एकिकृत ‘राजपा’ले नाम फेर्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, ०९ बैशाख ।

६ मधेसवादी दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ ।

निर्वाचन आयोगमा यसअघि नै यो नामको पार्टी दर्ता भइसकेकाले एकीकृत पार्टीलाई नाममा समस्या भएको हो। आयोगमा नेत्र बहादुर लिम्बुको नाममा अर्कै ‘राष्ट्रिय जनता पार्टी’ दर्ता भएको हो ।

एकीकृत पार्टीका नेता मनिष सुमनले निर्वाचन आयोगको अर्कमण्यताका कारण नामको समस्या भएको आरोप लगाए ।

‘त्यत्रो अर्बौं रूपैयाँ जनताको कर खर्च गरेर निर्वाचन आयोगले एउटा वेबसाइट पनि व्यवस्थापन गर्दैन,’ उनले भने, ’हामीले आयोगसँग सल्लाह पनि मागेका थियौं ।’

उनले एकीकृत दलले इमान्दारीसाथ नाम परिवर्तन गर्ने बताए । अब नाम नै फेर्ने हो त ? भन्ने प्रश्नको जवाफमा उनले भने ‘हामी इमान्दारीसाथ प्रस्तुत हुन्छौं । नाम परिवर्तन गरेर मिलाउने हो ।’

एकीकृत पार्टीले अहिलेसम्म निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन गरेको छैन भन्ने समाचारहरु प्राप्त भएका छन् । यही हो विरामी मरेपछि डाक्टर खोज्न जाने बुद्धि काम लाग्छ लाग्दैन भन्न सकिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *