दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा कडाई

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ११ पौष
माहाकाली नगरपालिकाका सडक दुर्घटना न्युनिकरणका लागि प्रहरीले चेक जाँचमा कडाइ गरेको छ । माहाकाली नगरपालिकाका मुल सडक खण्डमा नियमित सवारी साधान चेक जाँच कडा बनाईएका ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ । सडकहरुमा बिना हेल्मेट, बिना कागजात सवारी साधन चलाउने चालकहरुलाई पहिलो पटक सम्झाई बुझाई गर्ने, नमाने आवश्यक कारवाही गर्ने अभियान सुरु गरेको ट्राफिक प्रहरी खेम राज भट्टले जनाएका छन् । जसले गर्दा सडक दुर्घटनामा कमी आउनुको साथै राजस्व संकलनमा समेत बृद्धि हुने भएको ट्राफिक प्रहरी खेमराज भट्टले बताएका छन् ।
‘हामीले नियमित सवारी साधान चेक जाँच अघि बढाएका छौं’ ट्राफिक प्रहरी खेम राज भट्टले भने । माहाकाली नगरपालिकाको बिशेष गरि मुल सडक खण्ड तथा शाखा सडकहरुमा ट्राफिक प्रहरीले सवारी साधन तथा चालकमा निगरानी बढाउदै आएको छ । माहाकाली नगरपालिकामा सडक सुरक्षा चेक जाँच अवधारणा लागु भएपछि सडक दुर्घटनामा कमी आउनुको साथै राजस्व संकलनमा समेत बुद्धि भएको छ् । सवारी दुर्घटनालाई न्युनिकरण गर्न चेक जाँचलाई कडा बनाएको छ । ‘सवारी चालकको स्वास्थ्य परिक्षण गरौं सवारी चलाउ’, ‘आफनो गन्तव्य स्थानमा समयमा पुगौ’, ‘मादक पदार्थ सेवन गरी सवारी नचलाउ ः आफु पनि बचौं अरुलाई पनि बचाउ’ को शिक्षा दिदै माहाकाली नगर क्षेत्रको सडकमा ट्राफिक चेकजाँच अभियानको रुपमा संचालन गरिएको अर्का ट्राफिक प्रहरी पदम राज भट्टले बताएका छन् ।
सवारी साधनको चाप दिनानुदिन बढदै, ओभर टेकका साथै मादक पदार्थ सेवन गरेर सवारी चलाउनाले ल्याएको समस्याका कारण माहाकाली नगरपालिकाको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढदै गएको ट्राफिक अभिलेखमा उल्लेख छन् । चेक जाँचले माहाकाली नगर क्षेत्रमा सडक दुर्घटनामा कमी ल्याउनुको साथ–साथै राजस्व संकलनमा समेत सहयोग गर्ने प्रहरीको विश्वास रहेको छ । त्यसैगरि पछिल्लो समयमा जिल्ला ट्राफिक कार्यालयले २ जना ट्राफिक प्रहरी माहकाली नगरपालिकाको अस्थायी ट्राफिक प्रहरी पोष्टमा खटाएपछि ट्राफिक व्यवस्थापन राम्रो संकेत देखा पर्न थालेको स्थानीयको भनाई रहेको छ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, बिना ईजाजत र दर्ता बिनाका सवारी साधन चलाउने माथी कडा चेकजाँच सुरु गरिएको ट्राफिक प्रहरी खेमराज भट्टले बताएका छन् । ‘लाईसेन्स र ब्लूबुक नभएको, हेल्मेट प्रयोग नगरेको, तीव्र गतिमा सवारी हाक्ने, क्षमता भन्दा वढी यात्रु राखी सवारी चलाउने लगाएतका सवारी चालकलाई पहिलो पटक सम्झाई बुझाई गर्ने नमाने ट्राफिक नियम अनुसार कारबाही गरेका छौं’ प्रहरी खेम राज भट्टले भने । माहाकाली नगर क्षेत्रमा बढ्दो सहरीकरण तथा सवारी साधनको बढ्दो चापले दुर्घटनाको जोखिम बढ्दै गएकोले समयमा हुन सक्ने सम्भावित दुर्घटना रोक्नका लागि सबै सचेत बन्न ट्राफिक प्रहरीले अनुरोध गर्दै आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *