राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको
लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)

वि.स. १७७९ पौष २७ को दिन गोरखामा जन्मेका पृथ्वीनारायण शाह गोरखा राज्यका दशौ उत्तराधिकारी राजा थिए । गोरखाका राजा नरभुपाल शाहका सुपुत्र पृथ्वी नारायण शाहको आफ्नो वंशज द्रव्य स्वतन्त्रता, प्रेम, न्याय प्रेम र स्वच्छ व्यापार तथा रामशाहले बक्सेका सम्झौता जस्ता व्यावहारिक थितिबाट निकै प्रभावित थिए । गोरखाको गद्दीमा गद्दीनसीन भए पछि पृथ्वी नारायण शाहको दृष्टिमा ससाना टुक्रामा घितरिएको राज्यर जौटाहरुको वृहत नेपालको रुपमा एकीकरण र संगठित गर्ने जगको शुरु भयो । संवत् १८०९ मा नुवाकोट जिते पछि काठमान्डौ उपत्यका तीनै शहर जितेर नेपालको एकीकरण र राज्य विस्तार गर्ने कार्य २५ वर्षको अथक र अनवरत प्रयास पश्चात् मात्र सम्भव भयो । ईतिहासकारहरु विविध संघर्षको क्रममा भएका कतिपय हताहत र स्रोतको दमी जस्ता अवरोध रहदा रहदै पनि २५ वर्षसम्म धैर्य राखी दृढता र सक्रियता कायम राख्ने श्री ५ बडा
महाराजधिराज पृथ्वी नारायण शाहको यही विराक्षण गुणलाई नै नेपाल अधिराज्यको एकीकरणको कारक तत्व ठहर्याउदछन् ।
बिक्रम सम्वत् १८२५ आश्विन १ गतेको दिन पृथ्वीनारायण शाहले काठमान्डौ जिते । १८२६ मंसिर १ गते भक्तपुर जिते पछि काठमाडौंउपत्यका पृथ्वीनारायण शाहको नियन्त्रणमा रह्यो । काठमान्डौ कुमारीको हातबाट टीका थापेर पृथ्वीनारायण शाहले आफ्नो अभियान कुनै संकेत स्वार्थबाट अभिप्रेरित भई स्वार्थ लादुनको लागि भएको नभई विभिन्न टुनाहरुको विशेषता र आफ्नोपन नेपालरुपी राज्यको स्थापनामा सुदृढ हुने नेपाली राष्ट्रियताको लागि समर्पित छ भन्ने कुराको प्रमाण दिए । विक्रम सम्वत् १८३१ मा ५३ वर्षको उमेरमा देवीघाटमा श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको स्वर्गारोहण हुनु अघि मौसुफबाट उत्तरमा रसुवागढी, दक्षिणमा मोरङ हनुमाननगर, पुर्वमा अरुण, पश्चिममा मस्र्याङदी र चेपेसम्म नेपालको सीमा फलाईबक्सेको थियो ।
श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहबाट एकीकरणको लागि भएका प्रयास र राज्य विस्तारका प्रक्रियाहरु बायोले निर्धालाई आक्रमण गरी आफ्नो अधिनमा पार्ने प्रयास र प्रक्रिया थिएन् । साच्चै भन्ने हो भने गोरखाको सैनिक शक्ति र स्रोत काठमान्डौ उपत्यकाको शक्ति र स्रोतको तुलनामा नै निकै कम थियो । तर पनि पृथ्वी नारायण शाह आफ्नो एकीकरण प्रयासमा किन सफल भए भन्ने कुराको विश्लेषण गर्दा तिनताक शान्ति सुरक्षा र निश्चित जीवनको प्रत्याभुति पाउन आतुर रहेका सबै तहका जनताको मनोभावना बुझ्न र तदनुरुपका व्यवस्था मिलाउन सक्ने पृथ्वी नारायण शाहको उल्लेखनीय पैतिभा र खुवीनै सफलताको प्रमुख कारण देखिन्छ ।
आफुलाई साथ दिनेको कल्याणमा दत्तचित्त रहने पृथ्वी नारायण शाह आफ्ना शत्रुहरुप्रति पनि मानवीय भावना राख्दथे । राज्य व्यवस्थाको एकीकरण र विस्तारमा समर्पित सैनिक र सन्तुष्ट जनताको ठुलो भुमिका हुन्छ ।
फौजको निर्वाध बफादारौ कायम राख्ने उद्देश्यले फौजमा काम गर्नेहरुले रोजिरोटीको समस्या बेहोर्नु नपरोस् भनी उनीहरुलाई जग्गाको बन्दोबस्त गर्ने, दर्जा बढाउँदा उनीहरुले कति लडाई लडे, कति खर्ला खाए भन्ने मुल्यांकनको आधारमा बढाउने र अफिसरका छोराहरुलाई उमेर नपुगुन्जेल सरकारबाटै तालिम दिने व्यवस्था गरिन्थ्यो भने लडाकु जातका सवैलाई सेवामा लिनाले सेनाको वफादारी जहाँ राज्य विस्तारका गतिविधिमा काम आउथ्यो भने विस्तारित वा विजित क्षेत्रका जनताको सहयोग र सद्भावना बटुली हार्नेलाई पनि जीतको भावना दिलाएर राष्ट्रिय एकीकरण प्रयासमा उनीहरुलाई सहभागी बनाउन श्री ५ पृथ्वीनारायण राज्इ संचालनका प्रक्रियाहरुले अत्यन्तै महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *