कृषि उत्पादन बढाउन कृषकलाई मोटर सहित बोरिङ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पप्पु गुरुङ्ग÷दोधारा,१३ मंसिर
माहाकाली नगरपालिकाका वडा नं. ६ का कृषकलाई कृषी उत्पादन बढाउन सिचाईको समस्या भएकाहरुलाई निशुल्क मोटर सहित सिचाई बोरिङ पाएपछि उत्साहित भएका छन् । माहाकाली नगरपालिका वडा नं. ६ वडा कार्यालय र अँस्था कृषी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको सयुक्त सहयोगमा कृषी कार्यक्रम अन्तर्गत वडाका ११ जना किसानहरुको जग्गामा मोटर सहित सिचाई बोरिङ जडान गरिएको छ् ।
वडाका सिचाई प्रवद्र्धन गर्दै कृषि उत्पादन बढाउने उद्देश्यले ११ थान कृषकको जग्गामा मोटर सहित सिचाईको ब्यवस्था वडा नं. ६ वडा कार्यालय अँस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले गरेको हो । उक्त सिचाईको सुबिद्याबाट थुप्रै कृषी लाभान्भित हुने भएका छन् । माहाकाली नगरपालिका वडा नं. ६ वडा कार्यालय र अँस्था कृषी बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीबाट मोटर सहित सिचाई बोरिङ पाएपछि समयमा पर्याप्त वर्षा नभएका कारण खेतीपाती गर्न नसकिरहेका कृषकहरु लाभान्वित भएको बिमला देबी थापाले बताए । ‘हामी कृषकहरु पानीको अभावले समयमा खेती गर्न सकिरहेका छैनौ, जसले गर्दा उत्पादनमा हस आउने समस्याबाट जुधिरहनु परेको छ, अहिले माहाकाली नगरपालिका वडा नं. ६ वडा कार्यालय र अँस्था कृषी बहुउद्धेसीय सहकारी संस्था लिमिटेडले कृषकहरुलाई समयमै खेती गर्न सक्ने र उत्पादन बढाउन सक्ने गरी मोटर सहित सिचाई बोरिङ वितरण गरेर हामीलाई उत्साह थपेको छ ।’ बिमला थापाले भने । माहाकाली नगरपालिका वडा नं. ६ वडा कार्यालय र आँस्था कृषि बहुउद्धेश्यिय सहकारीले कृषिलाई उच्च प्राथमिकता दिएर कृषकलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । कृषिको उर्वर क्षेत्र मानिने माहाकाली नगरपालिकामा कृषिलाई आधुनिकीकरण र कृषकलाई व्यावसायिक कृषिमा उन्मुख गराउन मोटर सहित सिचाई बोरिङ वितरण गरिएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । खेतवारीमा सिचाईको सुबिद्या नभएको स्थानमा टोलका धेरै खेतवारीमा समेट्ने प्रकारले मोटर सहित सिचाई बोरिङ वितरण गरिएको उनको भनाई छ ।
माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले वडा कार्यालय र अँस्था कृषी बहुउद्धेश्यिय सहकारी संस्थाको आयोजनामा वडामा कृषी क्षेत्रमा उत्पादन बढाउन मोटर सहित सिचाई बोरिङ वितरण गरिएको बताएका छन् । वडामा सिचाईको असहज भएका स्थानाहरुमा मोटर सहित सिचाई बोरिङ जडान गरिएको वडा सदस्य भुवन आले मगरले बताएका छन् । ‘वडामा रहेका कृषी समुह संग समन्वय गरि अतिआवश्यक क्षेत्रमा सिचाई बोरिङ जडान गरिएको छ्’ वडा सदस्य भुवन आले मगरले भने । पानी नभए खेती नै हुन नसक्ने र चर्को मूल्य तिरी टाढाबाट छिमेकीको बोरिङको पानीबाट सिचाइ गरिरहेका किसानलाई यसले ठूलो राहत पुग्ने वडा सदस्य आले मगरको बिश्वास छ् ।
आस्था कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीका अध्यक्ष बेल बहादुर रानाका अनुसार बिगत केही वर्ष देखी वडा नं. ६ वडा कार्यालय लगाएत बिभिन्न संघ संस्थासंग समन्वय गरि माहाकाली नगरपालिका क्षेत्रमा कृषकहरुको जिवन स्तर उकास्न आस्था सहकारी संस्थाले बिभिन्न खाले कार्यक्रम गर्दै आएको बताएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *