जनमत के का लागी ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
आज यो देश डुवाएका छन् । बुद्धिजीवी विद्वान, सभासदहरुले शान्तिपूर्ण बाँची रहेको देश आज अराजकतामा गएको छ । आज एमाले, कांग्रेस र माओवादी नामधारी तथा च्याउ जस्तै उम्रेका अन्य राजनीतिक पार्टीहरुले नेपाललाई आफुखुसी गरेका छन् । राष्ट्रको सम्पत्ति जनताको रगत पसिना खेर फाली रहेका छन् । देशलाई पंगु बनाउने तर घरमा लगेका होइनन् भन्ने कुनै आधार छैन । राष्ट्रमा राष्ट्र प्रमुखको मात्र भूमिका हुँदैन । सबभन्दा बढी भूमिका सरकारको हुन्छ र त्यो भन्दा पनि बढी उत्तरदायित्व जसले सरकारको निर्माण गर्छ उनको हुन्छ । जसले सभासद छान्यो जनताको झन बढी हुन्छ । आज सभासदहरु सरकारको विरोध गरि रहेका छन् ।
विरोध पनि सडक र जंगलमा पसेर मात्र जव सरकारको छनौट गर्यो त्यो बेलामा सबै गैरकानूनी काम गर्यो सरकार बनाउँदा नेकपाले संसदीय दलको नेता चयन नगरी राष्ट्रपतिले आह्वान नगरेर सरकार बन्यो केवल आधी आधी अवधी पुष्पकमल र केपी शर्मा ओलीले सरकार चलाउने भन्ने अभद्र भन्ने कि भद्र सहमति गरेका समाचार थिए । प्रधानमन्त्री केपी शर्मालाई हटाई प्रचण्डलाई प्रमधानमन्त्री बनाउने खेल खेलाडीहरु खेली रहेका थिए तर सफल उल्टा भयो । माओवादीको एक खेमा विप्लप जंगलमा छ, प्रचण्ड सरकारमा गएपछि सामदाम दण्ड भेदको नीति अपनाउन सहज हुने थियो तर ति दुई जनाले परस्पर मिल्न सकेनन् । बरु अरु सांसदहरुको गुटबन्दीमा फस्न गए केपी बाहेक अरु नेताहरुले न आफूले
सरकार बनाउन सक्यो न बनेको सरकारलाई तह लगाउन सक्यो जनताका मत फिर्ता गर्न गाउँ पसेका हैन यिनीहरुले त विरोध गर्ने थलो संसद भवन तर लोभमा फसेर संसदमा निश्वार्थ काम गर्न सकेनन् र पो सडकमा उत्रि पुगे । जनताले दिएका मतको कुनै अर्थ भएन यति ठूलो आन्दोलन सडक भन्दा संसदमा गरेको भए राम्रो थियो । देशमा भ्रष्टाचार गर्ने केवल प्रधानमन्त्री मात्र हुदैनन् देशलाई स्वच्छ राख्ने काम मन्त्री, सचिवहरुको पनि हो । रेखदेख गर्ने काम सभासदहरुको पनि हो ।
सभासदहरुले गलत बाटो लिएपछि देश विग्रन्छ त्यसको प्रमाण हो २०४० को संविधान बमोजिम प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला तथा शेर बहादुर देउवाको राज्य सञ्चालनको बेलामा नेपाली कांग्रेस, एमाले, राप्रपाका सांसदहरु नेतृत्व पक्षले भेडा बाख्रा झै खरीद विक्रि भएर संसदमा मन्त्रि प्रधानमन्त्री फेरबदल गर्ने काम गरे । माननीय सांसदहरुबाट मात्र देश डुब्ने कार्य भएको छ । यदि जुन संस्थाले सरकार बनाएको छ त्यो संस्थाको इच्छा विरुद्धको काम सरकारले गर्न सक्दैन । यदि जनताबाट ५ वर्षको लागी निर्वाचित सांसदहरुका नायिकेले म्याद सकिएको वास्ता नगरि ३ वर्षपछि संसदको म्याद डराई धम्काई गरेर राष्ट्र प्रमुखबाट म्याद थप्नु भन्दा पनि विघटन गरी सकेको सांसदको हुलद्वारा गैरकानूनी सांसद राजा सित व्यूझाई माग्नु प्राकृतिक नियमको पनि विरुद्धमा थियो । त्यस बेलामा गरेको नियम कानून विरुद्धको कार्य नै देशको शोक बन्न पुगेको छ । आज सांसद विघटन गरी जनताको नयाँ जनादेश माग्ने नाटक रचिएको छ तर त्यो नयाँ जनादेशले विकृति हट्ला भन्ने ग्यारेन्टी छैन । जनताले पनि राम्रो इमान्दार मान्छे पठाउँलान भन्न पनि सकिदैन किनभने व्यवस्था नै यस्तै छ जनताले मन पराएको मानिसहरु निर्वाचनमा उम्मेद्वार हुन पाउँदैन पार्टी सिस्टममा त जसले टिकट पायो उसैले मात्र जनता सामु जान पाउँछ र दलबलका साथ विजय हुन्छ एक सज्जन इमान्दारी देश भक्तले मत पाउँदैन उसका मतहरु त कसैले खरिद गरि सकेका हुन्छन् । राम्रा मानिसले निर्वाचनमा कमै जितेका छन भने खरावहरुले कमै हारेका छन् । हाम्रा नेताहरुले लाज पचाई सकेका छन्, नेपालको राजनीतिक टाजोपाजो मिलाउन भारतीय र चिनीया नेताहरुले नेपालमा प्रवेश गर्नु गराउनु पर्ने रहेछ । २०४६ सालमा भारतबाट नेताहरुलाई बोलाई राजाको विरोध गर्न लगायो ती नेताहरुको बैठक नेता गणेशमान सिंहको घर काठमाडौंमा बसाल्यो जवकी अर्काको देशको राजनीतिमा हस्तक्षेप गर्न नपाईने सर्वमान्य नीति छ । आजको अवस्थामा राजा राजसंस्थालाई निलम्बन नगरेको भए सारा नराम्रा कामको दोशी राजालाई बनाउने थिए । आज राजाको हस्तपात छैन को ले गरायो पार्टीहरुमा फूट ? २००७ सालमा यस्तै अराजकताको सिकार नेपाल हुन लागेकोले राजा महेन्द्रले राष्ट्रका बारेमा बन्न पुगेका हुन । आज देश लावारिस जस्तो भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *