सरकारको कमजोरी र विपक्षीको बल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
देश चलाउन खेलवाड होईन देश त लेण्डोप दोर्जे, दलाई लामाले पनि चलाएका थिए । देश चलाउनेहरुमा जंगबहादुर राणा, राजा महेन्द्र पनि थिए । देशका जनतासँग माया गर्ने प्रधानमन्त्री सन्त नेता कृष्ण प्रसाद भट्टराई थिए उनले पनि देश चलाएकै हुन । देश चलाउनमा नभए पनि देश जलाउनमा माहिर गिरिजाप्रसाद कोइरालाले पनि देश त चलाउन खोजेका हुन तर देश जल्यो जलाउन नखोजे पनि जल्यो । देशमा लागेको आगो निभाउन खोज्ने राजा विरेन्द्रको वंशनाश हुने गरी हत्या भयो । उनका सहयोगी लोकेन्द्र बहादुर चन्दले गुप्तबासमा बस्नु परेको छ । किन भने २०६२/६३ मा पनि देशमा लागेको आगो निभाउनमा सहयोग गरेकै हुन । आगो निभाउने संसाधन नहुँदा यदि देशमा लागेको आगो निभ्छ भने राजगद्दी त्याग्न म तयार छु जनताले मेरो पुर्खालाई दिएको नासो सुरक्षित सात राख्न म तयार छु । जनताको नासो जनतालाई बुझाउन पाउँदा त राजा ज्ञानेन्द्र हर्ष नै भएका थिए तर हाम्रा नेताहरुले देश कसैलाई बुझाउँदा सहन गर्छन कि गर्दैनन् भन्ने तर्फ पनि जानु परेको छ । जनताको नासो राजा ज्ञानेन्द्रले गिरिजा, प्रचण्ड, बाबुरामको जिम्मा दिएकोमा नासो संरक्षण हुन्छ हुदैन एकिन भन्न सकिने अवस्थाको सिर्जना हुन भने सकिएको छैन । लेण्डोप दोर्जेहरुको विगविगी बढी रहेको पाइन्छ । देश विकास हुनु ठूलो कुरा होईन बरु देशलाई विनास हुनबाट बचाउँनु ठूलो कुरा हो । आज देशको लुछाचुडी त भईरहेकै छ तर विनास हुन भने सक्दैन । नेताहरुले देश विनास गर्ने कोसिस गरेकै हुन । सर्वप्रथम नेपालको झण्डा फेर्ने त्यसपछि देशको नाम फर्ने कोसिस गरेकै हुन । त्यो सत्य कुरा हो खै कसरी सकेनन् । उनीहरु छाया शालिकसँग लड्न खोजी रहेका छन्, त्यसको प्रमाण हो राष्ट्र निर्माता पृथ्वीनारायण, राजा महेन्द्र तथा राजा विरेन्द्रका शालिक तोड्ने काममा अवश्य सफलता पायो । निर्माण वा पुर्ननिर्माण भने आजसम्म गर्न सकेका छैनन् ।
सरकारको कमजोरीले विपक्षीको बल बढ्छ तर हाम्रा विपक्षीको बल केवल प्रतिसोधमा जान्छ त्यो त्याग्नु पर्छ । वैज्ञानिक अर्थात अतिरिक्त दर्शन राजनीतिमा हुदैन, त्यसकारण राजनीतिक दर्शन समय देशकाल मानव समाजको अध्यापनबाट प्राप्त गर्नु पर्दछ । देशका निहत्ता नागरिकलाई मारेर त्रासजन्य स्थितिको सुरुवात गरेर राजनीतिक दर्शन प्राप्त गर्न सकिदैन । यदि नागरिक मारेर राजनीति गरी सत्तामा पुग्ने दर्शन हो भने त्यो वर्तमानमा अमान्य भैसक्यो ।
गौतम बुद्धको दर्शनले ठूला ठूला लडाई बन्द गरी लडाईको मैदानबाट भागेर सम्राट असोक जस्ता ठूला सम्राटले बौद्ध दर्शनमा मोहित भएका थिए । नेपालको कुरा गर्दा जनता नै सबै थोक हुन मैले त उनकै नासो जिम्मा लिएको छु । जे जनता चाहन्छन त्यस्तै गर्नुपर्छ भनि विपी कोइराला र राजा विरेन्द्रले कस्तो व्यवस्था छाने भनेर २०३६ सालमा जनमत संग्रहको घोषणा गरी २०३७ सालको बैशाखमा जनमत संग्रह गरेका थिए । त्यो जनमत संग्रहमा २४ लाख निर्दल र २० लाख बहुदलको पक्षमा मत खसेका थिए । त्यो जनमत संग्रहलाई राजा विरेन्द्र नेता विपी कोइराला लगायतका निर्दलीय तथा बहुदलीय नेताहरुले स्वीकार गरी सकेका थिए तै पनि १० वर्षपछि २०४६ सालमा बहुदलीय व्यवस्था प्राप्त गर्न आन्दोलन गर्यो र त्यही आन्दोलनको माध्यमबाट बहुदलीय व्यवस्थाको स्थापना भयो । त्यसपछि २०६२/०६३ को आन्दोलनको विउ २०५२ मा रोपिए पनि ६२/६३ मा उम्रियो । दिल्लीमा भएको १२ बुदे सम्झौताले २०४७ को संविधान खाई दियो । जनमत संग्रह गराउने हिम्मत नेताहरुलाई आएन तर राजा ज्ञानेन्द्रले त यदि देशको आगो निभ्छ भने राजगद्दी त्याग गर्न तयार छु भनि देशको नाममा त्याग गरी राजगद्दी छोडी साधारण नागरिकको रुपमा आजसम्म बसेकै छन् ।
आजसम्म हामीले राष्ट्रिय सर्वमान्य नेता पाउन सकेको छैन । एकताको प्रतिकका रुपमा रहेको राजसंस्थालाई हटायौं । १२ बुँदे दिल्ली सम्झौतामा हाम्रा नेताहरु गए । त्यसबाट अर्ध गुलामीको सिलान्यस गर्यौं । राजा फाल्ने काम मात्र ठूलो काम हैन, ने.का. र एमालेको सहयात्राले मात्र देशले परिवर्तन गर्न १७÷२५ हजार मारिए बेपत्ता पारिए । कारण थियो सरकार सहज रुपमा कमजोर थियो फाइदा अर्कैले लियो । त्यस्तै नेकपा र नेकाले माओवादीका विप्लब चन्दलाई सहयोग गरिरहेका छैन भन्न सकिदैन । कुनै पनि आन्दोलनमा एक जनासम्म पनि नेता मारिएन त्यसबाट के प्रष्ट हुन्छ
भने यि सबै नेता मिली जनताको शोषण गर्दैछन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *