राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदाँको जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव
पुर्व मेचिदेखि पश्चिम महाकालीसमम्मको राजनैतिक भौोलिक मानचित्र आज विश्वभरनै स्वतन्त्र र सार्वभौम राष्ट्र नेपालको रुपमा प्रतिष्ठित छ । संयुक्त राष्ट्रसंघमा फहरिएका सयौ राष्ट्रिय ध्वजाहरुमध्ये सुर्य चन्द्र अंकित झण्डा नेपालको राष्ट्रिय झण्डा हो भन्ने कुराबाट सबै अवगत छन् । नेपालको सार्वभौम सत्ता श्री ५ महाराजधिराज सरकारमा सत्रिहिन छ, नेपालको राष्ट्रिय भाषा नेपाली हो र पुर्व मेत्रीदेखि पश्चिम महाकालीसम्म्का प्रत्येक कुनाकन्दरामा रहेकाजनुसुकै धर्म, भाषा, जात र सम्प्रदायका व्यक्ति पनि नेपाली हुने भन्ने कुरा आज सर्वत्र जाहेर छ । ईतिहासको कुन मोडमा, कस्तो अवस्थामा र कसको प्रयासबाट आज चिनिने आधुनिक स्वतन्त्र र सार्वभौम राष्ट्रको प्रारुपको परिकल्पना भई त्यसलाई साकार तुल्याउने अभियान शुरुभयो ? यो अभियानले उटा स्वतन्त्र र सार्वभौम राष्ट्रको एकीकरण निर्माण तथा आधुनिककीकरणसंग के कस्ता आधारमा बसाल्न सक्यो ? के कति कारणले गर्दा यो अभियान सफल मात्रै हैन दिगो पनि बन्न सक्यो ? यी प्रश्नहरुको सही र बस्तुगत उत्तर नबुझीकन नेपाल राष्ट्रको एकीकरण, निर्माण र आधुनिकीकरण लगायत नेपालको राजनैतिक विकासक्रम बुझ्नु गारो हैन असम्भव नै ठहरिन्छ ।
नेपाली राजनैतिक ईतिहासको दृष्टिकोणले आधुनिक नेपाल अधिराज्यको जग हाल्ने गुगान्तकारी समय आज भन्दा लगभग २१८ वर्ष पुर्व अर्थात् १८२५–१९०३ को युगलाई मानिएको छ । यस युगान्तकारी युग अगावैको नेपालको भौगोलिक, आर्थिक एवं राजनैतिक परिस्थति विश्लेषण गर्नेहरुले त्यतिवेलाको परिस्थिति नेपालको एकीकरणको दृष्टिकोणले प्रतिकुल नै रहेको पाउछन् तर पनि विशाल नेपाल राज्यको एकीकरण त्यस्तो पृष्ठभुमिमा पनि शुरु र सफल हुन सक्नुमा एकीकरणको शुभारम्भले नेपाल राज्यको निर्माणको ईतिहासमा आफ्नै अलग र विशेष महत्व राख्न स्वभाविकै हो ।
राजनैतिक, आर्थिक भौगोलिक दृष्टिकोणले दुर्दभनीय देखिने पृष्ठभुमिमा पनि नेपालको एकीकरणको जग हाल्ने प्रयाप्त कसरी सम्भव भयो ?ईतिहासका प्रत्येक महत्वपुर्ण मोडझै कारकतत्व कुनै व्यक्ति वा संयोगहरु रहेझै नेपालको एकीकरणको सुत्रपात गर्ने दायित्वव र कर्म नेपाली ईतिहासले तत्कालिन गोर्खाका राजा श्री ५ बडामहाराजधिराजपृथ्वी नारायण शाहमा सुम्पेका रहेछ उनी राजा पृथ्वी नारायण शाहको विलक्षण नेतृत्व, कुशाग्र बृद्धि, दुरदृष्टि महत्वाकांक्षा र सक्रियताको कारणले नेपाल अधिराज्यको एकीकरण
शुभारम्भ भएको हुनाले आज हामी सबै नेपाली श्री ५ बडामराजाधिराज पृथ्वी नारायणलाई आधुनिक नेपालका निर्माता भनी सम्मान गर्दछौ ।
क) राज्य विस्तार तथा एकीकरण (१७९९–१९०३)
एकीकरणको महत्वकाक्षां र राज्यविस्तारको प्रयास प्रभावकारी र सफल कुन अवस्थामा हुन सक्दछ? के कस्तो नीति र व्याहारले राज्यनिर्माणका आधारशिलाहरु तयार हुनछन् ? राज्यविस्तारका प्रयासहरु ईतिहासको क्रममा कैयन् भु भागमा कैयन् पटक भईसकेका छन् र भईसकेका छन् र भईरहन पनि सक्लान् तर यो विस्तारका आधारशिला के थिए र समयको लामो प्रवाहमा घातप्रतिघात खप्दै आजको अवस्थामा पुग्नु पछापडका कारक तत्व के हो ? नेपालको एकीकरणको लागि भएका प्रयासमा अन्तर्निहित तथ्यले यो प्रश्नहरुको वतबुड्को उत्तर दिन सकेको छ भन्ने कुरामा नेपालको राजनीतिक ईतिहास विश्लेषण गर्ने स्वदेशी विदेशी सबैको एकमत छ । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *