भारतमा भानुभक्तको शालिक स्थापना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २६ चैत्र । मूर्तिकलाका निम्ति भारतको प्रसिद्ध सहर कृष्णनगर (पश्चिम बङ्गालको नदिया जिल्ला) मा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना गरिएको छ ।

कोलकातादेखि ४५ किमि दूरीमा पर्ने कल्याणी नगरपालिकाको सम्पूर्ण रेखदेख र नेपाली जनसेवा समाज कल्याणको सहयोगमा गत हप्ता नेपाली वाणिज्यदूतावास कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याल र नगरपालिकाका चेयरम्यान सुशीलकुमार तालुकदारले सालिगको अनावरण गरे ।
सो अवसरमा नेपाली जनसेवा समाज, कल्याणीको वार्षिक मुखपत्रको पाँचौ अङ्क सार्वजनिक गरिएको लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कोलकाताका सचिव विकास कार्कीले जानकारी दिए । मूर्ति स्थापनाका लागि नगरपालिकाका पूर्व चेयरम्यान डा निलेमेष राय चौधरी, वर्तमान चेयरम्यान तिलुकदार र काउन्सिलर निवेदिता वासु लगायतले सहयोग गरेका थिए ।
रासस

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *