संसद गिराउने र जगाउने खेल नेपालको शोक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विपी कोइरालाका भाई भनेर चिनिने गिरिजा प्रसाद कोइराला २०४७ सालको संविधान सन्त नेता कृष्णप्रसाद भट्टराईपछि नेपालका जननिर्वाचित प्रधानमन्त्री बने । उनी बहुमतले प्रधानमन्त्री भए तर घमण्डी पनाले गर्दा एमालेले बजेट पास गर्न दिएन त्यही रीसको झोकमा संसद विघटन गर्यो । २०५३ साल कार्तिकमा चुनावको घोषणा गर्यो जुन आशाले संसद भंग गरेका थिए त्यो भएन अर्थात ने.का.को बहुमत आएन । एमाले सित मिलेर मनमोहन अधिकारीको मन्त्रीमण्डलमा सहभागिता जनायो । राप्रपा, नेपाली कांग्रेस र एमालेको सहभागितामा सरकार बन्यो तर मनमोहन अधिकारीले सामाजिक सुरक्षा भात्ता दिने घोषणा गर्यो अझै के के नयाँ कुरा गर्ने हुन भनेर आफ्नो समर्थन सरकारबाट फिर्ता लियो । राप्रपाका २० सिटले सामान्य बहुमत त पुगेकै थियो, मनमोहन अधिकाकारीले पनि संसद भंग गरी दियो । राप्रपा र एमाले मिलेकोले बहुमत छदैन भनि अदालतमा मुद्दा परेपछि फिर्ता भयो । त्यसपछी कुनै बेला एमाले मिली राप्रापका नेता लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनायो भने कुनै बेला राप्रपा फुटाई सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनायो पछि गिरिजा र देउवा प्रधानमन्त्री भए । नेपाली कांग्रेस परस्परमा फुटेकोले शेर बहादुर प्रधानमन्त्री हुँदा उनले संसद विघटन गर्यो । गिरिजा प्रसादको खेमाले पुनरबहाली माग्यो संसद अधिवेशन रत्नपार्कमा बसाल्यो चुनावको घोषणा त भएकै थियो माओवादी सित मिलेर जनताको मत लिन दिएन ।
प्रजातन्त्रवादी नेता, गिरिजा प्रसाद कोइरालाको प्यानल र माओवादीले अन्तमा राजा ज्ञानेन्द्रले देउवालाई हटायो आफ्नै अध्यक्षतामा पार्टीहरुको चुनाव गराई जनताद्वारा सक्षम नेता छानविन भनेर नगरपालिकाबाट निर्वाचन सुरु गर्यो । नेपाली कांग्रेस गिरिजा खेमा र माओवादीले डर त्रास देखाइ जनतालाई निर्वाचनमा भाग लिन दिएन थोरैको सहभागिता भएपनि निर्वाचन भयो । त्यसपछि पनि शान्ति प्रक्रियामा आउनेमा तयार नभएको माओवादी शान्तिमा आउन तयार भयो । गिरिजाले सातै दललाई दिल्ली दरबारको संरक्षकत्वमा १२ बुँदे नेपाल विरोधी सम्झौता दलहरु बीच भयो । राजा चुपचाप थिए राजा ज्ञानेन्द्र शाहद्वारा संसदको पुनरवहाली गराउन आन्दोलनद्वारा राजामा माग राख्यो विघटन भएका संसदको म्याद ५ वर्षको थियो तर चौतर्फी मरेको संसदलाई जिवित गराउन राजालाई बलजफती गर्यो राजाले भने ठीक छ नयाँ निर्वाचन गराउँ नयाँ जनादेश लेउ भन्दा जनताको विश्वास ७ दललाई खास गरी गिरिजा र भारतीय नेतालाई भएन । गिरिजाले मानेन अन्तमा राजा ज्ञानेन्द्रद्वारा दोस्रो पुस्तामा गएर मृत संसदलाई गैर संवैधानिक तरिकाले ब्यूताउन लगायो ब्यूझ्यो गिरिजाको पद पनि जोगियो । गिरिजालाई राष्ट्रपति बनाउने प्रलोभन दिएर पुष्पकमल दाहालले सबै असंवैधानिक काम राजाद्वारा गर्न लगाए ।
अन्तमा असंवैधानिक संसदले राजालाई संविधान सभाको पहिलो बैठक गरी राजसंस्था हटाउने भनि अनधिकृत संसदहरुले निर्णय गर्यो र सोही निर्णयलाई सिरोपर राखी संविधान सभाको पहिलो बैठकले राजा राजसंस्था निलम्बन गर्यो । प्रजातन्त्र चाहेको देखाउने गिरिजाले समेत जनमत लिन जनताको विश्वास गरेनन् । अन्तमा राजालाई बरबुझारक गर्ने म्याद १५ दिनको दियो तर राजाले १० दिन भित्रै आउ र जनताको नासो बुझ भनि जनताको नासो गिरिजा मार्फत बुझाई आफू पनि राजा जनता माझ आएका छन् । यो देश मेरो पुर्खाले आर्जेका हुन् । म यही बाटोमा म छु बाच्दछु देश छोडेर म जान्न भन्ने घोषणा गरेपछि आजसम्म जहाँ राजा पुग्छन् त्यहाँका जनताले राजा आउँ देश बचाउ भन्ने नारा दिएकै छन् ।
वर्तमानमा पनि प्रधानमन्त्री केपी ओलीलाई सरकार छोडी देउ प्रचण्ड र ओलीको आधा आधा अवधी प्रधानमन्त्री रहने भद्र सहमती थियो भनि सभासदहरुको ग्रुप बनाएर सरकारलाई अप्ठ्यारो पारेकोले केही सीप नलागी नयाँ जनादेश लिन प्रधानमन्त्री ओलीले संसद विघटन गरिदियो । २०७८ बैशाखमा निर्वाचन गराउने घोषणा पनि गर्यो तर नयाँ जनादेश लिन जनतासँग डराएर आज गिरिजा प्रसादको झै सडक आन्दोलनमा गएका छन् र सडक आन्दोलनको नेतृत्व कम्युनिष्ट पार्टीकै नेता पुष्पकमल दाहालले लिएका छन् । नेकपा, नेपाली कांग्रेस दुवैले सडक तताउने काम सुरु गरेका छन् ।
ठीक गिरिजा प्रसादको जस्तै आफ्नै सरकारको विरुद्धमा सडकमा जानु केवल स्वार्थ पुर्तिको लागि होइन कसरी भन्ने राष्ट्रको लागी हो भने इमान्दारीमा रहन सकेन । राजनीतिक दर्शन समाजलाई दिन सक्नु पर्दछ । नेपाललाई नेपालीले नै चलाउन पाउनु पर्दछ । आज दुवै तर्फका छिमेकी राष्ट्रहरु नेपालको अस्थिरता देखि डराई रहेका छन् । छोटकरीमा भन्नुपदर्ता चिनिया टोली नेपाल आएर नेपाल कम्युनिष्ट पार्टी फूटको प्रसँग गर्दै तीन सन्देश दिएर गएका छन् । १. नेकपा मिलोस २. नेपालमा राजनीतिक
अस्थिरता रोकियोस, ३. विग्रदो राजनीतिक वातावरणले चिनको सुरक्षामा असर नपरोस । चीन सचेत भएका संकेतहरुले नेपालको राज्य व्यवस्था र नेता असफल भइसकेको संकेत पनि गर्दछ । नेपालमा राजनीतिक अस्थिरता रोकियोस । चीनको भ्रमणमा आएको टोली स्पष्ट भएको छ । नेपालमा वैदेशिक चलखेलबाट अस्थिरता आएको छ त्यो अस्थिरताले नेपाललाई मात्र नभई भारत र चीनमा पनि कुप्रभाव पर्नेछ । विग्रदो राजनीतिक वातावरणले चीनको सुरक्षामा असर नपरोस । यी सुझाव पूर्ण धम्की पनि हुन । जब नेपालको राज्य व्यवस्था र नेताहरु फेल हुन थालेको संकेत छिमेकीहरुले पायो आज ठूलो दलहरु तथा सत्तारुढ दलहरु लजाएका छन् । जनताको नाम बेचेर जनतालाई नै मारेर सत्तामा पुग्नेहरुको उपलब्धी अन्धभक्तहरु बाहेक सबैले देखि सक्यो ।
अव निरिह विद्वान, बुद्धिजीवि सर्वसाधारण र युवा युवतीहरुको दायित्व रहेको छ देशमा प्राप्त गर्न । कुनै पनि राजनीतिक व्यवस्था साध्य होइन साधन मात्र हो भन्ने कुरा नभुलौं । नेताहरु इमान्दारीता नभए सम्म केही हुदैन । केवल देशले अशान्ति मात्र पाउँछ । जव नेपालमा संसद सभा गिराउने र जगाउने खेलको सुरुवात भयो त्यो नै अन्तसम्म नेपालको शोक बनिरहनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *