शान्ति क्षेत्र नचाहने नेताहरु








नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव राख्ने राजा विरेन्द्रकै समयमा नेपाली नेताहरुले परित्याग गरे । राजाले आफ्नो लागी शान्ति क्षेत्र राखेको हो कि भनेझै गरे तर राजाले आफ्नो लागी मात्र नभई देशको लागी गरेका थिए । इन्दिरा गान्धीले शान्ति क्षेत्रको विरोध गर्नुको अर्थ थियो अशान्ती फैलाई स्वदेश विदेशलाई आतंकित पारी आफ्नो कब्जामा गर्नु त्यही नीति हाम्रा नेताहरुले पनि लिए शान्तिको नाम २०१९ को संविधानमा थियो त्यसबाट हटाई २०४७ को संविधानमा पनि अटाउन नसक्नाको कारण ०५२/५३ मा गएर प्रष्ट भयो । २०५८ जेठ १९ ले त झन प्रस्ट्याई दियो ।
अझै देशले शान्ति चाहेको छैन चाहेको भए जुन पार्टीले १७/२० हजार मानिस मार्ने काम गर्यो त्यही नामको एक पक्षलाई जंगलमा नै राखेका छन् र नेपाल सरकारले अप्रत्यक्ष रुपबाट सहयोग गरेको छैन भन्न सकिने अवस्था छैन । जसरी एमाले र नेपाली कांग्रेसले माओवादीलाई समर्थन गरी सघाएका थिए । बैंकहरु लुटाएका
थिए । अझै पनि त्यस्तै त गरिरहेको छैन भन्ने शंका उत्पन्न भएको छ । नेताहरुले नेपाललाई कहाँ लैजान र के गर्न खोजेका हुन त्यसको गहन अध्ययन गर्नुपर्ने जरुरी छ । त्यस्तै माओवादीको कमाण्डर बनि हजारौं मानिस मार्ने बाबुराम भट्टराई माओवादी पार्टीदेखि किन अलग भए त्यो पनि खोजौं ।







