सुरक्षित रहेर पर्व मनाउन मुख्यमन्त्री भट्टद्वारा आग्रह

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २९ कात्तिक
शुभ दिपावलीको अवसरमा शुभकामना दिदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्धारा सुरक्षित रहेर घरभित्रै पर्व बनाउनु आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपावली तथा भाई टिकाको अवसरमा प्रदेशबासीमा शुभकामना दिएका छन् ।
शनिवार शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले देश विदेशमा रहनुभएका सम्पुर्ण प्रदेशबासीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं
उत्तरोतर प्रगतिको कामना व्यक्त गरेका हुन् ।
‘आपसी सदभाव र भातृत्वको प्रतिकका रुपमा रहेको यस पर्वले सम्पुर्ण प्रदेशबासीलाई एक आपसमा खुशीयाली साटासाँट गर्दै एकताको सुत्रमा आबद्ध गरी सामाजिक एकता कायम गर्न सघाउ पुराउन सकोस् भन्ने कामना गर्दछु’ भन्दै मुख्यमन्त्री भट्टले बर्तमान कोरोना भाइरस (कोभिड–१९) सक्रमण महामारीवाट उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी सबै प्रकारका मापदण्ड अपनाई पर्याप्त सावधानीकासाथ
आ–आफ्नो घरभित्र मनाउन आग्रह समेत गरेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *