कर्मनिष्ट भारतीय बन रक्षक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

यहि सोमबारका दिन दोधारा चाँदनी नगरपालिका १ निवासी १६ वर्षिय नरेश सुनार लगायतका तीन जनाले रुख काटी रहेको बेला भारतीय गाडीगोठको जंगलमा भारतीय
वनरक्षकले ३ जनालाई गोली हान्दा २ जना बचेका १ जनालाई गोली लागी खुट्टाको उपचार महाकाली अस्पतालमा भै रहेको छ । रुख काट्दा काट्दै गरेको आरा रुख भित्रै रहेको प्रत्यक्षदर्शीहरुले देखेका छन् ।
आफ्नो ड्यूटीमा रहेका वनरक्षकले काठ तस्करलाई गोली हानेका थिए । नेपालको जंगलबाट काठ तस्करी गरेर भारत र भारतको जंगलबाट तस्करी गरी नेपालमा काठ विक्रि गर्छन । भारतीय राष्ट्रसेवकहरु कर्मनिष्ट रहेका छन् । राष्ट्र र राष्ट्रको सम्पदा जोगाउनमा समर्पित छन, राष्ट्रलाई असल सेवा दिन्छन् छिमेकी राष्ट्र भएकोले त्यहाँका गुण अवगुणले नेपालमा पनि प्रवेश पाउँछ ।
२०२८ सालमा बनवसा बजारको पुर्वको वन र नेपालको सैनिक सालघारी इलाका नजिकको वनको मात्र तुलना गर्ने हो भने हामी सबै सामु छ हेरौं । तस्कर बदमासहरुको कुनै देशको सिमाना हुदैन जहाँ पनि बनबास गरी अपराध गर्न सक्छ नेपालको सुरक्षा हेरौं । घर भवनहरु भारतमा पनि निर्माण भई रहेका छन् । नेपालमा पनि तर भारतको नयाँ निर्माण भईरहेको भवनको काठ कहाँबाट आएको छ सप्रमाण हेर्न पाईन्छ । तर नेपालका गाउँ बजारहरुमा नयाँ भवन निर्माण भएका छन् र भइरहेका छन् । ती काठको पैसा सरकारी राजश्वमा जादैन । काठ तस्करहरुको खातामा जान्छ गइरहेको छ ।
हाम्रो जंगलमा काठ ढलेपडेको छ, वनमा संकलन भई विक्रि वितरण गरिदैन वन विचौलिया तस्करहरुले माग पुरा गरिरहेका छन् । जंगलमा रुख कटानी भईरहेको देखे पनि नदेखे जस्तो गर्छन वन रक्षकहरु, कारवाही गरे पनि नेताहरु मेरो भोटर हो बचाई देउ भन्छन् र बचाई दिन्छन् । तस्करहरुले सेटिङ मिलाएको हुन्छ र सबैले घर निर्माण गर्न सरकारबाट सोझै काठ उपलब्ध नभएपनि तस्कर मार्फत काठ आपूर्ति भएका प्रमाणहरु तपाई हाम्रो अगाडी छ । भगतपुर सैनिक व्यारेक पश्चिम दक्षिण तर्फ हेरौ प्रष्ट हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *