शुक्लाफाँटामा पर्यापर्यटन विकासमा सक्रियता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २७ मंसिर
कञ्चनपुरमा पर्यापर्यटनको विकासका लागि शुक्लाँफाटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती वन व्यवस्थापन समिति र तराई भू परिधि (ताल) कार्यक्रमको सहकार्यमा सरोकारवालाहरु सकृय भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ जोनापुर स्थित खयर कन्द्रा सामुदायिक होम स्टेमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज क्षेत्र र आसपासको मध्यवर्ती वन क्षेत्रको संरक्षण, प्रवद्र्धन र पर्यापर्यटनको विकासका लागि सरोकारवालाहरुले ऐक्यवद्धता समेत जनाएका छन् । प्रकृतिमा आधारित पर्यापर्यटन प्रवर्द्धनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले गतिविधि बढाएको छ । राष्ट्रिय निकुञ्ज क्षेत्र र आसपासको मध्यवर्ती वन क्षेत्रको संरक्षण, प्रवद्र्धन र पर्यापर्यटनको विकासमा सहयोग र सहकार्यका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले जनसमुदायलाई समेत आग्रह गरे ।
२०२६ सालमा शाही शिकार आरक्षका रुपमा स्थापित उक्त क्षेत्र विभिन्न कालखण्डमा परिमार्जित र विस्तारित हुँदै २०७३ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रुपमा नामांकित भएको थियो । ठूलो फाँट समेत रहेको निकुञ्ज क्षेत्र भित्र बाघ, हात्ती, गैडा, बाह्रसिंगा लगायत विभिन्न प्रजातिका वन्यजन्तुहरू तथा चराचुरुङ्गीहरूको संख्या प्रशस्त
रहेकोले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको सम्भावना अत्यधिक रहेको छ । जैविक विविधता र दुर्लभ वन्यजन्तुहरू तथा चराचुरुङ्गीहरूको संरक्षण गर्ने, मध्यवर्ती क्षेत्रमा रहेका वासिन्दाहरुको जीवनस्तरमा सुधार ल्याउने र निकुञ्ज एवं जीवजन्तु सम्बन्धी अध्ययन अनुसन्धानको केन्द्रका रुपमा स्थापित गर्ने राष्ट्रिय निकुञ्जको मुख्य उद्देश्य रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत कान्ती कँडेलको भनाइ छ ।
मध्यवर्ती क्षेत्रमा समेत पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकार र सरोकारवालाहरुले अपनत्व महशुस गरी सकृय हुनुपर्नेमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव बहादुर बिष्टको जोड छ ।
तराई भू परिधि (ताल) कार्यक्रमले नेपालका १८ जिल्लामा कार्य गरिरहेको तराई भू परिधि (ताल) कार्यक्रमका प्रतिनिधि रमेश चौधरीले जानकारी दिनुभयो । विशेषतः तराईँका जिल्लाहरुमा प्रकृतिमा आधारित पर्यापर्यटन प्रवर्द्धनका कार्यमा केन्द्रित ताल कार्यक्रमले स्थानीय जनसमुदायका लागि पर्यटन सम्बन्धी सीप विकासका गतिविधि समेत बढाएको उहाँको भनाइ छ । कोभिड १९ महामारीका कारण लामो समयसम्मको बन्दाबन्दी र त्यसयताको असहज परिस्थितिले बाह्य पर्यटकहरुको आवागमन शुन्यप्रायः भएको परिस्थितिमा आन्तरिक पर्यटकहरुलाई प्राथमिकतामा राखेर पर्यापर्यटनका गतिविधि बढाउनु पर्नेमा होटल व्यवसायी संघका कोषाध्यक्ष रामचन्द्र रेग्मीले जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष बिष्णु दत्त अवस्थीले स्थानीय उत्पादन र कला संस्कृतिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । उनले पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सञ्चारमाध्यमले निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै मिडियासँगै स्वयं पर्यटकहरूले गर्ने प्रचारप्रसार बढी प्रभावकारी हुने बताए । देवीदल गणका गणपति कर्नेल सुनिल कुमार मल्लले पर्यापर्यटन विकासका लागि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले सहयोग गर्ने बताए । उनले निकुञ्ज भित्र हुने चोरी तस्करी र निकासी पूर्ण रुपमा प्रतिबन्धित भएकोले गैरकानुनी गतिविधि नियन्त्रण गरिने उल्लेख गर्नुभयो । प्रकृतिमा आधारित पर्यापर्यटनका लागि निकुञ्ज र आसपासको क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनु पर्ने, प्रचारप्रसारका कार्यक्रम गर्नुपर्ने, निकुञ्ज प्रवेशमा सहज वातावरण बनाइनु पर्ने र सुरक्षा व्यवस्थापन लगायतका विषयमा सरोकारवालाहरुले जोडदिएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *