छाडा चौपायाको व्यवस्थापन हुन सकेन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विभिन्न स्थानीय तहहरुले छछाडा चौपाया व्यवस्थापनको नाममा करोडौं बजेट खर्चेर पनि छाडा चौपाया व्यवस्थापन हुन सकेको छैन । महेन्द्रनगर बजार क्षेत्रमा अझै पनि सडक छेउछाउ तथा बीच सडकमा पशुचौपायाको हुल देख्न सकिन्छ । विशेष गरेर कञ्चनपुर कैलालीमा छाडा चौपायाको व्यवस्थापनमा चुनौती थपिएको छ । स्थानीय तहहरुले चौपाया व्यवस्थापनमा बजेट नै छुट्याएर व्यवस्थापन गर्ने भनिए पनि अवस्था उस्तै रहेको छ । छाडा चौपाया सडक छेउछाउमा रहेकाले सडक दुर्घटना हुने सम्भावना बढी हुन्छ । त्यस कारण अझै पनि सरोकारवाला निकायले चाडै चौपाया व्यवस्थापन गर्नुपर्ने जनधारणा रहेको छ । जनधारणा

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *