भीमदत्त न.पा. र जिल्ला प्रशासन कञ्चनपुरबाट जानकारी








महेन्द्रनगर कञ्चनपुरको कोही वारेस नभई लावारिस जस्तो देखिएको छ । भीमदत्त न.पा. महेन्द्रनगर कञ्चनपुरका नगर प्रमुखलाई सबै कुरा थाहा छ यो महेन्द्रनगरको बारेमा तर किन मौन बसेका छन् ? २०१८ सालदेखि राजा महेन्द्रले महेन्द्रनगर, दोधारा–चाँदनी र पुनर्वासमा बस्ती बसाल्यो, पहाडमा खान लगाउन नपुगेका जनतालाई तराईमा झर्न ऐलान
गर्यो र धेरै सर्वसाधारण यहाँ आउन बस्न थाले ब्रहमदेमा व्यापारिक सामान्य नाका भए पनि तिलाचौड, तिल्केनी, हल्दुखाल सुकासाल, गोवरैया, मझगाउँ आदि धेरै ठाउँहरुमा नयाँ बस्ती हो २०१८ सालपछिको तर बीच बीचमा एक दुई परिवार थारु र अरु थिए ।
राजा महेन्द्रले तराईमा आई पुनर्वास गर्न पहाडी जनतालाई ऐलान गरेकाले ऐलानी जमिन हो की दर्ता भन्ने अझै सोधिन्छ भने नेताहरुले दुःख पायो होला राजा महेन्द्रबाट ठालुहरुले आफुखुसी गर्न नपाएकोले दुःख पायो होला तर जनताको लागी राजा महेन्द्र देश र जनताका रक्षक नै हुन त्यस कारण ऐलानीमा बस्नेले राजा महेन्द्रको शालिक महेन्द्र चोकमा राखेका हुन । जसलाई हामी महेन्द्र स्मारक भन्ने गर्दछौं । त्यस क्षेत्रमा राखिएको राजा महेन्द्रको शालिक भ्रष्ट गुण्डा, डाकाहरुले तोडी लगेका भए पनि नगरपालिकाले संरक्षण गर्नु, पुर्नस्थापना गर्नुपर्ने र जिल्ला प्रशासनको समेत सुरक्षा रहनुपर्नेमा २०६२ सालमा रीसको झोकमा गरेका धानको भकारीमा रहेका धान बेची भुसभरी आगो लगाउने भ्रष्टहरुको मिलेमतो षडयन्त्रमा तोडेका शालिकको तुरुन्त पुर्नस्थापनाको माग राखेका छौं । राष्ट्रको सम्पत्तिको संरक्षण प्रशासन र नगरपालिकाबाट गरियोस ।







