राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धासुमनका दुई शब्द

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालको एकिकरणका योद्धा पृथ्वीनारायण शाह, बहादुर शाहका शालिक तोडिदा दुःख लाग्नु स्वभाविक हो, त्यस्तै अझै हेर्न सकिन्छ । भारत पिथौरागढ (सोर) मा नेपाली किल्ला छ, आज भारत सरकारले प्रमुख पर्यटक स्थलको रुपमा मर्मत सम्भार भैरहेको छ । किल्ला निर्माणको ऐतिहासिक तथ्य पनि लेखेका छन भनिएको छ । नेपालका राजा पृथ्वीगुसाईका सेनाहरुले निर्माण गरेको हो भनि लेखेका छन । गुसाई भनि ठूलो सम्मान दिएर गुसाई शब्द लेखेका छन् । कुमौनी गढवाली तथा डोटेली भाषामा गुसाई आदरणीय पुजनीय व्यक्तित्व
हो । उसमा पनि (सोर) पिथौरागढ डोटीका रैका राजाले आफ्नी छोरी राजा कल्याण चन्द सित विवाह गरेका थिए । कल्याण चन्दले सिरा राज्य दाईजोमा माग्न आफ्नी रानीलाई भनेका थिए तर सिरा मेरो सीर हो दिन सक्दैन तर (सोर) दिन्छु भनेर आफ्नी छोरीलाई दोइजो दिएपछि पनि राजा कल्याण चन्दले काली नदीसम्म सिमाना बनाउने इच्छा गरेको देख्दा पृथ्वीनारायण शाहले विस्तारवादी नीति नलिई आफ्नै देशका २२से २४से राज्यहरुलाई एकिकरण गर्न मात्र खोजेका हुन भन्ने कुराको पुष्टि कुमाउको इतिहासले पनि देखाएको
छ । विदेशमा सत्रु पक्षले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाह तथा हाम्रा वीर बलभद्र कुँवर, अमर सिंह थापा, भक्तिथापालाई ठूलो सम्मान दिई रहेका छन भने हामीहरु उनका शालिक तोड्नमा लागेका छौं । प्राचिन नेपालमा पनि राजाहरुका छोरा भाईमा राज्यको अंशवण्डा हुने गर्दथ्यो । जव पृथ्वीनारायण शाहको उदय भयो उनले भने देश राज्य
राजाको होइन जनताको हो भाई छोराहरुमा देशको भागबण्डा गर्न सकिदैन भनि राजाहरुको माझ देशको भागबण्डा गर्न बन्द गराई, भागबण्डाकै कारण तथा अरु कारणबाट विभाजित भएको नेपाललाई एकिकरण गरी एक विशाल राष्ट्र नेपालको निर्माण गरेका हुन । उनको पालामा अधुरा रहेका कार्य बहादुर शाहद्वारा एकिकरण गरिएका हुन । त्यस्तै सुगौली सन्धीमा गुमेको क्षेत्र बाँके बर्दिया, कैलाली र कञ्चनपुर जंग बहादुर राणाले फिर्ता लिएका हुन भने आजका नेताहरुमा कुनै हुती देखिदैन ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई नेपालले सम्मान दिन सकेको छैन । बरु शालिकहरु भत्काउने तर्फ लागेका छन् । पंचायतकाल तथा त्यो भन्दा पूर्वका कालखण्डमा पनि सम्मानको लागी नेपालमा मुद्रा नोटहरुमा राष्ट्र निर्माताको फोटोसम्म अंकित गर्न सकेन । केवल वर्तमानका राजालाई मात्र खुसी पार्न सिक्का तथा नोट, मुद्रामा उनकै फोटो राख्ने गरे । वर्तमानको समयमा पनि गोरखाका राजा नरभूपालका छोरा पृथ्वीनारायण शाह राष्ट्र निर्माताको फोटो अंकित नोट मुद्राहरु प्रकाशमा ल्याउन शर्माएका छन् आजसम्मका सबै नेताहरु तर जनताको माग रहेको छ नोटहरुमा राष्ट्र निर्माताको फोटो रहनु पर्छ भन्ने ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *