बेजोड राजा ज्ञानेन्द्र








बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
हरेक व्यक्तिको मस्तिष्कले अनेकौ व्यक्तिको अनुभव गर्छ तर आफ्नो अनुभव आफै गर्न सक्दैन तसर्थ अर्काको दोष सजिलै देख्छ आफ्नो दोष देख्न ठूलो मेहनत गर्नु पर्दछ । त्यसबाट मैले पनि अलग रहन सकेको छैन । तर म आफूलाई केही भिन्नता भने अवश्य देख्छु मानिस आफ्नो होस या पराय आफ्नो दिमागले देखेका र ठानेका गुण दोष सार्वजनिक रुपमा भन्ने मन अवश्य लागी हाल्छ ।
जस्तो कि म राजा ज्ञानेन्द्रको तुलना कसैसित गर्न सकिदैन किनकी उनी अतुलनीय रहेको मेरो नजरले देख्छ देखि रहेको छ । विश्वमा राजाहरु मारिएका छन्, काटिएका छन, तर सत्ता नछोडेका उ दाहरणहरु विश्वभरी छन तर नेपालको कुरा गर्दा नेपाली जनताले जे भन्यो जे माग्यो त्यो राजाले छोड्दै र दिदै गएको इतिहास नेपालमा छ । जे माग्यो त्यो दिई हाल्छन तसर्थ हत्या गरी दिएपछि कसरी देलान भन्ने बदनयितपुर्वक राजा विरेन्द्रको वंश नास हुने गरी हत्यो भयो । राजा ज्ञानेन्द्रलाई जिउँदे मार्ने प्रयास षडयन्त्र नेपाली नेताहरुबाट भयो ।
राजा महेन्द्रका छोरा ज्ञानेन्द आफ्ना पिता भन्दा पुर्व राजा भए ५ वर्ष भित्रको राजाको छोरा राजा हुनु पनि अचम्बित नै हो । २००७ सालको नेपाल भारतको मैत्री सन्धीको नाममा देशले स्वाभिमान गुमायो प्रधानमन्त्री राणा, राजा त्रिभुवनलाई झुक्याएर नयाँ दिल्ली लगी मनपरी सन्धी नेहरुले गरे जो आज सम्म असमान सन्धीको नामबाट चिनिने गरेको छ । त्यो समयमा राणा प्रधानमन्त्री र राजा त्रिभुवन दिल्ली दरबारमा थिए । नाबालक राजा ज्ञानेन्द्रले राज पोशाक मात्र लगाए आफू राजा नवनी श्री ५ महेन्द्रकै छोरा ज्ञानेन्द्रलाई राजा बनाई देशको शासन भार भने राणा जीहरुले नै सम्हालेका थिए । इमान्दारीता सतधर्म जोगाउनको लागी मात्र राजा बनाएका थिए । राणाजीहरुले राज्य सञ्चालन आफ्नो बुद्धिले भ्याएसम्म गरेका थिए । प्रसँग जहानीय शासनको जहानीय शासन स्थापित गर्दाका मुख्य पाँच कारण थिए भन्न सकिन्छ देशको जनसंख्या थोरै सानो राज्य जोगाउने ग्यारेन्टीको विश्वास नभएर तथा आफ्ना नातागोता बाहेक अरुको हातमा गएपछि आफ्नो जस्तो शासन अरुले नगर्न सक्छन र थोरै समयमा सत्ता च्यूत हुने बढी आसंका रहेको तथा आफन्तप्रति भरोसा भएकोले हरेक स्टेफमा आफ्ना मात्र नियुक्ति गर्दै जाँदा जनता रिसाएका थिए । राणा सरकारका उच्च पदस्थ व्यक्तित्वले शाह वंशजलाई हटाई आफू राजा बन्ने रुपमा देखेन बरु शाह राजाहरुलाई विश्वासमा लिए अन्तसम्म पनि नाबालक राजा ज्ञानेन्द्रको पक्षमा नै रहेका थिए ।
हामी राजा नल, जसले मसानघाटमा पनि नोकरी गर्नु पर्यो, राजाहरुमा श्री रामचन्द्रले समेत १२ वर्ष वनबासमा रहनु पर्यो यस्ता राज्य अपहरण भै तथा मान्यजनको आज्ञाले बनवास गएका र राज्य त्यागेका राजाहरुको संख्या औलाले गन्न सकिन्छ त्यो पनि अर्कै युगका राजाहरुलाई समेटदा मात्र तर यो युगमा त्यस्ता राजाहरु छैनन् । बरु गिलोटिनद्वारा काटिएर मारिएका राजाहरुको इतिहास छ र पुनः मार्नेद्वारा उनकै सन्ततीलाई राजा बनाएको बृत्तान्तहरु छन तर विश्वमा राजा ज्ञानेन्द्रझै जनताका इच्छा अनुसार जनताको नासो जनतालाई बुझाई जनताको सम्पत्ति नासो सुरक्षित राख्न नेताहरुलाई बुझाई राज्य परित्याग गरेका विश्वमा एक मात्र बेजोड राजा ज्ञानेन्द्र मात्र रहेकाले उहाँको महानताको कदर गर्नै पर्दछ । तपाई हाम्रो अस्थायी नोकरी खोसिदा अथवा एक पटक चुनावमा विजयी भई अर्को पटक हार भएर सांसद वा न.पा.का पदहरुबाट अलग हुँदा कति दुःख र पिडा हुन्छ भने १२ पुस्तासम्म आफ्नै पुर्खाले नेतृत्व गरेको वीर गोरखाली सैनिकहरुको सहयोगमा आर्जेको मुलुकको राजसंस्था हटाउँदा र आफुले पनि राज्य त्याग गरी विना रोकटोक, विरोध नै नगरी राज्यको प्रमुख राष्ट्राध्यक्षबाट हट्दा कस्तो भयो होला ? यति दुःख कष्ट सहेर पनि जुन ठाउँमा राजा महेन्द्र २०१४ सालको पैदल भ्रमण गरेका थिए ती स्थान भन्दा बढी भ्रमण गरी जनताको सहानुभुति बटुलेका छन् ।







