जनताको अपमान हुने देश

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
म स्वयमले जनताको अपमान गर्ने व्यक्तिहरुलाई देखेको छु । यो दन्त्य कथा होइन न उपन्यासरुपी, आत्मकथा हो । देशमा तालुकदारी प्रथा पनि देखेको थिए । मोहीपानी जग्गा यौटाको नाममा कमाई खाने हामी अर्थात अरु जग्गामा अधिकार तालुकदारको पनि हुन्थ्यो, तालुकदार र मोही अलग अलग अस्तित्ववाला भए पनि जनता दुवैबाट पिडित थिए । त्यति बेलाको शासन व्यवस्था त्यस्तै थियो । राज्य विस्तारको क्रममा देशलाई बचाउन एकिकरण गर्न सहयोग गर्ने मानिसलाई तलब भत्ता थिएन । विर्ता स्वरुप जग्गा दिने चलन थियो जसले विर्ता पाएको थियो त्यो व्यक्तिले आफुखुसी अरुलाई दिन पाउने नै भयो । जो समय राज्य विस्तार गर्ने थियो त्यसबेलामा बेलायत कनिया कुमार भारतको दक्षिणी भागदेखि नेपालको कालापानीसम्म पुग्ने दुस्प्रयास गरे पनि अन्तमा सुगौली सन्धीको नामले कालापानी पश्चिम महाकाली नछोडेर परै रहने गर्यो । अंग्रेजले तिब्बत पस्ने प्रयास नेपालका हरेक नाकाबाट गर्यो तर असफल रहेको इतिहास बताउँछ । नेपालले केवल पुरानो नेपाल भित्र राजाहरुले छोरा नानीको भागबण्डाले विभाजन भएको बाइसे चौबिसे राज्यहरुलाई एक बनाउने काम मात्र गरे पनि तिब्बतीहरुको असमझदारीलाई समेत ध्यानमा राखी भोट र नेपालको पनि युद्ध भयो । अन्तमा भोट चीन नेपालको सम्झौता भई भोटले वार्षिक १० हजार युयान रकम नेपाललाई बुझाउने भयो । वर्तमानको विशाल भारतमा रहेका सयौं देशलाई एकिकरण गरी अंग्रेजले विशाल भारत निर्माण गर्यो ।
त्यसैगरी वडा महाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्व र बहादुर शाहको नेतृत्वले विशाल नेपालको निर्माण भयो । आज पनि दक्षिण एसियामा नेपाल जेठो देश रहेको नै छ । अन्तमा आएर हामी राजसंस्था माथि अविश्वास पैदा गराउने प्रयास गर्यौं र गरिरहेका छौं । अंग्रेजबाट भारतबा हटाउन शोसित सबै राज्यहरुमा एकता भयो र एक स्वरले अंग्रेजमाथि आक्रमण गरी वर्तमानको भारत पाकिस्थान, म्यानमारबाट अंग्रेजहरुलाई हटायो । पश्चिमी राष्ट्रहरु पहिले देखि नै विकसित हुँदै गएकोले भारत पस्दा पुरा भारतलाई पनि विकासको फल चखाएर गयो । आजसम्म अंग्रेजले बनाएका रेलमार्ग पुर्वमा असाम पश्चिम उत्तरमा काठगोदाम टनकपुरसम्मका विकासका कामहरु आज पनि प्रयोगमा आई रहेका छन् । नेपाल सितको महाकालीमा शारदा नामको व्यारेज बनबासा महेन्द्रनगर जोड्ने पुल १९२८ मा तयार भएको थियो त्यसबाट विजुलीको पावर हाउस बनाई विद्युत वितरण गरिएको छ । भारतको भन्दा बरु नेपालमा तिब्र विकास हुँदै गएको पाइन्छ ।
जव टनकपुरसम्म रेल तथा बस मार्ग अंग्रेजकै पालामा पुगेको थियो भने २००७ सालसम्म नेपालमा फर्पिङ देखि सिंहदरबारसम्म विजुली र सडक थियो । त्यो सडकमा चल्ने जीपहरु राणा सरकारका प्रधानमन्त्रीले भारतको रक्सौलदेखि सागा बाधेर मानिसद्वारा बोकाई काठमाडौं लगेका थिए । भारतको विकासको डि.पी.आर. गर्न अर्थात योजना बनाउन एकसय वर्ष लागेको थियो भने विकास चाडै गर्यो त्यसको तुलनामा नेपालको प्रथम पंच वर्षिय योजना ९-१३ सालमा सुरु भएको थियो । आज ७० वर्ष भित्र ७५ जिल्लामा सडक सञ्जाल पुगेको छ । आजसम्म धेरै विकासका कार्यहरु हुने थिए तर विद्रोहीहरुले गर्न दिएन । सरकारमा जो गए पनि नेपाली नै हुन र हौ भन्ने भावनाको विपरित गए ।
असंवैधानिकतामा चलेको देश देश साझा हो तर नेपाल र नेपालीको राजसंस्था कब्जा गराउन नेताहरुले सफलता पाएका छन् । कसरी भन्लान ? राजा विरेन्द्रलाई त कसले
मार्यो कसले मारायो त्यो तथ्य चौकिदारलाई थाहा होला तर त्यसपछिका दिनहरु नेपालमा शान्ति ल्याउने बहानामा अशान्ति गर्नेहरु बीच १२ बुँदे दिल्लीमा सम्झौता गरे, त्यसका नाईके थिए गिरिजा प्रसाद कोइराला र खलनायक अर्थात उनी पछिका थिए शान्तिका योजनाकार जसले गणतन्त्र लोकतन्त्रको नाममा ५००० जना मारेको स्वीकार्ने पुष्पकमल दाहाल हुन । अशान्ति हत्या हिंसा गरेर अर्थात घरमा आगो लगाई पानी हाल्ने प्रचण्ड र असंवैधानिक काम गर्ने गराउने गिरिजा प्रसाद कोइराला जसले नेपाली कांग्रेस पार्टीको बहुमतको सरकार छदै सांसद भंग गर्यो गरायो, एक पटक आफूले र अर्को पटक आफ्नै पार्टीका नेता प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा फेरी अस्थितरता फैलाउन चुनाव नगराई म्याद सकिएको सांसद जसले आफ्नो ५ वर्षे अवधि पार गरी सकेको थियो । ब्युझाउन रत्नपार्कमा सांसद बैठक बोलाई अधर्म गरे देउवालाई सरकार प्रमुख बनाई सरकारबाट देउवाद्वारा र सडकबाट स्वयम गिरिजाले संसदको धज्जी उडायो । संसदको म्याद सकिएपछि १२ बुँदे दिल्लीका नेताहरुको अभिभावकत्वमा सम्झौता गर्ने आठ पार्टीहरुका नाईके गिरिजा प्रसाद कोइराला समेतले मृत संसद सभा जिवित गराउन राजा ज्ञानेन्द्रलाई बाध्य पारी असंवैधानिक तरिकाले मृत सांसद सभालाई जिवित गराई त्यो असंवैधानिक सभाद्वारा म्याद सकिएर पनि ब्यूताई गणतन्त्रको घोषणा गरे त्यति मात्र नभई संविधान सभाको पहिलो बैठकबाट राजा हटाउने स्वीकृति दिने निधो गरे । असंवैधानिक बनेको सभाले निधोसम्म गर्न पाउँदैन तै पनि
गर्यो त्यो निधो गर्नु नै गिरिजाको कालो कर्तुत थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *