राजतन्त्रको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २० मंसिर
राजतन्त्रको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा शनिबार बृहत मोटरसाईकल र्याली सहितको प्रदर्शन भएको छ । प्रदर्शनमा हिन्दुराष्ट्र सहितको राजसंस्थाको पुनरवहाली हुनुपर्ने माग सहित युवाहरु प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनमा युवाहरुको उल्लेख्य सहभागिता रहेको छ ।
त्यस्तै राजसंस्थाको माग गर्दै शनिबार काठमाडौं उपत्यकामा प्रदर्शन भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेका थिए । पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले आफूहरुको तीन माग रहेको बताए । राजसंस्था स्थापना, तथा संघीयताको र धर्म निरपेक्षताको खारेजी आफूहरुको माग भएको उनले बताए । अर्का अधिवक्ता बालकृष्ण न्यौपानेले आफूहरुले हिजोको जस्तो राजा होइन, बेलायत र जापानको जस्तो राजसंस्था खोजेको बताएका छन् । यसका लागि आगामी फाुगन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन गर्ने उनले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *