राष्ट्र सञ्चालन गर्न दलहरु असफल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ११ पौष
वर्तमान अवस्थामा सिर्जित राजनीतिक घटनाक्रमलाई हेर्दा राष्ट्र सञ्चालन गर्न नेपालमा क्रियाशील नेपाली कांग्रेस, नेकपा लगायतका राजनीतिक दलहरु पूर्ण रुपमा असफल भएको निष्कर्ष आम नागरिक समाजको रहेको उल्लेख गरेको छ । राष्ट्रिय एकताका लागि नागरिक जागौं, नागरिक जागरण यात्रा २०७७ महेन्द्रनगर कञ्चनपुरको आयोजनामा कार्यक्रम गरिएको थयो । पत्रकार सम्मेलन कार्यक्रममा एक विज्ञप्ती जारी गर्दै नागरिक परिवर्तनका नाममा भएका आन्दोलनमा हजारौं निहत्ता जनताका घरवारविहीन भए, हजारौं सपूतहरुले बलिदानी दिए, सिन्दूर पुछियो, बालबालिकाहरु टुहुरा बनाइए, अपात्र भए, राष्ट्रका सम्पदा संरचनाहरु ध्वस्त भए, यो नाटक कसले गरायो, क–कसले गरे भन्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अहिले दुई तिहाई नेकपालाई दुई तिहाईको बहुमतको सरकार किन असफल बन्यो, यसको लेखाजोखा दिनै पर्ने धारणा राखेका छन् ।
त्यस्तै एक्काइसौं शताब्दीको विश्वव्यापी प्रजातान्त्रिक मूल्य र मान्यताको जगमा टेकेर नेपाल राष्ट्र निर्माणमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका यागदानलाई ससम्मान सदा अजर अमर राख्ने प्रण गर्दै आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजाहरुले नेपाली जनतासंग मिलेर गरेको सेवा, संस्कृति, मूल्य, मान्यताको सम्बर्द्धनलाई उच्च सम्मान र कदर गर्दै मानव मात्रको अन्तरनिहित स्वाभिमान, प्रतिष्ठा र सम्मानको कदर गर्दै वर्तमान राष्ट्रिय संकटबाट राष्ट्र र राष्ट्रिय धर्म, संस्कृति, परम्पराको संरक्षण गर्नु प्रत्येक नेपालीको परम कर्तव्य हुन पुगेको प्राप्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *