राजतन्त्र, राजसंस्था, हिन्दुराष्ट्र केवल नेपालको पहिचान मात्र हो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विश्वमा आजसम्म गणितीय हिसावले राजनीतिक व्यवस्था यस्तै हुनुपर्छ भनिएको छैन तर राजनीतिक व्यवस्था जनता देश काल परिस्थितिको पक्षमा भने हुनै पर्दछ । जे जनता चाहन्छन त्यो हुनुपर्दछ । राजतन्त्र एकल विचार हो तर राजसंस्था राजतन्त्र भन्दा माथिल्लो हो जसले राजालाई पनि नियुक्त गर्छ, तर राजा नै नरहेको देशमा राजसंस्था पनि रहन सक्दैन । नेपालको हकमा हिन्दुराष्ट्र नेपालको माउन्ट एभरेष्ट सगरमाथा जस्तै हो । केवल पहिचान विश्वभरीमा भएका मानिसहरुमा प्रत्येकको अलग पहिचान छ, रामबहादृुर नामका
हजारौं छन्, तर उसको पहिचान थरले खुलाउँछ । त्यस्तै विश्वमा मुस्लीम, क्रिश्चियन राष्ट्रहरु छन् आफ्नो पहिचान कायम राख्नमा सफल छन भने नेपालले मात्र आफ्नो अलग पहिचान राख्नमा के को लाज । विश्वमा एक मात्र हिन्दुराष्ट्र त्यो पनि हिमालय सगरमाथाको आँचलमा सुरक्षित राष्ट्रको गौरवशाली गाथामा के मन परेन हाम्रा नेताहरुलाई धर्मनिरपेक्ष या सापेक्ष राष्ट्र नेपाल नभने के हुने थियो के सोझै नेपाल भन्न सकिने थिएन । कसै व्यक्तिलाई खुसी पार्न मात्र निरपेक्ष र सापेक्ष राख्नु गलत हो, के आज राखेर राखिन्छ जे छ यो देशभित्रै छ विवाद ल्याउने काम नतोहरुले गरे त्यो ठीक थिएन केवल नेपाल भने पनि पुरा पहिचान हुने नै थियो । नेपालमा मात्र हैन विश्वका हरेक देशले आफ्नो अलग पहिचान चाहान्छन् । उनीहरुले पहिचान खोज्नुपर्छ, खोजी रहेका छन् तर नेपाल दक्षिण एसियामा जेठो हो, जेठो भएर पनि पहिचान मेटाउन खोज्ने खेल घातक हुन्छ ।
देशको पहिचान जे छ त्यो रहन दिनुपर्छ विकास निर्माणका काम अलग हो निरन्तर चली रहन्छ भने पहिचान मेटिएमा पुनः पहिचान बनाउँदा कान्छो सम्झिन्छ । नेपाल सानो देश भएर पनि विशाल राष्ट्र छ नेपालको भाषा धर्म जहिले भारतको पुर्वी पश्चिमी क्षेत्र सम्म थियो भने वर्तमान त हिन्दु नेपालीलाई ठूलो आदर गर्दा रहेछ । हरेक वर्षको अषाढ महिनामा नेपालका राजारानीको झाकी निकाल्छन् ।जसरी हामी श्री कृष्णको झाकी निकाली कृष्णअष्टमी मनाउँछौं ।
त्यस्तै गरी वर्मा (म्यानमार) मा त्यहाँ रहेका नेपालीको चाहना परिमर्का बुझी नेपाल फर्कन चाहनेलाई नेपाल ल्याउने क्रममा राजा महेन्द्रले वर्माको एक चोकमा भएका नेपालीको चाहना बुझी नेपाल फर्कनेको व्यवस्था म गर्छु भनेकै ठाउँ अचेल सधै नेपालका राजारानीको झाकी निकाल्ने गरेका छन्, त्यो पनि नेपालको पहिचान हो । आज त नेपालको पहिचान धर्म संस्कृतिले विश्व प्रवेश गरिसकेकोले हिन्दुराष्ट्रको नामबाट पहिचान भएकोमा मेटाई निरपेक्ष गर्नु ठीक नहुँदा हिन्दुराष्ट्र रहन दिनु नै बुद्धिमानी हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *