बजारमा अखाद्य सामग्रीको विगविगी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मानिसलाई बाच्नको लागि खाद्य पदार्थको आवश्यकता पर्दछ । स्वस्थ जीवनयापनको लागि शुद्ध खाद्य पदार्थ आवश्यक पर्दछ । खाद्य पदार्थ शुद्ध, सफा र मिसावट रहित हुनुपर्दछ । तर बजारमा अखाद्य सामग्रीको विगविगी बढेको छ । दैनिक जीवनमा उपभोग्य खाद्य पदार्थमा मिसावट गरी मानिसको स्वास्थ्यमा खेलवाड गरेको पाईन्छ । आजभोलि तिहारको समयमा भएकाले पनि बजार क्षेत्रहरुमा मिठाई पसलहरु पर्याप्त रुपमा देख्न पाईन्छ तर ती मिठाई पसलमा गुणस्तरहीन मिठाई विक्रि वितरण गर्ने गरेका कैयौं उदाहरणहरु छन् ।
मिठाईमा विभिन्न किमिसका रङ तथा अन्य कुरा मिसावट गरी आकर्षक देखाएर उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गरिरहेका छन् । त्यस्तै अरु विभिन्न खाद्य बस्तुहरुको उपभोग्य मिति सकिएपछि पनि विक्रि गर्ने गरेको पाईएका छन्, तर यसतर्फ कसैको ध्यान केन्द्रित भएको पाईएको छैन । अनुगमन गर्ने निकाय बेखवर रहेका छन् । समयमा कुनै पनि बेला खाद्य बस्तुको अनुगमन भएको पाईएको छैन । खाद्या तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्नुभन्दा पहिला नै हामी अनुगमनमा आउँछौं सजग हुनुहोला भनेर सार्वजनिक सूचना जारी गर्दछ, अनि व्यापारीहरुले अनुगमन गर्ने थापा पाएपछि म्याद सकिएका र मिसावट गरिएका खाद्य पदार्थ लुकाउने गर्छन । अनि अनुगमन गर्ने पदाधिकारी आएको दिन कसरी भेटिएला त अखाद्य पदार्थ ? अनुगमन गर्ने निकायले प्रत्येक हप्ता या कमसेकम महिनामा एक पटक भएपनि गर्नुपर्ने जनधारणा रहेको पाईन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *