महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा लैजान प्रक्रिया बढाईदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २९ कात्तिक
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा लैजान प्रक्रिया अगाडि बढाइएको छ । महाकाली प्रादेशिक अस्पताल र भीमदत्त नगरपालिकाको साझेदारीमा सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया थालिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी
बोक्सरले बताए ।
यसैबीच, प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू प्रकाश रावल, मान बहादुर सुनार, लाल बहादुर खड्का र महेश दत्त जोशी, जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख फैरू तामाङ तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट सहित
अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूको संयुक्त बैठकमा समेत आवश्यक प्रक्रियाका विषयमा वृहत् छलफल भएको अध्यक्ष जोशीले जानकारी दिए । उनका अनुसार, सोही बैठकले पि.सि.आर. ल्याव सञ्चालनका लागि आर्थिक सम्बन्धमा र शिक्षण प्रतिष्ठानका बारेमा तिहार लगतै सम्बन्धित मन्त्रालयहरूमा जाने निर्णय समेत गरेको छ । यसअघि, महाकाली प्रादेशिक अस्पताल र भीमदत्त नगरपालिकाले शिक्षण अस्पतालका लागि नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पत्राचार गरिसकेको छ । मन्त्रालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
(सिटिईभिटी) सानोठिमी भक्तपुरमा आवश्यक पहल गरिदिन समेत अनुरोध गरिएको छ । तीन वर्षे विभिन्न ७ ओटा विषयका लागि सिफारिस गरिएको अध्यक्ष जोशीको भनाइ छ । प्रारम्भिक सहमति अनुसार प्राविधिक तर्फ महाकाली प्रादेशिक अस्पताल र भौतिक पूर्वाधार तर्फ भीमदत्त नगरपालिकाले जिम्मेवारी लिने जनाइएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *