राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदाँको जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)

राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव
राज्यको एकीकरण प्रक्रियाले शैनिक, राजनैतिक, न्यायिक, प्रशासनिक र सांस्कृतिक तथा धार्मिक एकीकरण खोजेको हुन्छ । यी सम्पुर्ण प्रकारका एकीकरणको प्रयासमा श्री ५ पृथ्वी नारायण शाहले स्थानीय जनताको सहयोग र विश्वास पाउने जुन अदुभुत सफलता प्राप्त गरे, त्यही सफलताको जगमा नेपालमा राजा सदा प्रजाको हित चाहने र प्रजा पनि सदा राजाको साथ दिने परम्पराको विकास भएको छ ।
श्री ५ पृथ्वीनारायण शाह जनआकांक्षा प्रति कति संवेदनशील थिए भन्ने कुराको एउटा गहकिलो उदाहरण गोरखामा काजीको पद खाली हुदा आफुले मनपराएको बिरल बखेतीलाई त्यो पदमा नियुक्त गर्नुको साटो जनताले त्यतिबेला कालु पाण्डेलाई रुचाएको कुरा अनुभूती गरी कालु पाण्डेलाई नै त्यहाको काजी बनाएबाट प्रष्ट हुन्छ । मौसुफबाट दिव्य उपदेशमा दुनिया जस देखी राजी रहन्छन् उसलाई कजाई दिनु भनी हुकुम भएको कुरा लोकसम्मति प्रतिम ौसुफमा रहेको प्रतिबद्धता झल्कन्छ ।
श्री ५ पृथ्वीनारायण शाह हिन्दु धर्मका अनुयायी थिए, तर आफुद्धारा विजित क्षेत्रहरुमा स्थानीय धर्म र संस्कृतिका आधारहरुमा आघात नपुर्याउने उनले कडा निर्देशन दिएका थिए । जरु धर्म र सांस्कृतिक आफ्नोपनालाई सम्मान गर्ने पृथ्वीनारायण शाहको यही गुणले नेपाली राष्ट्रीयताको माला उन्न ठुलो सघाउ पुर्याएको देखिन्छ । यति मात्रै हैन, स्थानीय समस्याको निराकरणमा स्थानीय पंच भलादमीहरुकै राय सल्लाहलाई कदर गर्न निर्देशन दिएर लोकसम्मति प्रतिष्ठित गर्ने राजपुरपरा पनि उनैबाट शुभारम्भ भएको थियो ।
राजाले ठुलो न्याय निसाफ हेर्नु अन्या मुलुकमा हुन नदिन भन्ने अर्ति दिने श्री ५ पृथ्वीनारायण शाहको बेलामा विजित वा तहलमा न्याय गर्न ईमान्दार डिद्धा र विचारीहरु नियुक्त हुन्थ्यो । उनै विरामीले पनि अन्याय गरेमा उनको विरुद्ध पनि पंचहरुद्धारा सुनवाई हुने सो सुनुवाई राज्यबाटै पनि हुने सर्वसुलभ न्याय व्यवस्थाले पृथ्वीको राज्य संचालनमा न्याय निसाफ पाएको प्राथमिकता छर्लगिन्छ ।
न्याय शास्त्र बमोजिम अदालत चलाउने अधिकार धर्माधिकारलाई दिएर पनि श्री ५ पृथ्वीबाट न्यायनिसाफ विगार्न भनेका घुस लाने हुन् । यी दुइको त धन, जिउ गरिदिए पनि पाप छैन, यो राज्य वा महाशत्रु हुन् । भन्ने व्यक्त उद्नारमा भ्रष्टाचारबाट मुलुकलाई जोगाउने संकल्प पाईन्छ ।
राजाका भंडार भनेको रैतीहरु हुन् प्रजा गोटा भया दरवार बलियो हुन्छ भन्ने राजा पृथ्वी नारायण शाहको विश्वासले राजा प्रजाको एउटै स्वार्थ हो र यसबाटै बौद्य हुन नपाउदा जनता र राष्ट्रले आफुलाई अन्धकारमय संकीर्गताको चौहद्दीमा गुम्सिएको अनुभव गर्नु परेको कुरा अर्को परिच्छेदको अध्ययनबाटै प्रष्ट हुनेछ । तर जतिसुकै षडयन्त्र गरेतापनि राजालाई जनताबाट, जनतालाई राजाबाट अलग गराउने प्रयास असफलनै हुने र जतिसुकै बलियो आफुलाई कसैले ठाने पनि जनतामा रहेको अगाध राजभक्तिलाई उसले एक पलको निम्ति पनि विर्सन नसकिने तथय पनि नेपाली राजनीतिको विकासक्रमले वारम्वार प्रमाणित गरिने रहेको छ ।
जुन अप्ठेरो भुस्थिति, कमजोर आर्थिक हालत, जटिल सामरिक अवस्थाको पृष्ठभूमिमा पनि नेपालको एकीकरण भयो, राज्यविस्तार भयो र स्वतन्त्र एवं सार्वभौम
राष्ट्रको रुपमा विश्वभरनै प्रतिष्ठित भयो यसको श्रेय राजा प्रजावीच विश्वास भक्ति र अन्योन्याश्रित सम्बन्धका सुत्रधार श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहमै छ । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *