देश नेपालीको नेतृत्वमा चल्नुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी (भानुस्वर्ण पदक प्राप्त)

यो कुरा नौलो होइन नेपालको शासनभार नेपालीले नै गर्न पाउनु पर्छ । आज सम्म नेपालका जे जति प्रधानमन्त्री भए ती सबैको गुनासो रहेको छ भने नेपालमा नेपालीले नै शासन गर्न पाउनु पर्छ । अरु त हामी छोडौं पूर्वप्रधानमन्त्रीमा लोकेन्द्रबहादुर चन्दले समेत त्यस्तो भनेका थिए । पुष्पकमल दाहालको पहिलो प्रधानमन्त्री कालमा त हामी सबैले सुनेका थियौ विदेशी प्रभु सामु म झुक्नेवाला छैन ।

माधव नेपालले प्रधानमन्त्रीको उम्मेदवारी दिदा भएका षड्यन्त्रले प्रधानमन्त्री बन्न सकेन । अनि व्याङ्ग्यात्मक भाषामा लोकेन्द्र बहादुर चन्दको भनाई थियो, ‘प्रधानमन्त्री हुने हो भने ग्रह पूजा गरनोस् र प्रधानमन्त्री भई हालिन्छ ।’ त्यसपछि हाम्रा नेता पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल दिल्ली दरबारमा पुगी ग्रह पूजा गरे । राजा वीरेन्द्रको पालामा समेत काठमाण्डौं दिल्ली नेपाली आकास पूर्व पश्चिम भारतलाई दिएको थिएन र त्यो आकासमा भारतलाई जहाज उडानको अनुमति दिना साथ पहिलो पटक माधव नेपाल प्रधानमन्त्री भएका थिए ।

त्यसपछि जसको नेतृत्वमा १७÷१८ हजार नेपालीको ज्यान गएको थियो पहिलो प्रधानमन्त्रीत्व काल प्रधान सेनापति कटवाल लाई पदच्यूत गर्नमा खर्च गरे । अन्तमा लजाएर पद त्याग गरेपनि पुनः बाबुराम नै प्रधानमन्त्री बनेका थिए । वर्तमानको दोस्रो कार्यकालमा भने कमरेड प्रचण्ड नेपालका प्रधानमन्त्री छन् तर पहिलो पटकको जस्तो भारत विरोधी बकवास गर्नबाट बञ्चित हुन पुगेका छन् तर कसरी र किन पुगे भन्न सकिदैन ।

नेपालमा जे जति आन्तरिक भाईभाई संगको विद्रोह गरेपनि अन्तमा नेपाली नेताहरु विदेशी शासकको पन्जाबाट उम्कन सक्दैनन् किनभने एकताको अभाव नेताहरुमा रहेको छ । देशका सबै शक्तिहरुलाई आफ्नो कब्जामा राखी नेपालमा आफु खुसी शासन गराउने चाहना राख्ने मित्र राष्ट्र भारत होइन भनेर हामी भन्न सक्दैनौं । राजसंस्थाको हत्या हुनुभन्दा पूर्व २०÷२५ दिन सम्मका केही घटनाहरुको अन्दाज यी पंक्तिकार स्वयंले गरेका के थिए भने, राजदरबारमा पंक्तिकार कै साथी भक्तिप्रसाद उपाध्यायका भाई अनुसन्धान तर्फका उच्च अधिकारी थिए । दाईभाईको कुरा हमेसा भईरहन्थ्यो । त्यो स्वभाविक नै थियो । कुरा सामान्य जस्तो हुदा एक दिनको कुराकानी के भने त्यस बेलाका प्रधान सेनापतिले राजा वीरेन्द्र सित माओवादीको बारेमा के सोच्नु भएको छ भन्ने सेनापतिको उत्तरमा राजाले भने छन् अहिले के सोच्ने सोचेको छैन जब नारायणहिटी घेराउमा पर्ला अनि सोचिएला भन्ने कुरा राजाले भन्दा त्यसको थप उत्तर सेनापतिले मागेछन् र भनेछन् त्यस बेलाको लागि आजै भनी राख्नु छैन । उसै बेला भनौला भनि डाइलग बन्द गरिदिएछन् ।

अर्काे साताको घटना एक अनौठो मानिएछ । त्यो थियो बैठकमा केही समय पूर्व रानी लगायतका उच्च पदाधिकारी शुक्रबार सबै बसेछन् । अरु सबै आईसकेपछि रानीको प्रवेश हुदा प्रधानसेनापतिले समेत उठेर सलामी दिई सम्मान गरेछन् तर केही समयपछि राजा वीरेन्द्रको प्रवेश ढिलो गरी भएछ र राजाको हलमा प्रवेश हुदा प्रधान सेनापति नउठेछन् न राजालाई सलोट दिई सम्मान गरेनछन् ।

जब यी २ घटना पंक्तिकारलाई सुनायो त्यति बेला नै भनेका थिए राजाको स्वाहा हुन बेर छैन । काल्पनिक प्रसंग के थियो भने बंग्लादेश झैं अर्काे देश जन्माउन माओवादीको रुपमा सीमा पारीबाट आई दरबर कब्जा त गर्दैनन् भन्ने सोच पलाउदा त्यस बेला जिल्ला प्रशासन कार्यालयको बरण्डामा बसी रहेका एस.पी. र प्र.जि.अ. को सामुन्यमा त्यो कुराको कल्पना गर्दा त्यस्तो कहाँ हुन्छ भन्ने जवाफ सबैबाट आएका थिए । अर्काे शुक्रबारको आगमन नहुदै एकदिन पंक्तिकार संग विहान ५ः३० बजे प्रमुख जिल्ला अधिकारी निवासबाट फोन आयो ‘अवस्थी जी आउने होइन’ भन्दा आउँछु भन्दै उपस्थित हुदा केवल एप.पी. सावले भनेका थिए ‘अवस्थी जी राजा मरे है’ इसारामा हो भन्ने जवाफ मात्र दिएको थियो । बाँकी यसबारे केही कुरा भएन । पाठनवृन्द यी कुराबाट धेरै अन्दाज गर्न सकिन्छ । सर्वप्रथम राजा र प्रधानसेनापति बिच कटुता थियो भन्ने प्राकृतिक संकेत गर्दछ ।

नेपाली नेताहरुको सहयोगमा राजा त्रिभुवन अवश्य भारतको दिल्ली पुगेका हुन् । नराम्रो शब्दमा भन्नुपर्दा वर्तमानमा जसरी मानव तस्करहरु सल्बलाई रहेका छन् । त्यसबेला त्यो घटना नघटी त्रिभुवनले दरबार छोडी पूर्वराजा ज्ञानेन्द्र शाह बाहेक अरु पुरै परिवार आफ्नै बाहुबलले पक्कै पुगेका होइनन् भन्नमा असत्य छैन ।

त्यसबेला भारत र नेपाल बीच भएको मैत्री सन्धीको नाममा भएका प्रत्यक्ष अनमेल दफाहरु राजा महेन्द्रले स्वीकार गरेन, त्यस्तै कारणले गर्दा राजा महेन्द्रलाई मार्न जनकपुरमा बम प्रहार ग¥यो । राजा महेन्द्र नेपालका एक मात्र स्वाभिमानी व्यक्ति थिए भन्नमा कुनै आपत्ति छैन ।

देशलाई सुचारु रुपमा चलाउन देशमा मेलमिलाप नै उत्तम बाटो हो । कुनै पनि नेपालीहरुले स्वाभिमानलाई उच्चतामा राखी कार्य गर्दा अवश्य देशलाई स्थिरता प्राप्त हुन्छ, देशबाट भएको गद्दारीपन भएका व्यक्तिहरुले अंग्रेज सित मिल्दा हाम्रो भु–भाग गुमेको हो । जे पनि गर्ने मन लाग्छ स्वदेशको हित हुने गरी आफैले गर्नुपर्दछ ।

त्यस्तै हामीलाई राजसंस्था चाहिदैन भने कसैको अनुरोधमा नभई नेपालीहरु कै मतबाट हटाउनु पर्छ । त्यो नै हाम्रो गौरवशिल कार्य हो । त्यस्तै हिन्दु धर्म र धर्म निरपेक्षको कुरा पनि हो । अनि इतिहास मेटाउने, शालिक तोड्ने भत्काउने, अर्काको शालिक स्थापना गर्ने सबै काम नेपाली आफैले गर्न पाउनु पर्दछ । देशको राष्ट्रपति, प्रधानमन्त्री बाह्य शक्तिबाट बन्नु र हट्नु निन्दनिय हो ।

हेर्दा हामी सबैलाई आजसम्म त्यस्तै लागेको छ । लागेपनि अधिकार जनतालाई सोध्ने कि तानाशाह प्रवृत्तिबाट गर्ने भन्ने औपचारिक अधिकार सर्वाेच्च निकायहरु सित छ के गर्ने जनता त आन्दोलनकारी मात्र हुन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *