नापी विभागको ध्यान जावस

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मधेश पहाडमा २०२४ सालदेखि भएको कित्ता नापीमा फरक फरक अमिनै पिच्छे देखाएको कारणबाट आज गाउँमा कलह झगडा मुद्दा चली रहेको कुरा थाहा नै होला । तराईतर्फ जनिमको विवादमा मारपीट हुँदा ज्यान पनि गएका छन् । भोग यौटाको छ जग्गाधनि प्रमाण पुर्जा अर्काको नाममा देखिन्छ यसमा बदनियत नभई प्राविधिक त्रुटी हो भने त्यस्तो जग्गाको हकमा प्रष्ट हुने गरी कानून निर्माण गर्नु पर्यो । २०२८ साल देखि दर्ता यौटाको छ भने सो मध्ये केही जग्गाको भोग सुरु देखि अर्काको पाईन्छ । त्यस्ता जग्गाको लागी आज गाउँहरुमा कलह मात्र बढेकोले गाउँघर र देशमा नै वैमनस्यता उब्जेको छ । नेपाल भारतको सिमानाको दुई देश बीचको सिमा निरिक्षण दुवै देशका संयुक्त टोलीबाट भई रहन्छ । २०४३/४४ सालतर्फ कञ्चनपुर जिल्लामा पनि भएको थियो । त्यसपछि नेपालीहरु बसेको जग्गा कसरी भारततर्फ गयो ? तराई क्षेत्र, बाँके, बर्दिया, कैलाली र बढी गरेर कञ्चनपुरमा ३०/४० वर्षसम्म अर्थात जग्गा आवाद गरेपछि नेपाली भएको दिनदेखि हालसम्म जुन मानिसको भोग चलन छ त्यसको लालपुर्जा अर्कैको नाममा भएका घटनाहरु छन । त्यस बारेमा फिल्ड निरीक्षण गर्न लगाई जग्गा आवाद गर्दा खेरी कमाएको हालसम्म यथावत रहे जति जग्गाको बारेमा नियम कानून बन्नु पर्ने सबैको धारणा रहेकोले यस बारेमा पनि सरकारको ध्यान जावस ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *