दुष्ट प्रवृत्तिका छिमेकी र आफन्त

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
संसार परिवर्तनशील छ, एक सय वर्ष पुर्व र आजको समाजले के कति फरक देखाएको छ भन्ने तर्फ जाँदा एकसय वर्ष अर्थात राणा कालको पुर्वाद्धमा नेपाल आत्मनिर्भर थियो । एक ठाउँमा एक थोक र अर्को ठाउँमा अर्का थोकको उत्पादन हुने गर्दथ्यो । मैले यो सताब्दीको पुर्वाद्धमा नै प्रवेश गरेका भए पनि त्यो भन्दा एकसय पुर्वको कुरा जव बाजे बुवा भन्नु हुन्थ्यो त्यस बेला आजकै प्रत्यक्ष जस्तो लाग्दथ्यो । हुन पनि भूपरिवेष्ठित राष्ट्र नेपाल भए पनि समुद्र सितको पहुँचको बारेमा केही पिडा भए जस्तो लागेन नेपाल संसारबाट अलग्गै थियो ।
हाम्रा पुर्खाहरु विस्तार गर्दै थिए, वडामहाराजाधिराज पृथ्वीनारायण शाहको उदयपछि नेपालको पनि उदय भयो त्यो भन्दा पुर्व नेपाल होईन नेपालको नामबाट काठमाडौं पशुपतिनाथ परिचित थिए । पशुपतिनाथ नेपाल र केदारनाथ बद्रीनाथ गठवालमा थिए । पृथ्वीनारायण शाहको एकिकरण अभियानले केदारनाथ तथा बद्रीनाथ पश्चिमको क्षेत्र नदीमा सतलज कागडासम्मको क्षेत्रलाई नेपाल भित्र गाभी २५ वर्षसम्म गोर्खालीहरुले शासन गरेका थिए भन्ने कुरा कुमाउको इतिहास लेख बद्रीदत्त पाण्डेय प्रेमकुटी अल्मोडा निवासीले इ.स.२६–११–१९९७ मा प्रकाशित गरेका छन् । सर्वप्रथम कुमाउमा वैदेशिक पौराणिककाल थियो । पछि कत्युरी शासनको समाप्ती गोरखालीहरुले गरे अर्थात नेपालीहरुको राज्य शासन रह्यो भन्ने कुराको पुष्टी इतिहास कुर्माचल पाचवाभाग गोरखा शासनकाल सन १७९० देखि १८१५ देखि लगातार थियो भनि उल्लेख गरेका छन् ।
आफ्नै देशका दुष्ट आफन्तले गर्दा नालापानीको किल्लामा जाने पानीको मुहान अंग्रेजलाई सिकाएकै कारण पानी मुहान अंग्रेजहरुले बन्द गरिदिदा र भिमसेन थापाको हटका कारण सुगौली सन्धीद्वारा १८१६ मा त्यो क्षेत्र गुमाउनु पर्यो । दुष्ट आफन्तहरु अंग्रेज सित मिली आफ्नै देशको गोप्य कुराहरु दिई अंग्रेजलाई हात पार्ने कुचेष्टा गरे । आफन्तको बधदनियतले देशले नै धोका पाउँदो रहेछ जुन काल भएपनि भृकुटी नेपालमा जन्मिन र नेपालको हितमा गरेका योगदान आज सम्म अमर छन भोट चीन सितको असल सम्बन्ध कायम राखेका उनले नै हुन जो आजसम्म अमर छन् । घर तर्फ हेर्दा श्रीलंकामा महान वैज्ञानिक रावणको राज्य थियो । वर्तमानका सद्दाम हुसेन जस्तै भए पनि रावणका भाई विभेषण रामका भक्त भएकोमा राम पक्षका हामीलाई खुसी लाग्नु अलग कुरा हो तर विभेषण रामका त भाई थिए रावणको गोपनियता नखोलिदिएको भए रावण बाच्न सक्थे र राक्षस कुल विश्वका राम्रो पनि हुन सक्थ्यो । आज पनि देवगण, राक्षस गण र मनुष्य गणको उपस्थिति प्रणाली जगतमा मौजुद छ । विभेषणलाई परिवार भन्दा प्यारो अरु भए हाम्रा पनि राम प्यारा छन ।
पौराणिक कालदेखि श्रीरामकै गुणगान गाई यो लोक र परलोकमा श्रीरामकै पौराणिक भरोसा आशामा छौं । आजको विश्व पनि यस्तै छ राजा विरेन्द्र अर्थात राजसंस्था हाम्रो हो राजा एक्लैले आजसम्म शासन गरेको इतिहास छैन बरु इतिहास त त्यो छ राजाहरुलाई बन्धनमा राखी अरुले शासन गरेका प्रमाण छन । हालसालैको कुरा गरौं राजा महेन्द्र राजा थिए प्रधानमन्त्री मातृका, वि.पी. कोइराला त्यस्तै राजा विरेन्द्रको कुरा गर्दा उनी राजा मात्र थिए प्रधानमन्त्री र मन्त्री जसले वर्तमान राज्यको शासन चलाउँछ उनीहरु अरु नै थिए । कृतिनिधि विष्ट, सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, मरिचमान सिंह श्रेष्ठ मूल प्रशासक थिए राजाको हातमा केवल अपजस र जस पाउने काम थियो, कर्ताहरु अरु नै थिए । अरुहरु पनि जनताबाट निर्वाचित नै थिए आफूखुसी कसैलाई पनि प्रधानमन्त्री बनाउन सक्ने ठाउँ थिएन ।
राष्ट्रिय सभाहरुबाट गएको सिफारिसको आधारमा केवल संवैधानिक नियुक्ति दिने काम गर्थे । गिरिजा प्रसाद कोइराला, माधव नेपाल, झलनाथ खनाल, शेर बहादुर देउवा, प्रधानमन्त्री भए । राजाले देशमा गर्नुपर्ने राम्रो काम नगर भनेर कसै प्रधानमन्त्रीलाई पनि भनेन । अन्तमा ४००० सैनिकको घेरामा रहेर पनि प्रधान सेनापतिले राजा विरेन्द्रको रक्षा गर्न
सकेन । कारण थियो दरबार भित्र विभेषण पसी सकेको थियो । माओवादीको नामबाट १० वर्षे अचम्म तरिकाले मारिए राजा विरेन्द्रको पुरै वंश नाश हुने गरी हत्या भयो । त्यस्तै मदन भण्डारीको अपत्यारिलो हत्या भयो । अन्तै मारेर नदीमा फाल्न मात्र ल्याएको हुन भनिएको छ । फेरी मदन भण्डारीको ड्राइभरको पनि हत्या भयो । नेपाली नेपालीकै लागी दिल्ली दरबारमा पुग्नु देशको गृह युद्धमा मिल्न खोज्नु अन्तमा नेपालमा न मिली दिल्लीमा मिल्ने निहँुमा एक पक्षले मात्र मिल्नु परस्पर विपक्षी स्वयमले नेपालको विपक्षी सरकारसँग नमिलि परस्पर मात्र मिल्नु एकताको भारतको संरक्षकत्वमा नेपालको लागी १२ बुँदे गैर अप्राकृतिक सम्झौता गर्नु । ४÷६ जना दलका नेताहरुको मात्र सहमति हुनु, व्यवस्था, राजसंस्था हटाउने कि नहटाउने भनि जनमत संग्रह गर्नुपर्नेमा अन्यथा गर्नु आफन्तकै बदनियत हो । जसलाई राजाले विश्वास गर्यो उसैबाट धोका पायो ।
यस्तै हो दुष्ट आफन्तका कर्तुतहरु आफन्तले आफन्तको इन्साफ गर्न सक्दैन किन कि अपमान गर्ने आफ्नो सिर उच्च राख्न खोज्दछ । यदि छिमेकीमा दुष्ट भावना नभएको भए नेपालका पक्ष विपक्ष दुवैलाई समेटी नेपालको बारेमा त्रिपक्षिय सहयोगी निष्पक्ष समझदारी गराई दिनुपर्ने थियो । भाई रुपी जनताका नेता फोट अनि मात्र जनता लुटिए जनता मारिए यी आफन्त सत्रु नै रहेछन् परस्पर लड्ने बाहिर नसक्ने । त्यस्तै आफ्ना छिमेकीहरुको पनि रहेछ । छिमेकी बाहिरको लागी राम्रो तर छिमेकको लागी पनि हित गर्छु भन्नेहरु आज दुष्ट प्रवृत्तिका नै देखिन्छन् । दुष्ट भावना बोकेका आफन्त भाई भारदारहरु तथा सहयोगी भनिने दुष्ट गुप्तचर छिमेकीबाट बच्न धेरै अप्ठ्यारो हुदो रहेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *