राजसंस्था निरंकुश कि नेताहरु ?








स्वदेशी तथा विदेशीको संयुक्त षडयन्त्रमा राजा विरेन्द्रको वंशनाश हुनेगरी चार हजार सैनिकको घेरा भित्र रहेर पनि हत्या भयो राजा विहिन नेपाल भयो तर राजसभाले श्री ५ ज्ञानेन्द्र शाहलाई राजा नियुक्ति गरे राजमुकुट पहिराईयो । हाम्रा नेताहरु गिरिजा प्रसाद कोइराला तत्कालिन प्रधानमन्त्री, माधव कुमार नेपाल, लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापा लगायतका वरिष्ठ तथा नेपालमा शासन गरी सकेका नेताहरुले राजा ज्ञानेन्द्रको सामुन्यमा झुकि घुडा टेकाई सुनको रुपमा भेटी राखी दर्शन गरेको दृष्य रेकर्डमा हेर्न सकिन्छ । राजा भए बनायो शेर बहादुर देउवा पनि प्रधानमन्त्री भए पार्टी, नेताहरुको विरोधले सरकार चलाउन सकिदैन भनि नयाँ जनादेश लिन सांसद भंग गरी पाउँ भनि प्रधानमन्त्री शेरबहादुर जीले राजामा लिखित औपचारिक प्रतिवेदन दियो र प्रधानमन्त्री अर्थात सरकारले जे भन्यो संविधान २०४७ सम्मत विघटन भयो, ६ महिना भित्र निर्वाचन
गरिसक्ने गरी सांसद विघटन गरिएको सर्त सरकारले पुरा गर्न सकेन । बीचमा जे जे भएपनि राजाद्वारा असक्षम प्रधानमन्त्री घोषणा भयो अन्तमा २ वर्ष भित्र देशलाई सही दिशामा ल्याई निर्वाचन गराउने गरी देशको सत्ता हातमा लिनुपर्ने अवस्था आयो । कुनै पनि नेताहरुले प्रधानमन्त्रीको पद लिन स्वीकार गरेन गिरिजा गुटले भंग भएको सांसदको बैठक
रत्नपार्कमा बसाल्यो भने नेपाली कांग्रेसकै नेता शेर बहादुर सत्तामा थिए । अन्तमा गएर कसैले पनि राष्ट्र सञ्चालन गर्न तयार भएनन् र राजा स्वयम्ले सम्हालेको कुरा सबैलाई थाहा नै छ ।
राजा ज्ञानेन्द्रले जनता, नेताप्रति कुनै किसिमको बल प्र्रयोग गरेनन् जे जे नेताहरु गिरिजा प्रसादहरुले भन्यो त्यही गर्दै गए त्यो नै राजाको भूल थियो वा देशले शान्ति पाउँछ भने हुन्छ भनेर पनि होला म्याद सकिएको सांसदलाई पुर्नस्थापना गरिदेउ भनि नेता गिरिजा लगायतका नेताहरुले अडान राखे । नयाँ जनादेश ल्याउ निर्वाचन गराउ त राजाले भनेकै हो तर गराउन पार्टीहरुले दिएन नयाँ निर्वाचन गराएपछि उनीहरु नआई अरु नयाँ व्यक्तिहरु पनि आउन सक्ने ठूलो डर थियो त्यस कारण मृत भएको म्याद सकिएको २०४७ को संविधान अन्तर्गतको प्राकृतिक नियम विरुद्ध रही गैर कानूनी रुपबाट जिवित राजाद्वारा गरायो र त्यही मृत गैरकानूनी सभाद्वारा राजालाई हटाउने षडयन्त्र गर्यो । यी विभिन्न कारणबाट आजसम्मका गतिविधिका कारवाही सबै गैर कानूनी हुन जनताको मत लिने काम नभई गिरिजा अर्थात दिल्लीमा गएर १२ बुँदे नेपाल विरोधी सम्झौता गर्नेहरुले देशको राज्य शक्ति र व्यवस्था बलजफती बदल्यो । जनमत लिने हिम्मत कुनै नेताहरुले पनि गरेनन् । केवल जसरी पनि सत्तामा पुग्ने निरंकुश प्रयास गरेर पुगे पनि ।







