प्रसंग शालिकहरुको

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आजसम्म हामीले हरेक व्यक्ति परिवारका तथा राष्ट्रका नेता राजाहरुका शालिक राख्ने गरेका देखेका छौ । राष्ट्रले शहीदहरुका शालिक बनाएर देशका विभिन्न ठाउँहरुमा राखेका छन् र त्यसपछि राजाहरुका शालिकहरु राखिए लगत्तै नेताहरुका पनि शालिक राखिएका छन् ।
महेन्द्रनगर कञ्चनपुरको मात्र कुरा गर्दा मदनचोक नामाकरण गरेर मदन भण्डारीको शालिक ५ नं. गल्लीको मुखैमा भेटघाट चौतारी निकट राखेका छन् भने पुष्पलाल चोक नामाकरण गरी क्याम्पस जाने बाटो पंचायत रजत पार्क नजिक तथा विपी कोइरालाको शालिक महामाली अस्पताल गेटको अगाडी तथा शहीद दशरथ चन्दको शालिक प्रशासकीय भवनको अगाडी चोकमा राखेका छन् भने राजा महेन्द्रको शालिक महेन्द्र स्मारक महेन्द्र चोकमा राखेका थिए ।
विदेशीहरुको इसारामा अष्ट धातुद्वारा बनाएको राजा महेन्द्रको शालिक रातोरात चोरेर लगे कहाँ लगे कहाँ राखेका छन कि विक्रि गरे भन्न सकिदैन आज राजा महेन्द्रको शालिक देखि किन डराए अपराधीहरु जसले शालिक चोरे, यदि शाधु भएका भए हिम्मत राखेर दिउसोमा नै तोड्नु पर्ने वा लैजानु पर्ने थियो । राणाहरुका घोडाका शालिकहरु पनि आजसम्म काठमाडौंमा जिउदैछन भने जसले यो देशको निर्माण गरे राष्ट्र निर्माता पृथ्वीनारायण शाह तथा उनका सन्तानहरुमा राजा त्रिभुवन, राजा महेन्द्र र राजा विरेन्द्रका मात्र शालिक ढाल्नुपर्ने कारण के हो ?
राणाहरुका घोडाहरुका पनि शालिक राख्नु यता राजाहरुका शालिक तोड्नु के जायज हो ? जानेर वा नजानेर आफै वा अरुका कार्यकर्ता नोकर भएर हटाए पनि आज १४÷१५ वर्षसम्म पुनरनिर्माण नगर्नुको अर्थ के हो ? क्रिश्चियनहरुले नेपालका हरेक स्थानबाट दुःख पाएको भए भन्नु पर्यो । जिउदो सित बोल्न नसक्नेहरुले किन शालिक तोड्नु पर्यो । सरकारको पनि दायित्व हो यी शालिकहरु राष्ट्रका सम्पत्ति र गहना हुन संरक्षण गरेर राख्नु पर्दछ ।
आदिकवि भानुभक्तका शालिक देखि अरु ठाउँहरुमा राखिएका शालिकहरु शहीद दशरथचन्द, नेता विपी, मदन भण्डारी, पुष्पलाल समेतका शालिकहरु केवल सम्मान मागी रहेका छन् । दैनिक फूलमाला र सरसफाई मागी राखेका छन् । शालिकहरु बोल्दैनन् तर अर्थपूर्ण छन् । सरकारी पक्षले सरसफाई सम्म त गरिदिनु पर्यो । नेपाल अधिराज्यभरीका शालिकहरु राष्ट्रका सम्पत्ति हुन । जनताको पसिना रगतले बनेका हुन । संरक्षण गर्न त सकेनौं अव त गर । यदि गर्न सकिदैन भने स्थानीय पालिकालाई जिम्मा देउ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *