हिन्दुराष्ट्रको माग अघि सार्दै महेन्द्रनगरमा प्रदर्शन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २९ कात्तिक
हिन्दुराष्ट्रको माग अघि सारेर कञ्चनपुरको महेन्द्रनगरमा हिन्दुवादी सर्मथकहरुले प्रर्दशन गरिएका छन । मंगलबार राष्ट्रिय सरोकार मञ्च नेपालले महेन्द्रनगरमा हिन्दु राष्ट्रको माग अघि सारेर प्रर्दशन गरेको हो । सनातन हिन्दुधर्म संकटमा परेको भन्दै हिन्दुराष्ट्रका लागि प्रर्दशन गरिएको राष्ट्रिय सरोकार मञ्च नेपालले जनाएको छ ।
राष्ट्रिय सरोकार मञ्च कञ्चनपुरका सयोजक धनी चन्दले धर्मनिरपेक्षता कायम भएपछि धर्मको किनबेच भईरहेकाले धर्मान्तर रोक्दै हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताए । हिन्दुवादी सर्मथकले ‘जय देव जय नरेश अर्थात राजाको पक्षमा समेत नाराबाजी गरेका थिए । उनीहरुले शिब मन्दिर क्षेत्रबाट बजारमा प्रर्दशन गरिएका थिए ।
नेपाल र हिन्दुवादीको झण्डा सहित प्रर्दशन गरेका थिए । हिन्दुवादी अभियन्ता कृष्णानन्द भट्टले विश्वकै एकमात्र शान्त हिन्दु राष्ट्रलाई धर्म निरपेक्षता गरेपछि अशान्ति मच्चिएकाले हिन्दुराज्यको माग अघि सारिएको बताए । देशका विभिन्न स्थानमा हिन्दुवादी सर्मथकहरुले आन्दोलन थालिरहेकै बेला कञ्चनपुरमा समेत प्रर्दशन गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *