२००७ सालदेखि ०६२/६३ सम्म फर्केर हेर्दा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

राजनीतिज्ञ नेताहरुमा सत्तामा पुग्ने स्वार्थ होला तर हामी निहत्ता जनतालाई गास, वास, कपास र स्वाभिमानका साथ देश बाचेको भए पुग्यो अरु केही छैन । आत्मालाई साक्षी राखी भन्नुपर्दा हरेक प्राणी स्वतन्त्र भएर बाच्न र बच्न चाहन्छ । हरेक मानिस विश्वास र एक अर्काको भरोसामा हुन्छ घुमाउरो तरिकाले जनतालाई भ्रममा पारी नेतृत्व लिने प्रयास मानव समाजमा रहेको छ । कोही आफ्नो योजनामा सफल भएका छन् कोही असफल । कहिले तराईबाट भागेर शान्ति खोज्न पहाड तर्फ जान्थे भने कहिले पहाडबाट तराई झर्छन, झर्दा रहेछन् ।
७ सालदेखि ६३ सालसम्मको अध्ययनले के देखाउँछ भने राजनीति गरी देश हाक्न खोज्ने वा हाक्नेहरुले विदेशीको शरणमा जानु व्यर्थ छ । सहीलाई सही र गलतलाई गलत भन्न सक्नु पर्दछ । ७ सालमा राजा भागेर भारत गए जहाँ जानु राम्रो वा नराम्रो के थियो गम्भिर सहकार्य गर्नुपर्ने थियो ।
राजामाथि राणा सरकारले शासन गर्नु भन्दा पनि सल्लाह लिनुपर्ने थियो । त्यस्तै राणा सरकारले राजालाई फासी दिए पनि राणा सरकार सित नै अनसन बस्नुपर्ने र जनतामा जाहेर गर्नुपर्ने थियो गरिएन । विदेशीको शरणमा जानु भन्दा राजा विरेन्द्रको जस्तै स्वदेशी सत्ता वा विपक्षीको शरणमा गई वार्ता गर्नु राम्रो हो । वर्तमानको गम्भिर्यता माथि पनि ध्यान दिएर दिल्लीमा १२ बुँदे सम्झौता गर्ने दलहरु र ती ७ दलहरुले तिरस्कार गर्न खोजेको शक्ति सित सहमति गरेर देश चलाउनु पर्दछ भन्ने धारणा हाम्रो छ । जानेर वा नजानेर मासेको
राजसंस्था राजाको पनि सल्लाह लिई काम गरेमा नेपाल मात्र होइन कि छिमेकीहरुलाई पनि शन्तोस हुनेछ । एकातर्फ विचार गर्दा राजा विरेन्द्रले देश,जनता नेताको लागी नेपाली जनता सामु झुके तर शासन गर्दा नेताहरुले सल्लाह राजाबाट होइन कि सिमा पारीबाट लिने गर्यो । हमेसा शासन गर्ने त नेता नै हुन । कार्यकारी प्रधानमन्त्री जो जनताबाट निर्वाचित प्रतिनिधिबाट छानिन्थे राजा त निरिह थिए कहिले राणाको कब्जामा त कहिले कसैको कब्जामा रहने गर्दथे ।
अन्तमा ७ दल जसले दिल्लीमा १२ बुँदे नेपाल विरोधी सम्झौता गरे उनकै कब्जामा परी जनताको नासो नमासियोस भनि गिरिजा प्रचण्ड मार्फत जनतालाई फिर्ता गरि राजगद्दी परित्याग गरी सर्वसाधारणको रुपमा जनताको घरदैलोमा पुगी सुख दुःख र जनताको अवस्था अध्ययन गरी रहेका छन् भने सत्तारुढ पार्टीमा परस्पर लुछाचुडी भईरहेको छ । एक पार्टीको बहुमत आएपछि पुरै अवधी रहन दिनु काम गर्न दिनु पर्दछ प्रधानमन्त्रीलाई । पार्टीमा त ७०/८० जना पनि होला तर सबैले दामासाहीले प्रधानमन्त्री बन्ने नियम छैन र सम्भव पनि हुदैन विश्वमा अन्य मुलुकमा पनि एक पार्टीको एकै जनाले ५ वर्ष नेतृत्व गर्दछ । जंग बहादुरको उदय पुर्व नै नेपाल आत्मनिर्भर थियो । तामा, फलाम खानी नेपाल अधिराज्यभरी थिए स्थानीयमा आपुर्ति भएकै थियो ।
जव राणा तथा नेताहरुको उदय भयो नेपालमा खानी उद्योगहरु रहस्यमय तरिकाले बन्द गरिए जसको प्रमाण हामी सबै सित छ हेर्न सक्नु पर्दछ । २०४६ साल पुर्व नेपालमा कति उद्योग थिए त्यसपछि नेपालीका उद्योग कति थपिए युवाहरुमा विदेश जान के कति बन्द भए,हो सरिया फलामे डण्डी, सिमेन्ट र अरु विदेश सहभागिता भएका केही उद्योगहरु खुलेका भएपनि आत्म गौरब स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरु छैनन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *