किन भई रहेको छ यौनजन्य हिंसा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
विश्वभर रहेका हरेक मानव समाजका धार्मिक ग्रन्थहरु तत्कालिन समाजलाई व्यवस्थित गर्न बनाएका नियम कानूनरुपी धार्मिक ग्रन्थहरु थिए । वेद पुराणहरुले हाम्रो समाजलाई सुधारात्मकतर्फ डोर्याएको थियो । हरेक अपराधहरु धर्म र अधर्म सित जोडिएको हुन्थ्यो । हिन्दुधर्ममा खास गरी धार्मिक मान्यता अनुसार बालविवाह गर्ने प्रचलन थियो । आफ्ना छोराछोरीहरुको संरक्षण गर्न असजिलो थियो । ठालु प्रवृत्तिका मानिसहरुको संख्या पनि धेरै थियो । विवाह गर्नको लागी जहाँ जो मन पर्यो उसका आमा बुवालाई बाध्य तुल्याएर केटी माग्ने, बलजफती लैजाने र विवाह गर्ने प्रचलनमा बढोत्तरी भएको थियो । जसरी आजभोली छोरीहरुलाई दाईजो दिने प्रचलन छ त्यस्तै ६०/७० वर्ष पुर्वसम्म पनि केटीको आमाबुवाबाट विवाह गर्दा खर्च माग्ने चलन थियो । सामान्य परिवार जाती अनुसार छोरीको विवाहमा हुने खर्च खाना खुवाउनको लागी रासन भन्दथे । चामल, पिठो, घ्यू, तेल गुड केटा पक्षबाट लिने चलन मात्र हैन थप दान दक्षिणा दिनको लागी भनेर नगद पनि माग्ने प्रचलन थियो । नेपालको हकमा २०१८/२० साल तर्फ छोरीको विवाहमा पैसा लिन नपाउने दान गर्नुपर्ने, भैसीको राँगा फाल्न नपाउने भनि गाउँ गाउँमा निर्देशन पठाई राजा महेन्द्रले देशका स्थानीय निकायलाई सजग गराएका थिए । चोरी चोरी पैसा लिनेहरु पनि कन्यादानको बहाना गर्दथे तर उमेरको हद भने थिएन । सानै उमेरमा विवाह हुने भएकोले छोरीहरुले विवाह नभएसम्म आमाबुवाको नियन्त्रण रेखदेशमा रहनुपर्ने विवाह भएपछि लोग्नेको अधिनमा बस्नुपर्ने बाध्यात्मक अवस्था रहेकोले पनि बलात्कारका घटनाहरु सुनिदैन थिए । २० वर्ष भित्रकी आईमाईको लोग्ने मृत्यु भएमा उसले अर्को विवाह गर्नैपर्ने अन्यथा समाजमा त्राही त्राही हुन्थ्यो । त्यस बेला नियोजनका साधनहरु नभएको अवस्थामा जवानीले केही नदेख्ने बलजफति यौन हिंसा वा घरेलु हिंसाले पनि अवैध गर्भाधान भएमा न्यायिक तथा सामाजिक धार्मिक ताडन हुने डर एकातर्फ थियो भने राणा कालसम्ममा त जार काट्ने नियम समेत भएकोले केही हदसम्म महिलाहरु औपचारिक अनौपचारिक सुरक्षित थिए भन्न सकिन्छ । धर्म र पापका कारणले पनि त्यस्ता अपराधहरु हुदैनथे तर मनु नीति शास्त्रमा पनि भनिएको छ एक पुरुष युवाले एकान्तमा आफ्नी बहिनी तथा आमाको साथमा समेत नबस्नु किनकी जति ठूलो विद्वान भए पनि धेरै व्यक्तिहरु आफ्ना मन इन्द्रियहरुलाई नियन्त्रणमा गर्न सक्दैन भनेका छन् । आजको जस्तो खुला समाज मानव अधिकार महिला अधिकार बाल अधिकारको व्यवस्था विश्वभरीका देशहरुमा नभएको पुष्टि हुन्छ । महात्मा गान्धीको विवाह पनि बालकमै भएको थियो ।
त्यस बखतको धार्मिक कालमा यौनजन्य तथा घरेलु हिंसा न्यून मात्रामा हुन्थे ९/१० वर्षकी कन्या सित १२/१४ वर्षमा मात्रृ प्रेम बाहेक अन्य प्रेमहरु थाहा थिएन विवाहपछिका ४/५ वर्ष विति सकेपछि महिला पुरुष बीचको प्रेम थाहा हुन्थ्यो यसरी सबै बालबालिकाहरुले अवल संरक्षकत्व प्राप्त गरेकाले दुष्कर्म तर्फ बाध्य भएर पनि कम लालायित हुन्थे । यदि कसैको सधवा स्वास्नी भगाएर लगेमा जार काटने ऐन थियो र काटिनु पथ्र्यो यस्ता डरलाग्दा व्यवस्थाले गर्दा र कडा संरक्षकत्व बालकबाटै पाईरहेको अवस्था हुँदा त्यस्ता हिंसा कम हुने गर्दथे । पछि विस्तार विस्तारै जव नेपालमा पनि शिक्षाको लहर पुग्यो अनि चेतनाको विकास हुँदै गयो बालबालिकालाई पनि आफ्नो अधिकारको ज्ञान हुदै गयो विकसित राष्ट्रहरुबाट पनि नागरिकहरुको दोहरो भ्रमण हुन लाग्यो मानव अधिकार, बाल अधिकारका अन्तराष्ट्रिय कानून बन्दै गए सोही कानूनको अधिनमा सबैले रहने पालना गर्ने गर्यो ।
विश्वभरीका देशहरुमा सिमित अपराधीहरुलाई मृत्युदण्ड दिने नियम कानून अझै छन तर नेपालमा जति ठूलो अपराध गरेपनि मृत्युदण्डको सजायको व्यवस्था २०४७ सालको संविधान देखि राखेको छैन । ५ वर्षिय बालिकाको बलात्कारपछिको हत्या होस वा आन्दोलनको नाममा हजारौं हजारको हत्या गरेको होस त्यस्तो व्यवस्था छैन । बलात्कार हत्या, हिंसा यौनजन्य अपराधमा बढोत्तरी आउनुका खास कारण ती पनि हुन ।
अव पनि अन्य अपराधिक घटना पनि घट्ने सम्भावनाका लक्षणहरु देखिदैछन । मन्जुरी बेगर सहवासमा प्रतिबन्ध गरिएको छ गरिनु राम्रो कुरा हो मनुष्य बाहेक कुनै पनि पशुहरु मन्जुरी बेगर सहवास गर्दैनन् मनुष्यमा त त्यस्तो हिम्मत आउने कुरा पनि छैन तर समाज वेईमानी स्वार्थी भैसक्यो त्यसको तानाबुना वेईमानी चतुरहरु बुनिरहेका हुन्छ ।
राजीखुसीका साथ सहवास पनि गर्ने गराउने रकम पनि लिने अन्तमा बढी रकम असुल्ने स्वार्थी मतिले मन्जुरी बेगर भनि दिने । यस्ता घटनाहरु जहातही देखिदै छन । सभामुखले आफ्नो पद गुमाई जेल पनि बस्नु पर्यो, अव त यो कुरा लोग्ने स्वास्नीमा पनि लागु भै सक्यो, पशुहरु विना ऐन कानून बन्धनमा छन तर मनुष्यरुपी पशु स्वार्थ पुर्तिपछि अरुलाई फसाउँदा रहेछन् । अवका दिनहरु झन भयावह झन स्वार्थीपुर्ण रहने छैनन् भन्न सकिदैन । स्वार्थपुर्तिको लागी अर्कोलाई फसाउने तर्फ नलाग्लान भन्न सकिदैन । तसर्थ जिम्मेवार नियम कानून निर्माता र लागु गर्ने पक्षले विशेष ध्यान दिनुपर्ने अवस्थाको सुरुवात भैसकेको छ ।
आजसम्म त धर्मकै आधारले बाल बच्चा बृद्ध आमाबुवाहरुको रेखदेख गर्ने गरिन्थ्यो अवका दिनहरु आफैबाट जन्मेका छोराछोरीलाई मारेका तथा आमाबुवा बृद्ध भैसकेपछि बृद्धाश्रममा छोड्ने प्रचलन देखि सकियो । अव धर्म र अधर्म छुट्याउन सक्ने क्षमता हामीमा रहेन । विश्वमा हरेकको धर्म हुन्छ मुसलमानहरु मुस्लीम धर्म मान्छन, बुद्धिष्टहरु वौद्ध, क्रिश्चियनहरुको पनि धर्म र देशहरु छन तर नेपालमा विश्वमा एकमात्र हिन्दुराष्ट्रले चिनिएको थियो । नेताहरुलाई लोभ लालसामा पारी हिन्दु राष्ट्रका नेताहरुबाट हिन्दु राष्ट्र खोसी सकेको अवस्था रहेको छ । धार्मिक नेपाली समाजलाई अधर्म तर्फ डोर्याउने प्रयासहरु नहटेसम्म देशमा हत्या हिंसा जस्ता अपराधमा कमी आउने देखिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *