विपीदेखि केपीसम्म

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

प्रजातन्त्रका जननिर्वाचित नेता विपी कोइरालाको एक बचन आज पनि सान्दर्भिक छ । २०३३ पुस १६ गते मेलमिलापको नाराका साथ १६ वटा राजकाज अपराध मुद्दा रहदा रहदै मृत्यु दण्डको पनि वास्ता नराखी राजाको घाटी र मेरो घाटी जोडिएको छ भन्ने उद्घोष गर्दै इन्दिरा गान्धीको पेच सहन नसकी उनी नेपाल फर्किए । बालो जीवन जवानीका केही वर्ष अन्यौलग्रस्त त केही वर्ष जेल केही वर्ष परवासमा बसी अन्तमा बुढेसकाल विरामीले समातेपछि फाम फर्क्यो । २००७ सालमा राजा त्रिभुवन नेपालको मन्त्रिमण्डलका प्रमुख समेत दिल्ली पुगे कसरी र किन, प्रजातन्त्रको नारा भारत अंग्रेजले छोडेर गएकै दिन लागे त्यसको मुख्य कुरा भन्न नपाए पनि आज सम्मको परिवेश देखाई सकेको छ । त्यति बेला सत्तासिनहरुको कमजोरी थियो ।
राजसंस्था र राणा सरकार बीचमा गहन सल्लाह गरी बुद्धिजीवी, दशरथचन्द, शुक्रराज शास्त्री लगायतका जो शहिद भएर गए उनीहरु जस्तै देशको बारेमा चिन्तन गर्ने व्यक्तित्व सित गोलमेच सम्मेलन गरी भारतले स्वतन्त्रता पाएकै बखत राष्ट्रिय मेलमिलाप गरी जान लागेका अंग्रेजहरुलाई समेत सामेल गराई जो गर्नु पर्ने मूल कुरामा अंग्रेज सितको सुगौली सन्धी र नेपालको भूमि अंग्रेजले फिर्ता गर्नुपर्छ भन्ने विषयलाई समेटी सम्मलेन गर्न नसक्नु नेपाल सरकार र नेपालको त्यसबेलाका नेताहरुको दोष छ । आजसम्म त्यो क्रम जारी रहेको छ ।
जवानीमा नेता विपी कोइराला राजा महेन्द्र मिलेर जोडिएको घाँटीले काम गरेको भए उन्नत नेपाल हुने थियो । तर पनि राजा महेन्द्रको आटले नेपालमा भारतको तुलनामा बढी विकास भएको छ । भारतका चारै कुनामा अंग्रेजहरुले विकास गर्न रेल्वै, सडक सञ्जाल पुर्याई दिएको थियो भने नेपालमा भारतबाट सागामा बाधेर लगेका जीप चलाउन राणाहरुले सिंहदरबार फर्पिङ सम्म कच्ची सडक निर्माण गरेका थिए । अन्य ठाउँमा सडक सुन्यको अवस्था थियो । आज थोरै वर्षमा सबै ठाउँहरुमा पुग्न लागेको छ ।
नेपालका प्रधानमन्त्रीहरुमा स्वाभिमानी थिए पुरानालाई त छोडौ नेपाल एकिकरणपछि पंचायत कालका अन्तिम प्रधानमन्त्री मरीचमानसिंह श्रेष्ठले १८ महिनासम्म नेपाल–भारतको कडा नाकाबन्दी सहेर बसे । तेस्रो मुलुकबाट आपुर्ति गरे त्यो अवस्थालाई अन्तराष्ट्रियकरण गरी विश्वलाई भारतले गरेका र गर्ने सम्भाव्यताको पुष्टि गरे । प्रधानमन्त्री पद त्यागेन भारतका बडा बडा नेता तथा नेपालका नेताहरु मिली राजसंस्था माथि जव खनिए, राजा विरेन्द्रले मुख खोले विदेशीसँग झुक्नु भन्दा आफ्ना नागरिक सित झुक्छु । जे चहान्छौं शासन गर पंचायत निर्दललाई हटाई बहुदलका नेता भई काम गर भनेपछि २०४७ को स्वदेशीले निर्माण गरेको स्वदेशी नेपाली हावा पानी, जनता सित मिल्ने संविधानको निर्माण भयो । जुन संविधान आजसम्म पनि जनताको मतले पालिएन । केवल विदेशीको इसारामा गोला बारुदले फाल्यो । स्वाभिमानी प्रधानमन्त्री मरिचमानको जस्तै अडान थोरै भए पनि वर्तमानका प्रधानमन्त्री ज्यूले लिनु भएको थियो । जुन आज हाम्रा नेताहरुलाई पचिरहेको छैन । ने.क.पा.को बहुमतको सरकारलाई राजाले नभई प्रचण्ड र नेपालले गिराएका छन् । जनताले दिएका मतको दुरुपयोग गरेका छन् । संसद भवनमा बसी छलफल सल्लाह गरी देश चलाउन जनताले निर्वाचित गरेका हुन न कि सडकमा आई नौटङ्की गर्न । आज गिरिजा बाबु पछिका कमरेड प्रचण्ड देखिएका छन् । अझै समय बाँकी छ देशको खातिर नयाँ जनादेश लिन तयार हुनु पर्यो । जनादेशबाट भाग्ने काम कोही नगरौ ।
राष्ट्र चलाउने नेतृत्व प्रचण्ड र नेपालको हातमा पनि आएकै हो । अन्तमा निर्वाचन गर्न नसकि प्रधान न्यायाधिशद्वारा गराएको कुरा नभुलौ । हामी असक्षम नेता रह्यौ भनि चित्त बुझाऔं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *