देश र जनताको हालत ? नेपाल–नयाँ नेपाल :

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–कृष्ण बहादुर चन्द
समाजसेवी, पुर्व कृषि अधिकृत
पाटन न.पा. ६ पाटन, बैतडी
नयाँ नेपाल निर्माणको कुरा गर्दा हामीमा एक भन्दा अर्को क्रान्तिकारी र अग्रगामी प्रमाणित गर्ने एक किसिमको छ, तर नया नेपालका अथ नाति र सरचना बार खास चिन्तन दाखदन । आफबाहेक अरु ई अग्रगामी नदेख्ने एकलवाद संस्कार र पद्धति बसाल्ने आर्थिक प्रश्नहरुमा सैद्धान्तिक भमण्डलीकरण बीचको विरोधमा सम्पुर्ण परिवेशमा समाजवाद पुरै अन्यौलमा परेको छ । नेपालमा अहिले न समाजवाद छ, नत लोकतन्त्रवाद । नेपालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आलोपालो गरेर राज्य सञ्चालन र आर्थिकको क्षेत्रमा अहिले लुटतन्त्रबाद, आफन्तबाद, धनबाद, डनबाद, अलमलबाद, अन्यौलवाद, भ्रष्टताबाद, भताभङ्गवाद र सामन्तवाद मात्र हावी र उन्मुख भएको अवस्था छ । समाजवाद र उदारवाद एक अकाका पुरक हुन् ।
आर्थिक र सामाजिक रुपान्तरणको प्रश्न राजनीतिक शक्ति सन्तुलनसँग गासिएको हुन्छ । नेपालको अवस्था वर्तमानमा राजनैतिक परिवर्तन भएको देखिए पनि यसले खास आर्थिक र सामाजिक रुपान्तरण गर्न सकेको छैन । यसो हुनुको प्रमुख कारण भनेको मौलिकता अनुरुप परिवर्तन भएको होइन । सामाजिक शक्ति सन्तुलन देशको विविधता अझै प्रतिविम्बित गर्न सकेको छैन । यस कममा २०६३ को ठूलो परिवर्तनको घोषणा गरियो तर उन्नत प्रजातान्त्रिकको नाममा एकलवाद, सामन्तवादको संरचना तिर अगाडि बढ्न गएको अवस्था देखिन्छ, प्रजातान्त्रिक मुल्य मान्यताको संस्थाकरण प्रजातान्त्रिक विधि अनुरुप सुधार गर्दै जानु पर्दछ, तर लोकतन्त्रको दुहाइलाई बढाइ घडाइ गरी नयाँ नेपाल बनाउने नेपाललाई स्वीजरल्याण्ड बनाइ दिने, नेपालमा अबको लोकतन्त्रमा कुनै नेपालीले गरीब हुन नपाउने सबै समस्या हल भै जाने नयाँ नेपालको नारा दिने काम जोडतोडले गरियो तर आज राजनीतिलाई पैसा बटुल्ने र कानुन मिच्ने पक्षको रुपमा प्रयोग गर्न सवैभन्दा सजिलो देखिएको र प्राथमिकतामा राखिएको, गरिएको काम प्रष्ट छ । महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख भए अनुसार जंगली गिठा खाएर रुखा (सुख्खा छाक टार्न तथा दैवीय प्रकोपबाट समेत पिडित गरीव तिनका श्रीमति, वृद्ध, बुबाआमा, छोरा–छोरी प्रत्येकका नाममा ४७६२४ रुपिया राष्ट्रिय ऋण छ ।
पृथ्वीनारायण शाहले एउटा शक्तिशाली राज्यको रुपमा नयाँ नेपाल बनाएर प्रजातन्त्रको अनुभुति पृथ्वीनारायण शाहबाट भएको हो ।आज नेपालमा ठुलो मात्रामा भ्रष्टाचार, अनियमितता गरी अकुत सम्पति आर्जन गर्नेहरुवाट बर्सेनी २ खर्ब भन्दा बढ़ी धनराशी विदेशी मुलुकमा जम्मा गर्ने गरेको तथ्याङ्क प्रकाशनमा आएको छ । भ्रष्टाचारले गदा नागरिकको मौलिक हक, मानवअधिकार, मताधिकारको अत्याधिक हनन भै रहेको छ । यसका साथै देशको राष्ट्रियता कला धर्म संस्कृति साहित्य र धर्ममा समेत आघात पुगि सकेको स्थिति छ । १२ बंदे दिल्ली समझौता फलस्वरुप २०७२को संविधान बन्नुको परिणामबाटै देश र जनताका लागि हितकर नभएको अवस्था छ । तत्कालिन सरकारबाट गरिवि निवारणका लागि विशेश्वर, गणेशमान शान्ती अभियान र जागृती नामक विशेष कार्यक्रमका लागि ४४ करोडका साथै प्रत्येक मन्त्रालयबाट १५–५० करोड सम्म खर्च गर्न सकिने निर्णय गरिएको थियो । तर गरिबी बढ्दै गएको, जनताको जीवनोत्तर झन–झन खस्कदै गएको अवस्था छ । गरीव निमुखा, मजुरी गरी पेट पाल्ने गरीब जनतालाई नत प्रधानमन्त्री रोजगार कार्यक्रमले छोयो, नता गरीबि निवारण सम्बन्धी कार्यक्रमहरुले यति सम्म नागरिकको स्वास्थ्य,गास बासको रक्षा र व्यवस्था गरीने कुरा संविधानमा मौलिक हकको व्यवस्था छ तर कोरोना भाइरस माहामारीसँगको विषय परिस्थितिमा राहत समेत उचित रुपमा पाउन सकेन जुन सत्य र तथ्य कुरा आमजनता सबैमा अवगत भएको अवस्था छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार विगत २०६२/०६३ यताका
सरकारहरुले वार्षिक ५/७ अर्व सम्म चियापानमा खर्च गरेको दखिन्छ । नेपालमा ३ दशक अगाडी चामल लगायत खाद्यान्न भारत, बांगलादेशमा निर्यात गरिन्थ्यो तर आज ७५ अब सम्मको चामल मात्रै भारतबाट आयात गरिन्छ । यसै गरि दलहन जात, तरकारी फलफुल कृषि उपभोग्य छिमेकी देश तथा तेश्रो मलकबाट अबौको अंकमा आयात गरिन्छ । कोरोनाभाइरस माहामारी विषय परिस्थितिमा वाहिरवाट ४ महिनाको अवधिमा ४ करोडको तरकारी, १३लाख भन्दा बढीको दुध भारतबाट नेपालमा आएको छ भने नेपाल भित्र किसानले उत्पादन गरेका तरकारी सइने खाडलमा पर्ने डोजर लगाएर नष्ट गर्ने अवस्था सृजना हुनु कृषकले आँशु झरेको वर्तमान अवस्था छ ।
अ.ब. २०७६/०७७ अन्तर्गत कृषिमा विकाशका लागि ३४ अर्ब ५० करोड विनियोजित गरिएको, अर्थमन्त्रिको भनाई अनुसार जनता किसानका लागि उपयुक्त आवश्यक बजेट रकम स्थानीय तह न.पा.रगा.पा.मा उपलब्ध गराउने काम भै सकेको र स्थानीय प्रतिनिधि मुलुक संस्थाका जनप्रतिनिधिवाट सोही अनुसार किसान जनतालाई लाभ हुने गरी सञ्चालन र सम्पन्न गर्नु पर्दछ तर अनुत्पादक क्षेत्रमा मात्र केन्द्रिय भएका कृषि विकाशवाट जनता प्रत्यक्ष छिटो तीव्र रुपमा उनको जीवन सतर उकास्ने गरी तदारुकताका साथ किसानको जीवन स्तरमा विकाश गर्ने भनिए तापनि त्यस्तो नभएको र आशा लाग्दो प्रभाव नभएको अवस्था छ अनियमितता र भ्रष्टिकरण गरिएको स्थिति छ ।
ऋषि धमलासंग २०७१ साल श्रावण १ गते सरकारका जिम्मेवार प्रतिनिधिले २०७५ साल भित्र नेपालमा खाद्यान्न, मासु, दुग्ध जन्य पदार्थ बाहिरबाट आयात नगर्ने र नेपाल सक्षम भै सक्ने र सिचाई समस्या ९५१ हल भै सक्ने प्रतिज्ञा गर्नु भएको थियो mअअ एमसीसीमा अमेरिकाले आफ्नो कुरा प्रष्ट उल्लेख गरेको छ । अमेरिकाले आफ्नो इच्छा मुताविक योजना संचालन गर्ने र नेपालमा आफ्नो कोर्स स्थापना गर्ने वर्तमानमा देशको अवस्था बितष्णको राजनीति बढेको छ । विकति नेपालको राजनीति छ । लोकतन्त्रको आडमा पार्टी भित्रको सामन्तवादी र भष्टचारको संस्कारलाई प्राथमिकताको प्रवतिबाट प्रजातन्त्रका आधारभूत मूल्य र मान्यतालाई आत्मसाथ गर्न नसक्दा प्रजातन्त्र शब्दकै परिभाषालाई अलग तरिकाले बुझन थालेको परिस्थिथिमा देशले गति लिन नसकेको यथार्थता हो । बालबादी प्रजातन्त्रमा ’शक्ति पृथकीकरणको सिद्धान्त राज्य सञ्चालनको मुल आधार हुन्छ । तर आज मुल स्तम्भहरु राज्य र सरकार दुवै पार्टीको अस्तित्वसँग निर्देशित भएकाले एकतावादी प्रजातन्त्रको रुप लिएको अवस्था छ । राज्य संचालनको नेतृत्व बदलिन सक्छ । पार्टीको अस्तित्वसंग जोडीदैन भने बहुलवादी प्रजातन्त्र भनिन्छ । राष्ट्रियता शब्दको अपव्याख्या राष्ट्रियता शब्दको अपव्याख्या भएको छ । आफु सत्तामा हुँदा जे गरे पनि या जे भए पनि त्यो राष्ट्रियताको पक्षमा देखियो, तर सत्ताबाट निस्किने बित्तिकै आफैले गरेका निर्णय बारे प्रश्न उठाउने संस्कार भएको वर्तमान अवस्थामा राष्ट्रियता प्रवृति देखा परेको छ, यो नै निरंकुशता र सामन्त विचारको उपज हो ।
योजनाको हकमा (उपल्लो कर्णाली योजना“ राज्य दोहन र भ्रष्टाचार स्व. गिरिजाप्रसाद कोइराला र माओवादी दल सत्तामा हुँदालाई सेन्स दिएको हो पछि, सत्ता वाहिर हुँदा अर्काले विरोध गरेको । लोकतन्त्र भन्नु भनेको प्रजातन्त्र नै हो,विकल्प पनि प्रजातन्त्र नै हो । विदेशीले नेपालका दल, नागरिक अगुवा र सञ्चार माध्यमलाई गुप्ररुपमा आर्थिक सहायता गरेर राष्ट्र र समाजलाई कमजोर बनाएको कुरा सञ्चार माध्यमहरुमा पटक(पटक आएको पत्रकारका नाममा बिल्ला लगाएर अनियमितता, भ्रष्टाचार गर्नमा मिलोमतो गर्ने पत्रकार जगतको गैर जिम्मेवारी पुर्ण कार्य भै रहेको छ । विदेशी शक्तिले ल्याएको प्रस्ताव संविधानमा घुसाईएको संविधानको कमजोरबाट जनतामा प्रतिकुलता र बितृष्णा उत्पन्न भएको छ । देशका युवा शक्ति र आमजनता मिलेर राष्ट्रलाई पतनबाट रोक्न साहस र इमानका साथ अग्रसर हुनै पर्छ । दश वर्षको जनयुद्धका नामले नेपालमा अस्थिरता राष्ट्र र जनताको क्षति जसमा प्रमुख उपलब्धी भनिएको गणतन्त्र धर्मनिर्पेक्षता र संघीयता लाघने काम भएको बाहय शक्ति केन्द्रलाई स्थान दिएको जुन परिणामले देखाएको अवस्था छ । नेपालमा ३ किसिमले संघीयता लागु गर्ने गरेको देखिन्छ, बाहय देशको सहयोग, समर्थनर चाहनाबाट १अमेरिका–नेपालमा जातिय राज्य बनाउने र आफ्नो बर्चस्व कायम गर्ने । २. युरोपियन युनियन–विखण्डन र धार्मिक द्धन्द । ३.भारत–हिमाल र पहाडबाट तराई मधेसलाई अलग गर्ने । भारतीयलाई नेपालको नागरिक बनाएर मत भार बढाउने । इन्दिरा डस्ट्रीन सफल पार्ने ।
नेपाल निर्माता पृथ्वीनारायण शाह र राजाका सालिक भत्काउने र कुकृत्व कामका नामले राष्ट्रवादी नारा दिएर देश र जनतामा नेपाली पहिचान मिटाउने परधर्म संस्कारलाई प्रशय दिने कामले राष्ट्रबाद आज अपभस भएको अवस्था छ । नेपालीले अब ठाडो शिर गरेर राष्ट्र र राष्ट्रियता सिंगो देश निर्माणको दिशामा मनमुग्ध भएर लाग्नु पर्दछ । देश र जनताको लागि अहित गर्ने राज्य संचालनकर्ता नेता र आज देशमा रहेको भ्रष्टिकरण अन्याय अत्याचार दुराचारको अन्त गर्दै देश बनाऔं देश बचाऔं भन्ने अभियानका साथ अगाडि बढ्नु पर्ने अवस्था आइसकेको हुँदा जनताले राष्ट्रको सम्पति हत्याउने, राज्य दोहन गर्ने समाजमा अनियमितता भ्रष्टाचार र भ्रष्टाचारी, देशघाती राज्य सञ्चालन विरुद्ध लड्नु पर्ने बेला आइसकेको छ । देशको जनशक्ति पौरखी हातहरुलाई निर्लज्जताका साथ योजन नीति नियम बनाएर बाहिरी मुलुकमा पठाउने गैर नागरिकलाई धमाधम नागरिकता दिने व्यवस्था गरी राष्ट्र र राष्ट्रियतालाई कमजोर गर्ने आफ्नो सत्ता टिकाउने गरीव निमुखा जनतालाई करको भार थप्दै जाने कमजोर गरेर सत्तामा बसेर अकुत सम्पति आर्जन, दोहन गरी राख्ने चुनावमा मनपरी अन्धाधुन्द, धनखर्च गरेर चुनाव जित्ने र देशमा कुशासन कायम गर्ने र फोहरी राजनीति गरी भ्रष्टाचार अनियमिततालाई बढावा दिएर परनिर्भरतामा मुलुकलाई बर्वाद गरेको यथार्थ घाम जस्तै छर्लङ्ग देखिएको छ, यसमा आमुल परिवर्तन नगरेमा देश जनता तथा युवाजन शक्तिको कल्याण असम्भव छ । युवा जनशक्तिले सच्चा भावना र अर्थपूर्ण रुपबाट अग्रसर हुन
जरुरी छ । शक्तिशाली ठुला राष्ट्रसँग सिमा जोडिएको नेपाल एक प्रकारले तिनि भन्दा भुगोलमा साना राष्ट्र विदेशीको क्रीडास्थल हुँदै जाने समभावना हेर्दा ३ बंदमा ध्यान दिन पर्दछ । पहिलो दवै ठला छिमेकी देश भारत र चीन एकअर्कालाई दीर्घकालीन रुपमा प्रतिद्धन्दि महसुस गर्छन । दोश्रो निश्तेजको राजनीति एतिहासिक एकतालाई खण्डित गर्ने काम र विदेशी शक्तिमा निर्भर राजनीति । तेश्रो देश नित्रको सरकार र प्रशासन कमजोर, मानहीन, निस्कृिय तथा कानुनी राज्य र शुसासनको न्युनतम सर्तलाई लागु गर्न पनि असमर्थ छ । भने त्य बखत राज्य कमजोर र अन्ततोगत्वा असफल राष्ट्रमा रुपान्तरित हुने सम्भावना प्रबल भएर जानु स्वाभाविक हुन आउँछ । तीनवटै मापदण्डलाई विचार गर्ने हो भने अहिलेको लोकतन्त्रमा राजसंस्थालाई परम्परावादी शक्ति भनिन्छ तर त्यो सत्य होइन, गहिरिएर यथार्थमा विश्लेषण गर्ने हो । पृथ्वीनारायण शाहले नेपाल निर्माण नगरी दिएको भए आज त्यस्तो भन्नेहरुको कुनै पहिचान र नामोनिसान हुन्थ्यो त, त्यस्तै आजको वर्तमान अवस्थामा आइपुग्दा देश निर्माण जति भएको छ । ३ दशक बित्दा सम्म खबौं खर्च धनराशी राज्य सञ्चालन कर्ताहरुबाट जनता र राज्य माथि दोहन भै राखेको निवांदरुपबाट निर्भरताका साथ अनियमितता, भ्रष्टाचारलाई पुरनिर्भरता, पराकष्ट छ, यथार्थतालाई ढाकछोप गर्न मिल्दैन । आज सबै राष्ट्रवादी नेपालीले गहिरिएर सोच्ने बेला आएको छ । राष्ट्रियता बलियो पानं हिमाल, पहाड, तराई, मधेस सबै क्षेत्रबीच नयाँ आर्थिक सम्बन्ध विकाश गराउनुपर्दछ भने नेपाली जनतालाई दुई छाक खानका लागि देश छोडेर लाखौको संख्यामा विदेशमा अपहेलित भएर काम गर्न परिस्थितिको अनत्य हन पर्दछ । राष्ट्रियता जनजीवनसंग सम्बन्धित अनभूति हो । यस अर्थमा राष्ट्रभित्र कषि तथा उद्यमी वर्गको उत्थान, जमीनमा श्रम र स्वामित्व र लाभको शृखला संस्थाकरण, नेपाल र नेपालीको संरक्षण मित्रराष्ट्रसंग व्यापारिक तथा प्राकृतिक श्रोतृका सम्बन्धकमा नेपाली हितको प्राथमिकता तथा पुंजी निर्माण र विस्तारलाई सामाजिक न्याय र समावेशी उदारवादको दर्शनमा अडेर प्रोत्साहन गर्ने नीतिहरु राष्ट्रबादका अभिन्न अंग हुन । सत्ता र पैसाको लोभमा तथा निरंकुश महत्वाकांक्षीबाट नेपालको नेतृत्व गर्ने हो भने नेपाली राष्ट्रियताको निर्माणमा घात गरेको ठहरिन्छ । नेपालको समस्या हामी आफै समाधान गर्न सक्षम छौ भनी नेप प्रमाणित गर्नु हो । नेपालको भाग्य निर्धारण नेपाली स्वयंमले गर्न सक्ने क्षमताका साथ सन्देश दिन सक्नु पर्छ । विदेशी दर्शन नगरी केही गर्न सकिदैन भन्ने मनस्थितिले हामी कसैको अघोसित दास बन्नु पर्ने अवस्था निमत्याउनु हुदैन । यसबारेमा चनाखो र बिबेकी हुनुपर्दछ, जसले स्वाभीमानी नेपाल राष्ट्रको निर्माण सहजै गर्न सकिन्छ, राष्ट्रियता, नैतिकता, इमानदारिता र कर्तव्य परायणता विर्सन हुदैन ।
नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता आँच आउने विषयमा कुनै कसै संग, कुनै पनि तहमा र पक्षमा सहमति कमप्रोमाइज गर्नु हुदैन, यदि कुनै पनि क्षेत्रिय, जातिय, लैङगिक जस्ता सेन्टिमेन्टको स्थितिलाई प्राथमिकता नदिएर सिंगो भु–खण्ड राष्ट्रको पहिचान बन्नु पर्दछ । तदनुरुप समावेसिता भनेको सिंगो जनताको सर्वोच्चताम अड्नु पर्छ भन्ने मान्यता कायम राख्नु पर्छ । राष्ट्रिय स्वतन्त्रमा र सार्वभौमिकताको रक्षा गर्ने शक्ति सामान्य जनता र नेता हुन । नेता निहित स्वार्थ कुरामा विदेशीको इसार खोज्दा जनताको मनोवृति र आत्मसम्मानमा नचाहिदो निर्मम प्रहार हुन्छ । विस्तारै विदेशीका निर्देशन बिना हामी चल्ने नसक्ने मनस्थिति बन्दै गयो भने भोली स्वतन्त्रता र स्वाभिमानमा गम्भिर प्रहार हुँदा समेत त्यस प्रति आकोस र प्रतिबाद गर्ने शक्ति कमजोर भएर जान्छ, फलतः देश उसको घोषित अघोषित नियन्त्रणमा पुग्छ । वर्तमानमा हाम्रा नेताको व्यवहारले हामी त्यतै तिर अगाडि बढिरहेको देखा पर्छ । आफ्नो स्वार्थ विदेशीको आशिर्वादमा सम्भव छैन भन्ने मानसिकताले हार्मा स्वतन्त्र चिन्तन र स्वाभिमान रित्तिएको भौतिक शरिरका रुपमा मात्र परिवर्तन हुन लागेको हो कि भन्ने चिन्ता गर्न पर्ने स्थिति उत्पन्न भएको छ । आज नेपाला सचेत स्वाभिमानी आम नेपाली नागरिकले बुझन र आत्मसम्मानका साथ विमर्ष गर्ने पर्छ शाहवंशीय राजाको नेपाल निर्माण, देशविकाश, राष्ट्र र राष्ट्रियता दचाई राख्नु र जनताको रक्षा गर्नमा पुरयाएको योगदानको वास्ता नै नगरी इतिहासलाई कुल्चेर आज नेपालको राजनितिमा राज्य संचालन गर्नेहरु सत्तापक्ष र प्रमुख विपक्ष भैसी देखि जोगी डरायो, जोगी देखी भैसी डरायो“ । जस्तै दखाउने तर मिलिजुली राज्य दोहन गरी राखेका छन् ।
नेपालमा २०४६ मा प्रजातन्त्र बहाली भएर २०४७ को प्रजातान्त्रिक संविधान बनेपछि २०४८ मा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसले पुर्ण बहुमतको सरकार बनाएको तर ५ वर्षको पुरा अवधि नगर्दै आफ्नै दलका कारण ३ वर्ष मै ढल्न पुगेर मध्यावधी गराएको अवस्था घट्नु राज्य संचालनमा आर्थिक स्वार्थ राज्य दोहन गर्नु, भागवण्डामा दलभित्रको विमेलको प्रमुख कारण नै मान्न सकिन्छ । त्यसै अनुसारको निरन्तरता हुँदै आज यहाँ सम्म आइ पुग्दा झनै विकशित रुप लिएको अवस्था देखिन्छ । आजको राजनितिले आकर्षण दिन सकेको छैन । संघीयता भए देखि भ्रष्टाचारले नीतिगत विकशित रुप लिएको अवस्था छ । नेपालमा हलकण्डै काण्डबाट गुजिरहेको अवस्था छ, भ्रष्टाचार संस्थागत हुँदै गएको छ । ठगी भ्रष्टाचारीको कब्जामा देश गएको अवस्था छ, परिवर्तन भनेको के हो? २०७२ सालमा प्रधानमन्त्रीबाट विदेशी भ्रमणमा छोटो समयमा भएको थियो, जसमा ७
करोड खर्च भएको ब्द्यऋ त्ख् न्युजबाट जानकारी गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतकर्ता केन्द्र समपति सुद्धिकरण, जिल्ला, अञ्चल, क्षत्रिय, केन्द्र सम्म तथा न्याय दिने सर्वोच्च र विशेष अदालत गरी १४ वटा भष्टाचार काण्डे काण्ड भै राखेको देश र जनता भ्रष्टाचारीको चंगुलमा फसेको अवस्था छ, किन रोकथाम, नियन्त्रण, निवारण हुन सकेको छैन? देश भ्रष्टिकरण भै सकेको गतिहीन अवस्थामा छ । लोभ परनिर्भरता बाध्य शक्तिको प्रभाव भष्टाचारले मुलुकमा जनताले दुःख भोग्नु परिरहेको अवस्था छ । आज नेपालको राजनितिमा राज्य सञ्चालन गर्ने सत्ता पक्ष र प्रमुख विपक्ष दलहरुले आफ्ना मातृसंगठनलाई बढी महत्व दिने, सदस्यतामा बढी ध्यानको केन्द्रित गर्ने, जनतामुखी नभएर सरकारमा बस्दै गरेका आ–आफ्ना काम कुरा बारेमा संकट नआओस भन्नका लागि बचाउपक्ष गर्ने गरेको देखिन्छ । साथै आलोपालो गरी सरकार बनाउने भन्ने सोच राखेको विश्वास रहने अभिव्यक्ति दुवै दल कांग्रेस र नेकपाका नेताहरुबाट सुनिन्छ । जातपात र सामाजिक जीवन पद्धति खण्डीकरणको राजनीतिलाई परिवर्तनको आधार बनाए र राजनीतिलाई आफू अनुकुल निहित स्वार्थ प्रतिका लागि राष्ट्र राष्ट्रियताको सहि मर्म र भावना जनतालाई महत्व सांचो अर्थमा नदिएको वस्तु स्थिति परिणामले देखाएको छ । नीतिगत भ्रष्टाचार, अनियमिततालाई प्राथमिकतामा राखेर कोरोनाभाइरस महामारीको विषय परिस्थितिमा नागरिकको ज्यु ज्यान सुरक्षित बचाउन पर्ने विशेष परिस्थितिमा राज्य कोषबाट अधौंको धनराशी खर्च गरेर गरीब, असाहाय, मजदुर जनताका लागि कुहिएको खाद्यान्न म्याद नाघेको सावन लगायत सामग्री त्यो पनि भेदभाव पुर्ण तरिकाले वितरण गरेको क्वारेनटाइन अव्यवस्थित गरीब निमुखा वर्गलाई छोडेर व्यवस्थित परिवार तथा व्यक्तिलाई सरसामाग्री वितरण गरिएको जसमध्ये बैतडी अन्तर्गत पाटन नगरपालिका पनि पर्दछ । संघियताले गर्दा स्थानिय र प्रदेश संख्याले ज्यादै राम्रो काम गरेको छ, स्वार्थी नेताहरुले भन्ने गरेका छन् । आज नेपालको राजनीतिमा राज्य संचालन गर्नेहरु सत्तापक्ष र प्रमुख विपक्ष भैसी देखि जोगी डरायो,जोगी देखि भैसी डरायो’ जस्तै देखाउने तर मिलिजुला राज्य दोहन गरी राखेका छन् ।
नेपालमा २०४६ मा प्रजातन्त्र बहाली भएर २०४७ को प्रजातान्त्रिक संविधान बनेपछि २०४८ मा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसले पुर्ण बहुमतको सरकार बनाएको तर ५ वर्षको अवधि पुरा नगर्दै आफ्नै दलका कारण ३ वर्ष भै ढल्न पुगेर मध्यावधी गराएको अवस्था घट्नु राज्य संचालनमा आर्थिक स्वार्थ राज्य दोहन गर्नु, भागवण्डामा दलभित्रको बिमेलको प्रमुख कारण नै मान्न सकिन्छ । त्यसै अनुसारको निरन्तरता हुँदै आज यहाँ सम्म आई पुग्दा भने विकशित रुप लिएको अवस्था देखिन्छ । आजको राजनितिले आकर्षण दिन सकेको छैन । संघीयता भए देखि भ्रष्टाचारले नीतिगत बिकशित रुप लिएको अवस्था छ । नेपालमा हाल काण्डै काण्ड गुजिरहेको अवस्था छ भ्रष्टाचार संस्थागत हुँदै गएको छ । ठगी भ्रष्टाचारीको कब्जामा देश गएको अवस्था छ, परिवर्तन भनेको के हो १ २०७२ सालमा प्रधानमन्त्रीबाट विदेश भ्रमणमा छोटो समयमा भएको थियो, जसमा ७ करोड खर्च भएको ब्द्यऋत्ख् न्युजबाट जानकारी गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र सम्पति सुद्धीकरण, जिल्ला, अञ्चल, क्षेत्रिय, केन्दसम्म तथा न्याय दिने सर्वोच्च विश्व अदालत गरी १४ बटा भष्टाचार निवारण, नियन्त्रण गर्ने निकायहरु छन तर देशमा भ्रष्टाचार बडा देखी माथिल्लो तहसम्म अनियमितता र भ्रष्टाचार काण्डै–काण्ड भै राखेको देश र जनता भ्रष्टाचारीको चंगुलमा फसेको अवस्था छ , किन रोकथाम, नियन्त्रण, निवारण हुन सकेको छैन ? देश भ्रष्टिकरण भै सकेको गतीहीन अवस्थामा छ । लोभ परनिर्भरता बाध्य शक्तिको प्रभाव, भ्रष्टाचारले गर्दा मुलुकमा जनताले दुःख भोग्नु परेको अवस्था छ । आज नेपालको राजनितिमा राज्य सञ्चालन गर्ने सत्ता पक्ष र प्रमुख विपक्षी दलहरुले आफ्ना मातृसंगठनलाई बढी महत्व दिने सदस्यतामा बढी ध्यान केन्द्रित गर्ने, जनता मुखी भएर सरकारमा बस्दै गरेका आ–आफ्ना कामकुरा बारेमा संकट नआओस भन्नका लीग बचाउ पक्ष गर्ने गरेको देखिन्छ साथै आलोपालो गरी सरकार बनाउने भन्ने सोच राखेका विश्वस्त रहने अभिव्यक्ति दुवै दल कांग्रेस र नेकपाका नेताहरुबाट सुनिन्छ ।
जातपात र सामाजिक जीवन पद्धति खण्डिकरणको राजनितिलाई परिवर्तनको आधार बनाएर राजनितिलाई आफु अनुकुल निहित स्वार्थ पुर्तिका लागि राष्ट्र राष्ट्रियताको सहि मर्म र भावना जनतालाई महत्व सांचो अर्थमा नदिएको वस्तु स्थिति परिणामले देखाएको छ । नीतिगत भ्रष्टाचार, अनियमिततालाई प्राथमिकतामा राखेर कोरोनाभाइरस महामारीको विषय
परिस्थितिमा नागरिकको ज्य ज्यान सुरक्षित बचाउन पर्ने विशेष परिस्थितिमा राज्य कोषबाट अबौको धनराशी खर्च गरेर गरीव, अहसाय, मजदर जनताका लागि कुहिएको खाद्यान्न म्याद नाघेको साबुन लगायता सामग्री त्यो पनि भेदभाव पुर्ण तरिकाले बितरण गरेको क्वारेनटाइन अव्यस्थित, गरीब निमुखा वर्गलाई छोडेर व्यवस्थित परिवार तथा व्यक्तिलाई सरसामग्री वितरण गरिएको जसमध्ये बैतडी अन्तर्गत पाटन नगरपालिका पनि पर्दछ । संघीयताले गर्दा स्थानिय र प्रदेश सरकारले ज्यादै राम्रो काम गरेको छ स्वार्थ नेताहरुले भन्न गरेका छन् । परिवर्तनको नाममा एतिहासिक स्मारक तोडफोड नेपाल निर्माता पृथ्वीनारायणको स्मारकलाई निकृष्टता पुर्वक बेइज्जत प्रकारबाट तोडफोड गरियो आजदेश धर्म निपेक्ष, संघीयता, गणतन्त्रको रुपमा सञ्चालन भै रहेको छ । नेपालको विकाश जनजीविकाको शैलीमा रुपान्तरण झोपडीमा बस्नेलाई श्रमजीवि, आदिवासी सबै भुभागमा बस्ने जनता नागरिकलाई राज्यको मुल प्रभावमा ल्याउने जनताको जीवनशैलीलाई अन्य विकशित मुलुकको स्थानम्सरहमा पूरयाउने भनेका, १० वर्षको शसहस्य जनयुद्धबाट राष्ट्रर जनतामा पुरयाएको क्षति २०६२/०६३ मा भएको आन्दोलनको परिणामले ल्याएको परिवर्तनबाट जातिय राज्य बनाउने, धर्म संस्कृतिम मास्ने देश भष्टिकरण तर्फ उन्मुख गरिएको जनताले शुसासन नपाएको जनताको जीवन झन–झन कष्टकर हुँदै गएको अन्याय दुराचार बढ्दै गएको स्वास्थ्य कर्मि र डाक्टर माथि हमला घरमा ढुगा मुडा गरीन्छ, राष्ट्रिय झण्डा जलाइन्छ राजाको पालोको भनेर झण्डा फेर्नु पर्छ भन्ने गरेको यदि त्यसो हो भने पुर्वपश्चिम राजमार्ग धनगढी डडेल्धुरा, दार्चुला, डोटी, अछाम, बाजुरा म्म्च् रोड डि.डि.आर प्रोजेक्ट पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको नेतृत्वबाट बनाइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र राणाका पालामा बनेको सिंहदरबार लगायत सबै मास्न परयो यही हो १० बर्षको शसस्त्र जनयुद्ध र २०६२/०६३ नामको परिवर्तनबाट नेपाली जनताले पाएको फल । जनताले खबरदारीका लागि सकीय हुनु जरुरी छ । देशमा जनताका मुहारमा परिवर्तन गर्छ भन्नेहरु स्वयं आफु आज आलीसान महलमा बस्छन, डेढ दुइ करोडको गाडीमा सफर गर्छन, देशविदेश सरकारी खर्चबाट भ्रमण गर्छन, दर्जन भन्दा बडी संख्यामा सुरक्षा गार्ड अगाडिपछाडि राखेका छन, देश विदेशमा धन बचत गरेका छन, जबकि कनै दिन सडक बाटोमा चप्पलमा हिड्ने गर्दथे भने आज जीवनशैलीको विकाश आसमान छुने गरी ठूला भनिने राजनैतिक नेताहरुको विकाश भयो तर जनताको गरिबीपन र जनजीवन खस्कदैछ ।
जसले नेपाल भनेर विश्व अन्तराष्ट्रिय जगतमा चिनाया, देश र जनताका चिन्तन गरेको देश र जनताको । बाचिरहोस्’ भन्ने आजको संस्थाको अपमानजनक किसिमबाट र दरव्यवहार गर्ने काम आज परिवर्तनकारी शक्ति भनिनेबाट गरिने अवस्था छ तर राष्ट्र र जनताले के पाए ? के पाउदैछन् नेपाल र नेपालीका लागि दुख र कष्टका दिन निमत्याइएको राष्ट्र र राष्ट्रियता कमजोर भएको परनिर्भरता र बाध्य हस्तक्षेप बढ्दै गएको स्थिति छ । जनताले पनि आफ्नो तर्फबाट जिम्मेवार भएर खबरदायीको लागि सक्रिय हुनै पर्दछ ।
सार्थक परिणाम मुखी जनहित देशहितको आन्दोलन जरुरी छ । कृषिको क्षेत्र होस वा अन्य मध्यवर्गीय तथा बाढी, पहिरो पिडित माहामारी पिडित हुन वा घरबारविहिन, मजदुर, विपन्न वर्ग हुन अथवा सर्वसाधारण जनताका लागि गरीव लक्षित कार्यक्रम विभिन्न निकायहरुबाट सञ्चालित हुन्छन तर राज्यको श्रोत साधनमा गरीवको सहज पहुँच र उपलब्धता नभएको अवस्था छ । अन्तरराष्ट्रिय गरिवि निवारण दिवस मनाउँदै आएपनि नेपालमा गरीबि निवारण कार्यक्रम प्रभावकारी हुन सकेको छैन, यसको प्रमुख कारण पक्षपात, भ्रष्टाचार र अनियमितता हो । जसले जे गरेपनि हुन्छ, पद्धति र शुसासन कायम नभएको अवस्था छ । केन्द्रदेखी बड़ा तह सम्म भष्टाचार, अनियमितता भ्रष्टिकरण विकशित भै रहेको जनताको जीवनोत्तर झन–झन खस्कदै गै रहेको यथार्थतालाई के नकार्न सकिन्छ ? जनता जान्न चाहन्छन् ।
नेपालको संविधानमा लेखिएको छ सनातन देखी चलिआएको धर्मको संरक्षण गर्ने यसले नेपाली जनतालाई दिगभ्रमित गराएको मात्र छैन धार्मिक स्वतन्त्रता प्रति वितृष्णा उत्पन्न गराएको अवस्था छ । जनताबाट चुनिएका सबै तहका प्रतिनिधिहरु आफ्नो सुखभोग सुविधा र आर्थिक फाइदा आर्जन गर्न तथा सत्ता र शक्तिका लागि मात्र बढी केन्द्रित छन । जनता प्रति उत्तरदायी नभएको अवस्था वर्तमानमा छ । ’यही हो नयाँ नेपालको विशेषता ।
जनचेतनाको स्तर, उचितरुपमा बुद्धि हुने हो र असल नेतृत्व त्तगबष्तिथ या ीभबमभचकजष्उ खष्कष्यल या भिबमभचकजष्उ र राजनीतिक क्षेत्र भ्रष्टमुक्त भै कुशल इच्छा शक्तिले काम गरीदिने हो भने नेपाल विश्व मै भ्रष्टाचारमुक्त देशको रुपमा पहिचान बनेर द्रुतगतीले बिकाश गर्न सक्षम हुन सकिन्छ ।ई.स. १९५० को सन्धिमा भारतीय नागरिकले नेपालमा सामाजिक जीवन लगायत नागरिक सरह निर्वाद रुपमा कारोबार कामकाज गर्न पाउने उल्लेख भएको यसरी भारतीय गैरनागरिकले लाखौको संख्यामा नागरिकता लिएकोमा २०७२ सालमा राजा महेन्द्रले विदेशी नागरिकले लिएका नागरिकता उपर छानविन गरी बदर गर्ने काम गरेको साथै नागरिकता ऐन २०२० लागु गरि दिएको र हस्तक्षेपकारी प्रभाव रोकिएको अवस्था थियो ।
२०३६ को जनमत संग्रहमा भारतिय नागरिक लाखौको संख्यामा मतदातानामावलीमा समावेश गरिएको र सोही अनुसार नागरिकता वितरण गर्ने काम समेत भएकोमा राजा विरेन्द्र बाट त्यस्ता नागरिकता लाई खारेज र नष्ट गरेको अवस्था छ । २०४८ पछि बनेका सबै सरकारहरुबाट गैरनागरिक भारतीयलाई लाखौको संख्यामा नागरिकता दिने काम हुँदै २०६२÷०६३ पछि भने यो काम झनै बढ्दै गएको अवस्था छ ।
२०७२ को संविधान निर्माण भए पछि बनेको नेकपाको सरकारबाट नागरिकता विधेयक संसदमा विचाराधीन संसोधनका लागि पेश भएकै अवस्था छ तर ग्रहमन्त्रालयको ७७ वटा जिल्लामा गरेको आदेश अनुसार लाखौको संख्यामा नागरिकता वितरण गर्ने काम भएको अवस्था छ । यस कारण नेपालमा ४५ लाख भन्दा बढी संख्यामा गैरनागरिकहरले नेपाली नागरिकता पाएको स्थिति छ । देश, सरकार, राज्य संचालनमा संचालक स्वंय असहाय कमजोर हुँदै जाने हालको अवस्था व्यवस्थामा भएको कमजोरीका कारण दिशाहिनता बन्दै गएको अवस्था छ । देशमा जनताका लागि जिम्मेवार, उत्तरदायी, जवाफदेहिता, सबला सक्षम बन्नका लागि राजनितिलाई सहि दिशाबोधका साथ पुनविचार गर्नु टडकारो आवश्यकता र अपरिहार्य छ । परनिर्भरता बाह्यशक्तिको चपेटोमा देशको राजनिति र राजनीतिक दला गोलचक्करमा रमोलिएका छन् । देश संचालन ठीक गतीमा नचलका जनताको भनाइर भागाइछ ।
आज नेपालमा राजनितिक दरिद्रता मुख्य चुनौति बनेको छ, जसले गर्दा देश र जनताको विकाशमा ठुलोबाधा, अडकाव बन्न पुगेको मुल कारण बनेको छ । तिनका नेता जनमुखी नभएर संघीयता, धर्मनिर्पेक्ष,गणतन्त्रको मात्र उपलब्धी भनेर प्रचारवाजी, रटान र संचार माध्यममा खुबै प्रशंसा गरेको नेपाली जनतालाई सुनाउने गरेको तर देशमा विकृति, विसंगति, अन्याय,अत्याचार, भ्रष्टाचारले सीमा नाधीसकेको विधिमा शासन कानुनी र शुसासन पद्धति अनुरुप नभएर कुशासन, भ्रष्टाचाको गोलचक्करमा झन फस्दैगएको अवस्था छ । विकाश निर्माण सामाजिक स्तर खस्कदै गैरहेको छ । देशमा शुसासन इमानदारिता, जवाफदेहिता, उत्तरदायित्व, मयादित राष्ट्रियता र देशमा शुसासन कायम राख्नका लागि नेपाली जनतामा सार्थक चेतनाको विकाश र व्यवहार गर्नुपर्ने र लोकतन्त्रको नाममा लुटतन्त्र, मनमानी, छाडातन्त्रको नियन्त्रणका साथै जनउत्तरदायित्व हुनका लागि देशमा प्रमुख अभिवाकत्व राज संस्थाको स्थान हुन अपरिहार्य छ, होइनभने देश बर्वाद र विखण्डन तथा असफल तर्फ जान लागेको लक्षण देखिन्छ । २०७२ सालमा वाइडबोडी हवाइजहाज खरिद गर्ने प्रकृया शुरु भै २०७५ साल सम्म यस अवधिमा ३ जना प्रधानमन्त्रीत्व कालमा भएको अनियमितता भ्रष्टाचार काण्ड सम्बन्ध राख्छ भन्ने गरिएको छ । देशमा २०६२/ ०६३ मा भएको बारबुंदे दिल्ली सम्झौता देखि बनेको व्यवस्था र सरकारका ३ वटै तहमा दिन २ गुना रात ४ गुनाका दरले भ्रष्टाचार र अनियमितता बडातहसम्म भइरहेको, जनता र देश कुशासनबाट ग्रसित भएको अवस्था छ, सुधार र एकता देशका लागि अपरिहार्य छ । (लेखकः कृष्णबहादुर चन्द, समाजसेवी पुर्व कृषि अधिकृत पाटन न.पा.६ पाटन गाउँ बैतडी)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *