समाज सुधार तथा आत्म निर्भरताका संकेत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कुनै पनि महान कार्यको लागी ठूलो त्याग चाहिन्छ तर प्रकृतिले अप्रत्यक्ष त्याग विना नै मनुष्यलाई आत्मनिर्भर बनाउने प्रष्ट देखिन्छ । हामी एक किलो चिनी ल्याउन र अन्य साथीसँग घुमफिर तथा समय पास गर्नलाई सिमापारी बनबासा अर्थात सिमावर्ती भारतीय बजारमा अनिवार्य गई रहनुपर्ने हाम्रो बानी व्यहोरामा प्राकृतिक बदलाव आएको
छ । कोरोनाको कहरले विश्वका सिमाहरु बन्द भए तर नेपाल भारतको सिमा निर्विवाद खुला रहे पनि त्यही प्राकृतिक कोभिड–१९ ले सिमा सील गरिएको कुरा सर्ववितितै छ । हामी नेपाल भारत एक अर्काको अभिन्न अंगको रुपमा रहेका छौ भन्ने महसुस गरिएको थियो । खास गरी सुगौली सन्धी अघि र पछि एक पटक यी दिनहरु पनि आए नेपाल र अंग्रेजले जुन भूमिको लागी लडाई लडे पुर्वमा टिष्टा तथा पश्चिममा कागडा सतलज जहाँ नेपालले २५ वर्षसम्म शासन सत्ता चलाए त्यसपछि पनि त्यो क्षेत्रमा अंग्रेजले शासन
गरे तर आज नेपाल र अंग्रेजले जुन भूमिको लागी युद्ध गरे त्यो ठाउँ न अंग्रेज सित रह्यो न नेपाल सित त्यो तासको पाना झै अर्कैको कब्जामा रह्यो रहन गएको छ ।
परिवर्तनशील संसारमा भोली के हुन्छ थाहा छैन । एक घरमा २ परिवारझै बासी रहेको भारत नेपालमा भिन्नता आएको छ । प्राकृतिक कारणले प्रमुखता पायो ।
नेपाल भारत बीच नाकाबन्दी हुँदा खासगरी २०४५ र त्यसपछि अघोषित नाकाबन्दी २०६३ ज्यादै दुःखदायी बैमनश्यताको निसानी रह्यो भने २०७७ चैत देखि विश्वमा महामारीको रुप लिएको कोरोनाको कारणबाट नेपाल भारतको नाकाबन्दी हुँदा दुःखदायी अवस्था रह्यो तर त्यसबाट नेपालले केही मात्रामा आत्मनिर्भरता तर्फ लम्कने मौका नेपालले पायो । सानो सानो साग सब्जी तथा अन्य फलाउने काममा कृषकहरु तल्लीन रहे सागसब्जीमा पूर्ण रुपमा आत्मनिर्भर नरहेपछि अल्प रुपमा नै अवश्य आत्मनिर्भरता तर्फ गएकै हुन ।
सामाजिक दुरीको नियमले गर्दा केही रुपमा सामाजिक सुधारका लक्षणहरु पनि देखिएका हुन । विवाह, भोज, नारा जुलुसतर्फ जनता स्वयम् टाढा रहे । आफ्नो सामाजिक जीवनमा केही सुधार अवश्य ल्याएका हुन् । यही नियमको पालना हमेसा भएमा नेपाल आत्मनिर्भर स्वाधिन अवश्य रहने थियो तर नेपालमा औद्योगिक नीतिको कमजोरीले गर्दा युवाहरुले पुनः वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेकोले नेपालको आशा निरासाजनक नै रहन पुगेको छ । अनेक तवरले कागज प्रयोग गरी भारतीय व्यापारीहरुले कृषि कार्य गर्न नेपालीलाई आवश्यक पर्ने जति संख्या भारतमा लगेर नै छोडे । भोकले भन्दा रोगले मर्नु बेस ठानी भारत तर्फ रोजगारीमा जानेको संख्यामा गिरावट भने आएको छैन ।
सरकारले नेपालमै साना, मझौता तथा ठूला उद्योगको स्थापना गर्नुपर्दछ । उद्योग स्थापना गरे धेरै जसो युवायुवतीले नेपालमै रोजगारीका अवसरहरु पाउँछन् । यसले गर्दा युवा पलायन हुनबाट पनि जोगिन्छ । नेपाललाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न सके नेपालको अर्थतन्त्र पनि बलियो हुँदै जानेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *