतिका विभिन्न आयामहरुका क्षेत्रगत नीतिहरुको पुनर्मूल्यांकन गर्ने कार्यादेश पनि कार्यदलले पाएको छ भन्ने समाचार विभिन्न समाचार माध्यमहरुबाट प्रकाशमा आएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *