राष्ट्रका जनतालाई थाहा हुदैन सरकार र नेताको बोेली








माननीय लोकेन्द्र बहादुर चन्द समेतको सहभागीतामा थोरै पेजको बुलेटिन प्रकाशमा आएको थियो । नेपालमा नेपालीले शासन गर्न पाउनु पर्छ भन्ने पुस्तकको विषय थियो, त्यती मात्र हैन सूर्य बहादुर थापा, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मरिचमान सिंह श्रेष्ठ लगायतका तमाम भु.पु. प्रधानमन्त्रीहरुले अवश्य भारतको चंगुलमा सरकार परिरहने हुँदा सतर्क रहनु पर्छ सम्मको कल्पना गरेका थिए भने पुष्पकमल प्रचण्ड प्रधानमन्त्री हुँदा त झन सोझै भनेका थिए हर करामत प्रभुका हुन अर्थात भारतका हुन भनेर पदासीन रहेकै बेलाका वाक्य थिए तर पनि माओवादी लडाकुलाई तालिम दिदने काम पनि सिमा पारीबाट नै भएको हो । यी सबै कुराको मनन् गर्दा साँचो हो नेपालको शासन नेपाली स्वयमले गर्न पाउनु पर्दछ जनताले ठीक अर्कै सोचेका थिए ।
जनतालाई के थाहा नेपालको शासन कहाँबाट भई रहेको छ । सबै भन्दा खराब कुरा थियो, २००७ सालको सत्ता खोसी राणाहरुलाई सहभागी नगराउनु राजा र राणा सरकारको आपसी सम्बन्ध ठीक नहुनु राजाबाट पनि सल्लाह लिएर गर्नुपर्नेमा राणाहरुकै भाई भारदार नातागोताबाट देश चलाउन खोज्नु । हाम्रा नेताहरुको सोच थियो होला अंग्रेज हटाउ अभियानमा हामी सहभागी भयौं र हामीप्रति कसैको पनि गलत सोच जादैन होला भन्ने थियो तर व्यक्तिमा निर्भर रहन्छन् विश्वासहरु ।
नेपालमा प्रजातन्त्र ल्याउन ७ सालमा मात्र शुभ थिएन ८/१० सालसम्म पर्खेर आपसी सल्लाहपछि विस्तारै व्यवस्था बदले पनि हुने थियो तर भएन । त्यस्तै २०४६ सालमा पनि भयो सोझै राजा सित सल्लाह गरे हुने थियो नभएपछि भारतीय नेताहरुलाई गुहार्नु अर्कै कुरा हो, तर विचारै नगरी नेपालका राजनीतिक जुलुसमा भारतीय नेतालाई अवैध रुपले गुहारे पनि राजा विरेन्द्रले आपसमा नै मिलौं भनेपछि मिले तै पनि निर्देशन एक पक्षलाई उतैको हुँदा सुद्ध रहेन । मुखले नेताहरु एक कुरा गर्छन मनले अर्कै तसर्थ अझै पनि नेताहरुको बोलीको विश्वास जनतामा छैन । पार्टी सित सोझै संलग्न भएकाहरु अरु पार्टी नेताको विश्वास गर्न असमर्थ छन् ।
माओवादीको उदय र अस्त पनि सिमापारीबाट नै भएको छ भने यसरी कसरी एक अर्कोबाट नेपाली नेताहरु अलग रहन सक्दछन ? जव घर एकजुट हुदैन तबसम्म हाम्रो भाग्य परतन्त्रमा निर्भर हुनेछ । उखान छ “भाई फुटे गवार लुटे” बस त्यही हो जनताको अन्यौलता पनि ।







